रुबी र चाँदी
नामै राम्रो – रुबीभ्याली । पत्थर उजाड छ तर महँगो छ रुबी/चाँदी । यसको मूल्य बुझेकाले दोहन गरे । कम्पनी खडा गरे, पहाड खोतले, प्राकृतिक स्रोत ओसारे । अहिले गणेश हिमाल मेटल कम्पनीका टहरा पहरेदारले कुरेका छन् । सेयर (कम्पनीका लागि पैसा लगानी) लगानी गरेका गाउँले हेरेको हे-यै भए ।
युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उहाँ साे कुरा बताउनुभएको हो।
लघुवित्तबारे नयाँ व्यवस्था
एउटा लघुवित्तले बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एक जना ऋणीलाई एउटा मात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था भएको छ ।
मुटुमा पुग्न मुटुकै भाषा
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भन्नुभएको छ, “तपाईंले एक व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो उसको टाउकोमा जान्छ तर तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो उहाँको हृदयसम्म पुग्छ ।”
तराईका जन्तु पहाड उक्लनु खतराको घण्टी
जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छीले बसाइँ सर्ने गरेका छन्
कृषक अघिअघि, अनुसन्धान पछिपछि
एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा हुँदै नेपालका अन्य जिल्लामा पनि भित्रिएको हो ।
गोरखापत्र संस्थानलाई राससको उत्कृष्ट सेवाग्राही सम्मान
राष्ट्रिय समाचार समिति (रासस) ले गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ।
सात अङ्गले एकैसाथ लेख्ने क्षमता
सामान्यतया मानिसले एउटा हातले एउटा कलम समातेर एउटा विषयमा लेख्न सक्छन् । तर बैतडीका मनोज चन्द दुई हातले छवटा कलम समातेर एकैपटक उल्टो र सुल्टो शब्द लेख्न सक्नुहुन्छ ।
हिउँद नसकिँदै गर्मी सुरु
यसपालि हिउँद नसकिँदै देशका अधिकांश भूभागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।