बुटवलको ‘मेलम्ची’ २६ वर्षदेखि अलपत्र
हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुक्खानगर, बटौली, बेलबासलगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ । त्यति मात्र होइन वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानैपर्ने बाध्यता छ ।झुम्सा खानेपानी आयोजनामार्फत यो समस्या समाधान गर्ने वाचा वि.सं. २०५२ यताका सबैजसो निर्वाचनमा प्रायः सबै दल र ठूला–साना नेताबाट गर्ने गरिएको छ तर पनि बुटवलवासीले सफा र स्वच्छ खानेपानी पाएका छैनन् । पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवलमा जनप्रतिनिधिले वाचा बिर्सेकोमा स्थानीयवासी खिन्न छन् ।
आन्तरिक उडान अनुमतिमा कडाइ
मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो ।
दृष्टिविहीनलाई पाठ्यपुस्तक अन्यलाई अनिश्चित
मुलुकभर सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भइरहेका बेला दृष्टिविहीन विद्यार्थीका हातमा भने पाठ्यपुस्तक पुगिसकेको छ । विगतमा भने ब्रेल पाठ्यपुस्तकको अभावमा दृष्टिविहीनको पढाइ अवरुद्ध हुने गरेको थियो । शैक्षिक सत्र सु
मौसम र मानवीय त्रुटि मात्र कति जिम्मेवार ?
आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा ठोक्किएको तारा एयरको ट्विनअटर विमान प्रतिकूल मौसमका कारण दुर्घटनामा परेको भएको प्रारम्भिक अनुमान गरिएको छ ।नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा खराब मौसमका कारण दायाँ मोड्नुपर्ने जहाजले बायाँ मोड्दा भित्तामा ठोक्किएको बताउनुभयो ।दुर्घटनाका लागि मौसमलाई जिम्मेवार बनाइने शृङ्खला यहाँ सुरु भएको छ । तथापि दुर्घटनाको वास्तविकता पत्ता लगाउन पाँच सदस्यीय आयोग सोमबार गठन भएको छ ।
आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमार्फत समृद्धि हासिल गर्ने
आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रको निर्माणमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्का दुवै सदनको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो । यो चालू आवको बजेटको तुलनामा एक खर्ब ४६ अर्ब २६ करोड रुपियाँले बढी हो । चालू आवमा सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।
नाला त बन्यो, जोखिम अरु बढ्यो
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१२ कपनको मिलनचोकस्थित तरकारी बजारमा ठेलामा व्यापार गर्दै आउनुभएकी सविना तामाङलाई पानी पर्नासाथ आफ्नो सरसामान पोको पार्ने हतारो हुन्छ । सडकको दुर्दशा र एकैछिनमा सडकमा खोलो बग्ने भएकाले वर्षायाम सुरु हुनासाथ उहाँको दिनचर्या नै बदलिन्छ । उहाँले भन्नुभयो, “जुनसुकै बेला पानी पर्छ । पानी परेपछि बाढी आइहाल्छ । सडकमा भेल बग्न थालेपछि सामान थन्क्याएर भाग्नुको विकल्प छैन ।”तामाङले यहाँ व्यापार गर्न थाले
कांग्रेसका धेरै प्रमुख, धेरै सिट
स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान निश्चित भइसकेको छैन ।
यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा
अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको छ । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउनुहुने भएको छ ।
दाबी महानगर प्रमुखको, मत चाहिँ शून्य
वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
गोरखापत्रका सबै प्रकाशनलाई डिजिटाइजेसन गरिने
गोरखापत्र संस्थानका प्रकाशनहरूलाई डिजिटाइजेसन गर्न गोरखापत्र संस्थान र राष्ट्रिय अभिलेखालयबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । संस्थानमा भएको कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले संस्थानका प्रकाशनहरू डिजिटाइजेसन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
वालेन र सुनिताको काठमाडौं महानगर यात्रा
काठमाडौं महानगरपालिकाको प्रमुख बन्नुभएका ३२ वर्षीय वालेनको चर्चाले प्रमुख राजनीतिक दललाई चिन्ता बढेको छ । वालेन अहिले युगौंदेखि चर्चा कमाएका राजनीतिक दलहरूका लागि चुनौती बन्नुभएको छ ।
कर्मचारीको तलब बढाउने तयारी
सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ ।
हुम्लामा २० प्रतिशत मत बदर
जिल्लामा खसेको मतमध्ये २० दशमलव ८९ प्रतिशत मत बदर भएको छ । सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको एक लाख ४९ हजार २८३ मतमा २६ हजार ९५२ मत बदर भएको मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जानकारी दिनुभयो ।
भरोसा युवामा
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पर्सा जिल्ला कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्ठ कुमार निर्वाचित हुनुभएको छ । त्यस्तै सर्लाही जिल्लाको रामनगर गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २२ वर्षीय राजाबाबु यादव निर्वाचित हुनुभएको छ ।
बलात्कार आरोपित पाण्डेमाथि थप अनुसन्धान सुरु
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ ।
सरकारी गाडीको दुरुपयोग रोक्न बनेन योजना
गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख शिवराम पोखरेले सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि सरकारी गाडीको दुरुपयोग हुनबाट के कसरी बचाउने भन्ने विषयमा कुनै योजना बनी नसकेको बताउनुभयो ।
विदेशमा नेपाली नर्स
नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने छ । हुन पनि नेपालमा नर्सले १०/१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू विदेशिन बाध्य हुनुपरेको हो । त्यसमाथि कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् । उनीहरूले विदेशमा दुःख गरेर राम्रो कमाइ त गर्छन् तर खर्च पनि त्यहीअनुसार हुने र कर पनि त्यहीअनुसार तिर्नुपर्ने हुनाले कतिपय मुलुकमा भने बचत धेरै हुँदैन ।
सर्वोच्चको नजिर र संसद्को आदेश पर्याप्त
काठमाडौँमा केही वर्ष पहिले एक किशोरीमाथि भएको बलात्कार तथा यौनहिंसाको घटनाको अनुसन्धान गर्न हदम्यादको प्रश्न उठेको छ । तर सर्वोच्च अदातलको एक फैसलाको नजिर र सार्वभौम संसद्को निर्देशनले त्यस्तो प्रकृतिको उजुरी दर्ता र अनुसन्धानमा हदम्याद नलाग्ने स्पष्ट पारेको छ ।
कोतपर्वको पहिलो सिकार
अहिले जुन थुम्कोमा गोरखा दरबार छ, कुनै समय त्यही ठाउँमा बसेर मगर राजाले शासन चलाउँथे । त्यहाँबाट मगर राजालाई विस्थापित गरेर गोरखामा शाहवंशको शासन सुरु भएको हो । गोरखाकोटमा बसेर शासन चलाउने तत्कालीन राजा खड्का मगरभित्र पनि सामरी थरका मगर थिए (योगी नरहरिनाथ, श्रीमगर गुरुङ वंशावली–२०७८: ९) । खड्का मगर राजा र द्रव्य शाहबीच घमासान युद्ध भयो । खड्का मगर राजा मारिए । त्यसपछि द्रव्य शाह त्यहाँका राजा भएका हुन् । उनले गोरखामा शाहवंशको राज्य स्थापित गरे । गोरखाली राजखलक काश्यप गोत्रका ठकुरी शाह हुन् (बाबुराम आचार्य, पूर्णिमा’ पूर्णाङ्क २७, असोज २०२९ः१६३) ।
बदलिँदो लमी प्रथा
पहिलेपहिले लमीकै भरमा बिहे गर्ने चलन थियो । केटाकेटीको कुरादेखि बिहेको सम्पूर्ण काम लमीबाट नै हुने गथ्र्याे तर अहिले सबै जना प्रविधिमैत्री बनेका छन् । लमी अर्थात् विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने व्यक्ति । लमीलाई कुरा मिलाउन जान्ने व्यक्तिका रूपमा लिइन्छ । जस्तै, पहिलेपहिले विवाहका लागि वर वा वधु खोज्दा लमीको यो थेगो निकै प्रचलित थियो– केटी कस्ती छे भन्दा ‘हेर्नै नपर्ने’ र केटो कस्तो छ भन्दा ‘बोल्नै नपर्ने’ । सायद अझै पनि होला यो थेगो । यसरी विवाह गराउने चलन थियो ।
स्थानीय तहको दोस्रो कार्यकाल सुरु
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको नयाँ कार्यकाल शुक्रबारदेखि सुरु हुँदैछ । यो नेपालको संविधान २०७२ अनुरूप स्थापित स्थानीय तह सरकारको दोस्रो कार्यकाल हो । यससँगै जनताको घरदैलोमा पुगेको सिंहदरबारको सेवा पनि दोस्रो पटक सुचारु हुँदैछ ।
नयाँ दललाई फापेको निर्वाचन
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।
अनुमति लिएका अधिकांश सगरमाथा शिखरमा
यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ ।