बन्चरेडाँडा जान फोहोरको ६५ किमि यात्रा
काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङको भूबनोट उस्तै छ । निकटतालाई हेर्ने हो भने पनि काठमाडौँसँग नुवाकोट र धादिङ जोडिएका छन् तर काभ्रे र काठमाडौँको बीचमा अर्को जिल्ला भक्तपुर पर्छ तर काभे्रको जुठेल्नो नुवाकोट र धादिङ बन्दै आएको छ । करिब ६५ किलोमिटरको दूरीमा रहेको नुवाकोटका ल्यान्डफिल साइट नुवाकोटको सिसडोल तथा धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा काभ्रेको बनेपा नगरपालिकाको फोहोर चार वर्षदेखि विसर्जन हुँदै आएको छ ।
घरकै खानाबाट पनि सर्न सक्छ हैजा
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।
बाहिरी चक्रपथ विकास आयोजनामा चरम अनियमितता
काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ ।
मङ्सिरमा छिटो, जेठमा ढिलो !
मध्याह्नको चर्को घाम, सिंहदरबारको गेटमा भीडभाड छ । झापाको शिवसताक्षी नगरपालिका–६, धौलेचोकका ७१ वर्षीय लक्ष्मीप्रसाद भण्डारी पुरानो झोला र हातमा केही कागजपत्र बोकेर सिंहदरबारको दक्षिण गेटमा आफ्नो पालो पर्खिरहनुभएको छ । सिंहदरबार प्रवेशका लागि घण्टौँ प्रतीक्षा गरेर ‘भित्रको आदेश’ आएपछि मात्र हातका कागजात समेट्दै मन्त्रालयतिर प्रवेश गर्नुहुन्छ ।
कूटनीतिक अभ्यास सङ्लिने अपेक्षा
नेपाल सरकारले अमेरिकासँग गर्ने भनिएकोे स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को प्रक्रिया अघि नबढाउने निर्णय सोमबार ग-यो । सो कार्यक्रममा सहभागिताका लागि नेपाली सेनाबाट पत्राचार भएको तथ्य सार्वजनिक भएपछिको विवादित अवस्थामा सरकारले सो निर्णय गरेको हो । यही निर्णयसँगै सरकारले अबदेखि सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय पनि ग-यो ।
प्रहरीको आचरणमा प्रश्न
गत जेठ २९ गते आइतबार सार्वजनिक बिदाको दिन प्रहरी नायव उपरीक्षक (डिएसपी) मिलन केसी गुण्डा अमृत केसीलाई लिएर सुन्धारास्थित कारागारमा रहेका गुण्डा नाइके समिरमान बस्नेतलाई भेट्न पुगे।
सम्पत्ति विवरणबारे दल र आयोग सुस्त
महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
जोखिम थप्दै डिजिटल बोर्ड
काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको अग्रभागमा सबैखाले यात्रुको ध्यान खिच्ने गरी राखिएको विद्युतीय विज्ञापन पाटी (डिजिटल एड्भर्टिजमेन्ट बोर्ड)मा सन्देश देखापर्छ ‘वृद्धावस्था र जोखिममा रहेकाको संरक्षण गरौँ ।’ तर उक्त विज्ञापन सकिन नपाउँदै परिवर्तन हुने अर्को विज्ञापनले आँखा तिर्मिराउने गरी अर्को जोखिममा धकेल्छ । त्यसमाथि व्यस्त सडकमा अत्यधि
यी हुन अत्यधिक वर्षा भएका स्थानहरु
मनसुन भित्रिएसँगै दैनिकजसो पानी पर्ने क्रम झन् बढ्दै गएको छ । जल तथा मौसम पुर्वनुमान महाशाखाले दैनिक रुपमा मौसम सम्बन्धी सूचनाहरुको जानकारी गराउदै आएछ । यता महाशाखाको जलवायु शाखाले मापन गरेको दैनिक तथ्याङक अनुसार देसैभर सबैभन्दा धेरै पानी पर्ने क्षेत्रहरु मापन गरिएको छ ।
बुलेटमा लगानी, बालुवामा पानी
खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ । ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाडामात्र वार्षिक छ अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्नुपरेको छ ।
बनेन रेल्वेस्टेसन, बन्यो ‘हब’
तत्कालीन नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले चार वर्षअघि पर्वतको कुस्मामा रेल्वेस्टेसन बन्ने सपना बाँड्नुभयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पोखराबाट म्याग्दीसम्म रेल चल्ने र बेनीसम्म रेलमा जाँदा कुस्मा रेल्वेस्टेसन भइछाड्ने दृढता व्यक्त गर्नुभएको थियो । २०७४ कात्तिक ३० गतेको उक्त भाषण गर्दै गर्दा स्थानीय बासिन्दाले ताली बजाए ।
सुरुङ खन्न पुनः सुरु
निर्माणाधीन काठमाडौँ–तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।
एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै
नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।
‘भारतसँग उच्चस्तरीय वार्ताको तयारी हुँदैछ’
आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकबारे सांसदहरूले मन्त्रालयगत रूपमा उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने क्रम सुुरु भएको छ । सोमबारको बैठकमा वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री
मतदाता नामावली सच्याउने प्रतिबद्धता
स्थानीय तहसँग समन्वय गरी ‘मृतक मतदाता’लगायतका त्रुटि सच्याउन सुझाव निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीमा मृतक मतदाताको सङ्ख्या भयावह रहेको पाइएपछि राजनीतिक दलहरूले त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख राजनीतिक दलहरूले मतदाता नामावली अद्यावधिक गर्न र नामावली सङ्कलनमा हुन सक्ने त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
लोकप्रिय बन्दै स्मार्ट शौचालय
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको हो ।
‘मृतक मतदाता’को तथ्याङ्क भयावह
मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ कुम्हरौडाका जैवीर झाको निधन भएको छ वर्ष भइसकेको छ । तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि जारी गरेको मतदाता नामावलीमा उहाँको नाम यथावत् छ । झाकी श्रीमती उषा देवीको पनि मृत्यु भएको करिब दुई वर्ष भयो । उहाँको नाम पनि गत वै
हडतालमुक्त भयो सार्वजनिक सेवा क्षेत्र
एक दशकअघि कुनै न कुनै बहानामा दैनिकजसो बन्द–हडतालको सास्ती भोगेका नागरिकले अब उप्रान्त अत्यावश्यक सार्वजनिक सेवा क्षेत्रमा त्यस्तो समस्याबाट प्रभावित हुने अवस्थाको अन्त्य गर्ने प्रयास सरकारले गरेको छ ।
सेयर बजार : लाइनदेखि अनलाइनसम्म
विश्वसँगै नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण र यसको न्यूनीकरणका लागि अवलम्बन गरिएको लकडाउनले अर्थतन्त्रदेखि दैनिक जनजीवनमा चौतर्फी असर ग¥यो । सबै क्षेत्र थलिए तर सेयर बजारमा यही कोरोनाको सकारात्मक असर देखियो ।
दाउरा खोज्न ह्विलचेयरसँगै जङ्गल पस्छन टीकाराम
अपाङ्गता भएपनि मोरङको कानेपोखरी –५ का ५१ वर्षीय टीकाराम तामाङ औषत मानिसहरू जस्तै सबै काम गर्नुहुन्छ । घरायसी सबै काममा पत्नीलाई सहयोग गर्ने टीका ह्विलचेयर लिएर दाउरा लिन जङ्गल पनि एक्लै जानुहुन्छ ।
पालना भएन कानुनी व्यवस्था
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बसेको विस्तारित बैठकले पार्टीका प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपियाँका दरले रकम उठाउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको बैठकको निर्णयअनुसार आठ लाख पार्टी सदस्य रहेको माओवादीका हरेक कार्यकर्ताले २०७९ जेठदेखि नै प्रतिमहिना कम्तीमा एक सय रुपियाँ दिनुपर्ने हुन्छ ।
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : विविध विषयमा छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
धुलो, धुँवा र वायु प्रदूषण: वातावरण विनाशका मुख्य कारक
वातावारणीय समस्या तथा चुनौतीसम्बन्धी राजनीतिक र सामाजिक चेतना जगाउने तथा वातावरण संरक्षणका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व वातावरण दिवस’ मनाइन्छ ।
‘फास्ट ट्रयाक’को सुरुङ खन्न रोक
निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अ