भेनेजुएलाका राष्ट्रपति माकाडोद्वारा निर्वाचनका लागि अन्तर्राष्ट्रिय दबाबका लागि आग्रह
भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो गठबन्धनको उम्मेदवारलाई आगामी जुलाईमा हुने निर्वाचनमा भाग लिने वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायको थप दबाबको लागि याचना गर्नुभएको छ ।
एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने
राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ ।
दक्षिणकाली सडक बन्द
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडक शनिबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वडा अध्यक्षको विवादले २० दिनदेखि कामकाज ठप्प
दोलखाको तामाकोसी गाउँपालिका-३ जफेको कामकाज ठप्प भएको छ । वडाका वडा अध्यक्ष राम प्रसाद काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै निलम्बनमा पर्नु भएको हो ।
पदयात्रामा मौसमको चुनौती
दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा हुनुहुन्छ । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उहाँको योजनामा मौसम भने बाधक बनिरहेको छ ।
जङ्गली हात्तीको आतङ्क
सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली हात्तीको आतङ्क बढेपछि स्थानीय त्रसित बनेका छन् । आरक्षबाट हात्तीको तीन चार वटा सङ्ख्यामा निस्किएपछि कोशी गाउँपालिका ३ र ४ का स्थानीयहरू त्रसित देखिएका हुन् ।
दन्त चिकित्सकहरूको क्षेत्रीय कार्यशाला
मुख तथा दन्त स्वास्थ्य सेवाका बारेमा विभिन्न जानकारी आदान प्रदान गर्ने उद्देश्यले यस क्षेत्रका दन्त चिकित्सकहरूको पहिलो क्षेत्रीय कार्यशाला नेपालगन्जमा सञ्चालन भएको छ ।
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्षित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेल तनहुँ जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुलको उद्घाटनका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ ।
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ आयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ ।
भाषा र संस्कृतिले जोड्दै नेपालीमन
हाल दुबईमा एरोनोटिकल इन्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो ।
त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब सय मिटर तल त्रिशूली नदीमा खसेको छ ।
यातायात व्यवसायीको निर्वाचन आज
रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिमा चुनावी ताप बढेको छ । व्यवसायीले नयाँ नेतृत्वको चयनका लागि दुई वटा प्यानल खडा गरेका छन् ।
भीरको खोल्सामा बेवारिसे पुरुषको शव पेला
चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, कर्काली खोल्सीमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । ढोपबाट हिरेडाँडातर्फ जाने चुरेपाखाको गोरेटो बाटोबाट करिब ७ सय मिटर तल खोल्सामा सनाखत हुन नसकेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा लिम्बूको मृत्यु
पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा इलाममा एक बालकको मृत्यु भएको छ । रोङ गाउँपालिका–३, कोल्बुङको भित्र सडकमा मे १ त २४०८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो ।
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापाको कमल गाउँपालिका वडा नं. ५ गुहेश्वरी टोलमा शुक्रबार मध्यरात हात्तीको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ ।
बजेटमा छलफल छैन सरकारकै चिन्ता
लुम्बिनी प्रदेश सरकार बजेट निर्माणमा सक्रिय हुनुपर्ने बेलामा सरकार जोगाउन व्यस्त देखिन्छ । सङ्घीय सरकारमा राजनीतिक समीकरण परिवर्तन भएर सरकार निर्माण भएसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ । यसका कारण बजेटसँग सम्बन्धित विषयमा छलफल हुनुको साटो सरकार जोगाउने र नयाँ बनाउने दाउमा दलहरू छन् । सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा त्यसको प्रभाव पर्दा बजेट निर्माणमा अन्योल देखिएको हो । सोही कारण आर्थिक वर्ष २०८१/८२ का लागि बजेट निर्माण कार्य सुरु हुन सकेको छैन । आउँदो आवका लागि बजेट निर्माण कार्य सुरु नै नभएको लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ । यतिबेला आगामी आवका लागि बजेटको काम सुरु हुनुपर्ने भए पनि राजनीतिक अन्योलका कारण बजेट निर्माण विषयगत समितिको बैठक सुरु भए पनि गति लिन सकेको छैन । कहिलेबाट बजेट निर्माणको काम सुरु हुन्छ भन्न नसकिने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो
पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
सुर्खेतमा बढ्दो सिकलसेल
सुर्खेत जिल्ला वीरेन्द्रनगरका थारू समुदायले सिकलसेल रोगको समस्या भोगिरहेका छन् । तथापि, थारू समुदायमा सिकलसेलको बृहत् परीक्षण हुन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ अनुसार वीरेन्द्रनगरमा थारू समुदायको सङ्ख्या सात हजारभन्दा बढी छ । सिकलसेल सामुदायिक अनुसन्धान केन्द्र सुर्खेत जिल्ला संयोजक डिलबहादुर चौधरीका अनुसार गत आर्थिक वर्षमा वीरेन्द्रनगरका ७३५ जनाको सिकलसेल परीक्षण गराइएको थियो । उक्त परीक्षणमा ७० जना सिकलसेल पोजेटिभ देखिएका थिए । त्यसअघि एक हजार ३०२ जनामा गरिएको परीक्षणबाट ३१३ जनामा सिकलसेल पोजेटिभ देखिएको थियो । सबैको स्वास्थ्य परीक्षण गराउँदा यो सङ्ख्या अझै बढ्न सक्ने बताइन्छ ।
श्रमिक समर्पित शय्याको व्यवस्था गर्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित शय्याको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालमा निश्चित शय्या तोक्ने व्यवस्था गरिदिन पत्रमार्फत स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । श्रमिकमा स्वास्थ्यसम्बन्धी चेतनाको अभाव रहेको भन्दै श्रम मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन बाध्य श्रमिकको उपचारका लागि विशेष सहुलियतसहित छुट्टै शय्याको व्यवस्था गर्न आग्रह गरेको छ ।
सांसद गुरुङको निलम्बन फुकुवा
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको आदेश गरेको छ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले आफूलाई जरिबाना मात्र गरेकाले प्रतिनिधि सभामा सहभागी हुने अधिकार माग गर्दै गुरुङले दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले माग अनुसार आदेश गरेको हो । निलम्बनको पत्राचार बदरसँगै गुरुङलाई बैठकमा भाग लिन बाटो खुलेको छ ।
गृह मन्त्रालयले बनायो हतियारको इजाजतसम्बन्धी छानबिन गर्न समिति
गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषममो एक छानबिन समिति गठन गरेको छ। बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा आज मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो।
मार्फा खोलामा बाढी : यातायात प्रभावित
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा आएको बाढीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ ।