'नयाँ गठबन्धन राजनीतिक स्वार्थका लागि होइन'
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वर्तमान नयाँ गठबन्धन राजनीतिक स्वार्थका लागि नभई देश विकास र जनताको समृद्धिका लागि भएको स्पष्ट पार्नुभएको छ।
सभ्य बन्दै होली
बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो ।
गुरुङ समुदायले मनाए मेँ त्हँले
गुरुङ समुदायले मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रूपमा मेँ त्हँले (धनुष वाण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।
साठी लाख अफगानीलाई सहायता वितरण
फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ ।
इन्डोनेसियामा पहिरो जाँदा एकको मृत्यु, नौ बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।
फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागर : उपसभामुख रानामगर
गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज भएको फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको बताउनुभयो ।
इजरायलले आतङ्कवादी पक्राउ नपरेसम्म आक्रमण जारी राख्ने
इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनुभएको छ ।
पर्वतबाट दुई हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्वत जिल्लाबाट दुई हजार २८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे
होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।
मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा
होली पर्वलाई दृष्टिगत गर्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेशमा सुरक्षा व्यवस्था कडा पारेको छ । होली पर्वमा हुनसक्ने आपराधिक घटनालाई नियन्त्रणमा लिन सुरक्षा व्यवस्थामा कडाई गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी श्यामकुमार महतोले बताउनुभयो ।
‘कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ’
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।
जापानी प्रधानमन्त्रीद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेतासँग आग्रह
जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ ।
सकियो रङ्गविहीन रङ्गिलो 'होरी' (फाेटाे फिचर)
सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ सकिएको छ ।
जाँगरले भरिएका पाखुराहरु
हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेक्नुभएकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उहाँँलाई देख्नेहरु झुकिन्छन् । किनकी उहाँँको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उहाँ‘ भन्नुहुन्छ, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।”
आज मधेशमा होली मनाइँदै
सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उहाँको भनाइ छ । “मधेसमा होली पर्व विशेष रुपले लिइन्छ”, उहाँले भन्नुभयो ।
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।
डुङ्गा पल्टिँदा एक युवकको मृत्यु
बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना युवकको मृत्यु भएको छ ।
ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु
मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको हो । यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गर्नुभयो ।
किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गर्नुभयो ।
सुर्खेत झर्नेलाई अतिथि सेवागृह
वीरेन्द्रनगरमा नागरिक अतिथि सेवागृह निर्माण थालिएको छ । दुर्गमका नागरिक उपचार र अन्य कामका लागि वीरेन्द्रनगर आउँदा बस्न सहजत गराउन अतिथि सेवागृह निर्माण गर्न लागिएको हो । भौगोलिक विकटताले सरकारी, स्वास्थ्य उपचारलगायत सेवा लिन प्रदेश राजधानी सुर्खेत झर्नुपर्ने हुन्छ । यही समस्यालाई ध्यानमा राखी प्रदेश सरकारले वीरेन्द्रनगरमा नागरिक अतिथि सेवागृह निर्माण सुरु गरेको बताइन्छ । वीरेन्द्रनगरमा ठुलो क्षमताको नागरिक अतिथि सेवागृह निर्माणको काम थालिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित राममन्दिरपरिसरमा उक्त भवन निर्माण भइरहेको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा प्रदेशको सामाजिक विकास मन्त्रालयले
भिरबाट लडेर लिम्बूको मृत्यु
इलाम नगरपालिका–१०, गोदककी एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ । बारीमा मल बोक्ने क्रममा भिरबाट लडेकी ३१ वर्षीया ऋतु लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्यालय एउटा, जिम्मेवारी दुई प्रदेशको
रुकुमपश्चिमका जिल्ला हुलाक कार्यालय र कारागार कार्यालयले लुम्बिनी प्रदेशमा पर्ने रुकुमपूर्व जिल्लाको समेत कार्यभार सम्हाल्दै आएका छन् । संविधान र राज्य पुनर्संरचनाले समेत अलग जिल्ला र प्रदेश विभाजन भए पनि हालसम्म यी कार्यालयले दुई जिल्ला तथा प्रदेशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
तीस वर्षपछि हर्क बहादुर घर फर्कँदा परिवारमा खुसीयाली
जिल्लाको भेरी नगरपालिका‒१ रावत गाउँका एक बाबुछोराको तीस वर्षपछि भेट भएको छ । रावत गाउँका ८५ वर्षीय नदे कामी र उहाँका ५५ वर्षका छोरा हर्कबहादुर कामी बिच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस वर्ष पहिले बेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए ।