चैते वर्षाले गहुँ बालीमा क्षति
पटक-पटक परेको चैते वर्षाले धनुषामा गहुँ बालीमा क्षति भएको छ। धनुषालगायत मधेश प्रदेशका जिल्लामा बुधबार बिहानदेखि पानी पर्न सुरु भएको छ। त्यसयता दैनिक वर्षा भइरहेको छ। शनिबारसम्म पानी पर्नेक्रम जारी छ।
तीन ट्राभल एजेन्सी कारबाहीमा
रुपन्देहीको भैरहवामा दर्ताबिनै सञ्चालनमा रहेका ट्राभल एजेन्सीहरूलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र विना सञ्चालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरिएको हो ।
झापामा २५ जना बालबालिकामा क्षयरोग
झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगी मध्ये २५ जना बालबालिका रहेका छन् ।
अन्नपूर्ण आरोहणका लागि आधार शिविर पुग्न थाले आरोही
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीहरू आधारशिविर पुग्न थालेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्नुभएको छ ।
तान्द्राङ खोलामा चार महिनामा बेलिब्रिज
गोरखाको भिमसेनथापा गाउँपालिकाको तान्द्राङ खोलामाथि चार महिनामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ।
भारतीय प्रधानमन्त्री मोदी ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट सम्मानित
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट पनि सम्मानित गरिएको छ ।
राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान
कृषि तथा पशुपन्क्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
‘घृणालाई प्रेममा बदल्ने पर्व होली’
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व मन्त्री मातृकाप्रसाद यादवले घृणालाई प्रेममा बदल्ने होली पर्व सबै मिलेर मनाउन हराउँदै जान थालेको डम्फा बजाएर आग्रह गर्नु भएको छ ।
चितवनमा देखिन थाल्यो डेंगु
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत ९ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २९५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
बङ्गलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा
बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आउनुभएको छ ।
मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त
नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।
मस्कोलाई ‘आतङ्कवादी हमला’ हुनसक्ने पूर्वसूचना थियो
मार्च महिनाको सुरुमा रुसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठुला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो ।
‘चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ’
तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रूपमा परिचित हुनुहुन्छ । उहाँले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जली’ लगायतका चलचित्र निर्देशन गर्नुभएको थियो । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा हुनुहुन्छ ।
भारतीय राजदूतावासले मनायो ५९ औँ ‘आइटेक’ दिवस
भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शुक्रबार भएको कार्यक्रममा एम्सका पूर्वविद्यार्थी एवम् नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत-नेपालबिचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाउनुभएको थियो ।
सुरक्षित आवासका लागि पालिकाको अनुदान
गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ ।
अझै तीन दिन पानी पर्ने पूर्वानुमान
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
लुम्बिनी सम्मेलनको सन्देश : नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य
विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।
थकाली समुदायको तोरन्ल पर्व सुरु
हिमाल पारीको जिल्ला मुस्ताङमा शुक्रबारदेखि थकाली समुदायले तोरन्ल पर्व मनाउन सुरु गरेका छन् । लामो समय सम्म मनाइने पर्वमा आदिवासी जनजाति मध्ये एक थकाली समुदायमा दिवङ्गत पितृ पूजा, भूमि पूजा र परम्परागत तारा खेल खेलेर मनाउने प्रचलन छ ।
बिचौलियाको हातमा अलैँचीको मूल्य, प्रतिमन ८६ हजारमा किनबेच
अलैँचीको मूल्य निर्धारण बिचौलियाको हातमा रहेको भन्दै किसानहरूले नियमन गर्न माग गरेका छन् । बिचौलियाले किसानले विक्री गर्ने समयमा कम मूल्य बनाएर खरिद गर्ने र बढी मूल्य बनाएर विक्री गर्ने गरेको पाइएको हो ।
आफ्नै जनशक्तिबाट मिर्गौला प्रत्यारोपण
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पश्चिमाञ्चल अस्पतालले आफ्नै जनशक्तिबाट पहिलो पटक मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । यसअघि २०७९ असारमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले यस अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको थियो । सो टोलीले आठौँ पटकसम्म मिर्गौला प्रत्यारोपण गरेपछि यस अस्पतालका चिकित्सकलाई सिप हस्तान्तरण गरेको थियो । पोखराका चिकित्सकले नवौँ पटक भने आफ्नै जनशक्तिमा प्रत्यारोपण गर्न सफल भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।
दुई दिन ‘जोगिरा सररर’
रुपन्देहीका थारू गाउँमा यो वर्षको होलीको तयारी सुरु भएको छ । खास गरी जिल्लाको सैनामैना नगरपालिकाका थारू गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी होली मनाउन लागिएको थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले बताउनुभयो ।
भूकम्प पीडितको करोडौँ रुपियाँ हिनामिना आरोपमा प्रभु बैङ्कका इन्चार्ज पक्राउ
रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ राडीमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैकका कर्मचारी पक्राउ परेका छन् ।