• १३ फागुन २०८१, मङ्गलबार

नेपाल–इटाली सहकार्यलाई दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड

blog

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभामा सहभागीहरू । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन १३ गते । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबिचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबिचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्नुहुँदै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा सङ्घको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

पूर्वमन्त्री राजेशकाजी श्रेष्ठले नेपाल—इटाली व्यापार प्रवर्धनका लागि आफ्नो निरन्तर सहयोग रहने बताउनुभयो । साधारण सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । 

सङ्घका संरक्षक राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्यदूत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक समशेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको छ ।