• १३ फागुन २०८१, मङ्गलबार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

blog

पहलमान घर्ती
होलेरी (रोल्पा), फागुन १३ गते ।
रोल्पामा श्रीमानले खुकुरी प्रहरी गरी श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ६ थुम्काका ४० वर्षका खिमबहादुर बुढामगरले ३२ वर्षीया श्रीमती अस्मिता बुढामगरलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । श्रीमानको खुकुरी प्रहारबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जानकारी चौकी जुगारले पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी चौकी जुगारका प्रहरी नायब निरीक्षक दिवश हिताङको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुग्दा अस्मिता मृत अवस्थामा फेला पर्नुभएको थियो ।

प्रहरीले खिमबहादुर र उनले प्रयोग गरेको खुकुरी नियन्त्रणमा लिएको छ । छिमेकीका अनुसार बेला बेलामा श्रीमान् श्रीमती झगडा गर्ने गरेका थिए ।

इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिको कमान्डमा घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।