म्युजिक अवार्ड प्रदान
विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औँ संस्करणमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो । सुगम सङ्गीततर्फ निसान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायकगायिकाको अवार्ड पाउनुभयो । सोही कार्यक्रममा गायिका मीरा राणालाई एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मान गरियो । सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपियाँसहित पत्रकार शान्तिप्रियालाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रूपक डोटेललाई प्रेमध्वज सङ्गीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसङ्गीत सम्मानबाट सम्मानित गरियो । कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मानबाट सम्मान गरियो ।
डिजिटलतर्फ सङ्गीत उद्योग
रेडियो, सिडी, भिसिडीको भरमा चलेको नेपाली सङ्गीत उद्योग पछिल्लो समय सुन्नेभन्दा पनि हेर्ने माध्यममा बढी केन्द्रित हुन थालेको छ । त्यसैले पनि नेपाली सङ्गीत बजारमा दृश्यको भाकाले गीतलाई जितिरहेको छ । यसले भोलिका दिनमा गीत सङ्गीतको अस्तित्वमा नयाँ मोड नल्याउँला भन्न सकिँदैन । अहिले नेपाली सङ्गीत बजारको वातावरण र प्रवृत्ति फेरिन थालेको छ । डिजिटल साक्षरता, गीत सङ्गीतको डिजिटल अधिकार, गीत सङ्गीतको डिजिटल व्यापारको सम्भावनाले नयाँ र पुरानो पुस्तालाई नजिक बनाउँदै लगेको सर्जकको भनाइ छ ।
हरिवंश आचार्य र प्रकाश सपुत पोखरामा सम्मानित
रिष्ठ कलाकार हरिवंश आचार्य र गायक एवं कलाकार प्रकाश सपुत पोखरामा पुरस्कृत हुनुभएको छ । पोखरा नदिपुरस्थित प्रतिभा माविले ‘प्रतिभा विशेष व्यक्तित्व पुरस्कार’ बाट हरिवंश र ‘प्रतिभा वर्ष युवा पुरस्कार’बाट प्रकाश सपुतलाई पुरस्कृत गरेको हो ।
‘मैले जितेर पनि हारे’
समाजमा घटिरहेको यथार्थ घट्नालाई चित्रण गर्दै अभि सुनारको शब्द, सङ्गीत र समीक्षा अधिकारीको स्वरमा ‘मैले जितेर पनि हारे’ गीतको भिडियो सार्वजनिक भएको छ ।
द्वन्द्वले टिकेको कथा ‘रङ्गेली’
नेपालको मोरङको रङ्गेलीमा हुने अनेकन अपराधको कथा समेटिएको चलचित्र हो, ‘रङ्गेली’ । प्रेमकथा रुचाउने दर्शकलाई चलचित्र पक्कै मन नपर्न सक्छ तर काटमार र बन्दुकको आवाज रुचाउने अथवा भनौँ एक्सनप्रधान चलचित्र हेर्न रुचाउनेका लागि चलचित्र निकै उपयुक्त बन्न सक्छ ।
नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेबाट
नेपाल र युरोपेली संघ (इयू)बिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको १३ औँ श्रृङ्खला चैत ७ गतेबाट सुरु हुने भएको छ ।
‘सुन साइँला’ ले चम्काएकी सपना
मिठो स्वरकी धनी सपना सुनामलाई नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चा बटुल्न सफलता मिलेको छ । उहाँको नेपाली साङ्गीतिक क्षेत्रमा १३ वर्षदेखि सक्रियता रहँदै आएको छ । यस अवधिमा उहाँले दुई दर्जनभन्दा बढी गीतमा आवाज दिइसक्नुभएको छ । तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्डबाट विजेता सपनाले सफलताको यो शिखर चुम्न जीवनमा धेरै सङ्घर्ष गर्नु प¥यो ।
नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले छायाङ्कन स्थल र कथावस्तु दुवै हिसाबले नेपाल चलचित्रका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभयो ।
म्युजिक भिडियो सार्वजनिक
केबिएस लुभु प्रोडक्सन हाउसले तीन म्युजिक भिडियो ‘जुल रे जुल’ ‘पुलुक स्वैम्ह’, ‘मिखा मिखाया खँलाबला’ सार्वजनिक गरेको छ । कीर्तिपुर सिने प्लेक्समा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ साहित्यकार चलचित्र निर्देशन तथा लेखक प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले संयुक्त रूपमा ती म्युजिक भिडियोको लोकार्पण गर्नुभयो । यसै गरी सो कार्यक्रममा लोकार्पण भइसकेको नेपाल भाषाका अन्य म्युजिक भिडियो ‘मन जिगु जुल चञ्चल’, ‘न्हिले न्हिलेथें’, ‘मुसुं न्हिला’ र सरिता महर्जनको जन्मदिनको उपहार स्वरूप उहाँको ‘भेट भयो झम्के साँझमा’ पनि प्रदर्शन गरिएको थियो
महाजात्रासँग स्थानीय सरकारको संवाद
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली चलचित्र क्षेत्रलाई समेट्ने बताउनुभएको छ । धरानमा बुधबार आयोजित ‘महाजात्रासँग स्थानीय सरकार ः चलचित्र संवाद’ कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली चलचित्रसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको बताउनुभयो । “नेपाली चलचित्रलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले चलचित्रलाई हे¥यो र सोच्यो भन्ने आभाष पक्कै हुने छ । म चलचित्र, कला र साहित्यसँग जोडिएको र गम्भीर रूपमा सोच्ने व्यक्ति हुँ,” मेयर साम्पाङले भन्नुभयो, “धरानमा चलचित्र छायाङ्कनका लागि सहज हुने गरी चाँडै सुटिङ स्थल समावेश गरेर सानो डायरी सार्वजनिक गर्ने छु ।”
भ्रष्ट राजनीतिज्ञको भूमिकामा आचार्य
चलचित्र ‘महाजात्रा’ मा हरिवंश आचार्यलाई राजनीतिज्ञको भूमिकामा देख्न सकिने भएको छ । स्वच्छ र सरल छवि निर्माण गरेका आचार्य यस पटक भ्रष्ट राजनीतिज्ञको कार्यशैलीमार्फत चलचित्रमा देखिने छन् । आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताउनुभयो । आचार्यले अभिनेताका रूपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको बताउनुभयो । मैले अभिनय गर्ने पात्रको भूमिका सधैँ फरक हुन्छ । आचार्यले भन्नुभयो, “यस पटक मैले नेताको भूमिकामार्फत भइरहेको विकृति र त्यसले समाजमा पारिरहेको असरलाई चलचित्रमा अभिनयमार्फत देखाउन खोजेको छु । यसले नकारात्मक पक्षबारे आमदर्शकलाई प्रस्ट्याउने काम गरेको छ ।”
विदेशको पीडा ‘परदेशीको बाकस’
गरिबीका कारण श्रीमती, साना लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यताको कथा समेटिएको गीत ‘परदेशीको बाकस’ सार्वजनिक भएको छ । गीतमा म्यानपावरले दिएको दुःख, परदेश गएपछि केही कसुरबिना नै जेल जानुपर्ने अवस्था र मृत्युवरण जस्तो भयानक परिस्थितिलाई गीतमा चित्रण गरिएको छ । परदेश गएपछि लास भएर बाकसमा घर फर्कंदा एउटा परिवारको सपना कसरी तुहिन्छ भन्ने कुरा पनि गीतमा देखिन्छ । सुरेश शाही र शान्तिश्री परियारको स्वर रहेको गीतमा दुर्योधन बस्नेतको रचना एवं गायक सुरेशकै सङ्गीत एवं सङ्गीत संयोजन र कृष्ण पुनको मिक्सिङ रहेको छ । गीत दुर्योधन बस्नेतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
ओस्कारमा ‘ओपेनहाइमर’ लाई अवार्ड
लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गर्नुभएको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ । चलचित्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्नुभयो भने रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड हात पार्नुभयो । ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जितेको छ । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।
समावेशी सांस्कृतिक कार्यक्रम
३ औँ अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा राजधानीमा समावेशी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । समावेशी सांस्कृतिक कार्यक्रममा डाउन सिन्ड्रोम समाज नेपालद्वारा सञ्चालन गरेको सत्यम् दिवा सेवा केन्द्रमा आबद्ध तथा अन्य डाउन सिन्ड्रोम प्रभावित बालबालिकाले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नुभयो ।
ओली–हमालबीच चलचित्र संवाद हुने
अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ ।
‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन’
गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो ।
प्रदीप बने ‘मैत बहादुर’
अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को छायाङ्कन चलिरहेको छ । यसैबिच आइतबार अभिनेता खड्काको भूमिकाको पात्र परिचय गराइएको छ ।
नेपाली चलचित्रको ‘सो’ मा सधैँ विवाद
विदेशी चलचित्रसरह नेपाली चलचित्रलाई ‘सो’ नदिइएको भन्दै लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’ हलबाट उतार्ने घोषणा गर्नुभएको छ । निर्देशक खड्काले हलको अन्यायपूर्ण व्यवहारका कारण चलचित्र हलबाट उतार्नु परेको बताउनुभयो । चलचित्र यही फागुन २५ गतेदेखि प्रदर्शनीमा आएको थियो । हल मालिकले देशभक्तिपूर्ण चलचित्रलाई पायक ‘सो’ नदिएको आरोप लगाउँदै आइतबारदेखि हलमा चलचित्र नचलाउने खड्काले बताउनुभयो । गत वैशाख ११ गते सेन्सर पास गरेको र एक वर्षअघि नै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको स्मरण गराउँदै चलचित्र प्रदर्शनको समयमा असफल बनाउन चौतर्फी देशी/विदेशी खुफिया र तिनका मतियार खलबलाएको उहाँले दाबी गर्नुभयो ।
अन्धविश्वासको चित्र ‘बोक्सीको घर’
चलचित्र ‘बोक्सीको घर’ को ट्रिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रिजरमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई ट्रिजरले उजागर गरेको छ ।
सांसद सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक
नेकपा (माओवादी केन्द्र) का सांसद एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ।
मानसराजको ‘माया माया हो’ सार्वजनिक
गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ।
तुम्बापोको ‘अञ्जिला’
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुव्रmबार एक कार्यक्रमबिच निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिटै नै चलचित्रको उपयुक्त प्रदर्शन मिति तय गर्ने बताउनुभयो ।
जापानी चलचित्र महोत्सव सुरु
जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा जापानिज चलचित्र महोत्सव शनिबारबाट पोखरामा सुरु हुँदै छ । महोत्सव अन्तर्गत शनिबार र आइतबार पोखरामा अङ्ग्रेजी सबटाइटलसहित जापानी चलचित्र प्रदर्शन
सात महिला चलचित्रकर्मी सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।