• ५ जेठ २०८१, शनिबार

बालचलचित्र प्रदर्शन

blog

काठमाडौँ, वैशाख २२ गते । चलचित्र विकास बोर्डको विशेष सहकार्यमा शैली थिएटरले बालचलचित्र प्रदर्शनी तथा संवाद सम्पन्न गरेको छ । शुक्रबार आयोजित ‘नेपालमा बाल चलचित्रको महत्व र आवश्यकता’ विषयक संवाद कार्यक्रमका वक्ताले बालबालिकाका लागि चलचित्र कम बन्ने गरेको धारणा व्यक्त गर्नुभएको छ । 

काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडाले बालबालिकामा चलचित्र, नाटक जस्ता प्रदर्शन कलाको विकास गर्न महानगरले विशेष काम गरेको चर्चा गर्नुभयो । करिब तीन सय जना बालबालिकाको प्रत्यक्ष सहभागी भएको कार्यक्रममा बालबालिकाले चलचित्र क्षेत्रको ज्ञान तथा चलचित्र हेरेर शिक्षा तथा मनोरञ्जन लिएका थिए । बाल चलचित्र प्रदर्शनीको क्रममा नेपाली, हिन्दी र इजिप्टमा बनेको बालबालिकासँग सम्बन्धित छोटा चलचित्रको विशेष प्रदर्शनी गरिएको थियो ।