• ५ जेठ २०८१, शनिबार

टिकटकरबाट फिल्मतिर

blog

काठमाडौँ, वैशाख २२ गते । टिकटक र ‘भिडियो कन्टेन्ट क्रियटर’ को रूपमा चर्चित पारस बमले चलचित्र ‘होस्टल’ को तेस्रो भाग ‘होस्टल ३’ मा अभिनय गर्नुहुने भएको छ । ‘कुल ब्वाई’ को नामबाट चर्चित पारस बम चलचित्रको महत्वपूर्ण भूमिका र प्रमुख पात्रमध्ये एकका लागि लिइएको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । होस्टलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनामा आधारित रहेर बन्न लागेको चलचित्रबाट डेब्यु गर्न लागेका पारस गायकसमेत हुनुहुन्छ ।