प्रेम र भक्तिको मिश्रण ‘मीरा’
प्रेमिल भाव समेटिएको गीत ‘मीरा’ मा प्रेम र भक्तिको अनुपम उदाहरण बनेकी मीराको कृष्णप्रतिको भक्तिमय प्रेम दर्शाउन खोजिएको छ । यहाँ सार्वजनिक भएको गीतमा निःस्वार्थ प्रेमलाई उच्चतम सम्मान दिँदै प्रेम प्राप्तिमा नभई त्यागमा अमर बन्ने सन्देश दिइएको छ । सविता बस्नेत दानीको शब्द रहेको गीतमा गैरे सुरेशले सङ्गीत दिनुभएको छ भने गायिका विनिशा पौडेलको आवाज सुन्न सकिन्छ ।
‘टोपी उनैको’ बजारमा
सङ्गीतकार तथा निर्देशक डिआर सुजनले ‘टोपी उनैको’ बोलको गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायिका आयुषा गौतम र अञ्जु विश्वकर्माले उहाँलाई साथ दिनुभएको छ ।
नेपाल सङ्गीत विद्यालयमा स्नातक तह अध्यापन
नेपाल सङ्गीत विद्यालयले स्नातक तहको सङ्गीतको अध्ययन गराउने भएको छ । नेपाल म्युजिक सेन्टर शैक्षिक गुठी तथा गुठीद्वारा सञ्चालित नेपाल सङ्गीत विद्यालयको १८ औँ वार्षिक उत्सव कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । गुठीका अध्यक्ष तथा लोक सेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गराइरहेका विद्यालयमा स्नातक तह पनि अध्ययन अध्यापन गर्ने भएको जनाएको छ ।
‘थाहा छैन आज भोलि’मा भिजु र श्रद्धा
भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा ‘थाहा छैन आज भोलि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
‘सलीना’ चैत १६ मा रिलिज हुने
सरस्वती पूजाको अबसर पारेर चलचित्र सलीनाको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सलीना आउने चैत १६ गते नेपालका मल्टिप्लेक्स सिनेमा घरहरुमा प्रदर्शन हुने बताइएको छ ।
विदेशी चलचित्रका लागि पनि नेपाल आकर्षक गन्तव्य
पछिल्लो समय प्राकृतिक सुन्दरता भएका स्थानमा चलचित्र र म्युजिक भिडियोको छायाङ्कन गर्ने क्रम बढेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्र वरिपरि छायाङ्कन गर्ने प्रवृत्तिलाई छाडेर चलचित्र निर्माता मुस्ताङलगायतका सगरमाथा, चितवन, बागलुङ, पोखरा, लुक्ला, नाम्चे, जोमसोम, नगरकोट र हिमाली उपत्यकाका स्थललाई चलचित्र छायाङ्कनको गन्तव्य छान्न थालेका छन् ।
चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक
नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
‘भ्यालेन्टाइन डे’ : नेपालमा पनि पर्वका रूपमा मनाइँदै
‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’ । हरेक वर्ष फेबु्रअरी १४ मा यो उत्सव प्रेमिल जोडीले विशेष रूपमा मनाउँछन् । विश्वभरका युवकयुवतीले माया साटासाट गरेर यो दिवस मनाउने गरेको पाइन्छ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि धेरैले मनाउन थालेका छन् । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्ता मात्र नभएर कलाकारका बिच पनि अति प्रिय हुन थालेको छ । गायक प्रमोद खरेलले ‘भ्यालेन्टाइन डे’ साथीहरूसँगै मनाउने योजना बनाएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “भ्यालेन्टाइन डे’ का लागि भनेर छुट्टै समय भने छुट्टाएको छैन । यो माया गर्ने पर्व भएकाले साथीभाइसँग माया साट्ने योजना बनाएको छु ।” मातृत्वमा व्यस्त नायिका प्रियङ्का कार्की भने ‘भ्यालेन्टाइन डे’ मा यस पटक आफू बेफुर्सिदी भएको बताउनुभयो । कार्कीले भन्नुभयो, “यस पटक घरमै बसेर परिवारसँगै माया प्रेम र रमाइलो गर्ने योजना बनाएकी छु ।” एक दिन निकै प्रेम गर्ने र अरू दिन वास्ता नगर्ने प्रवृत्तिले प्रेमको सम्मान नहुने उहाँको भनाइ छ । आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदा
गोपीकृष्ण सिनेमा हल बन्द
गोपीकृष्ण सिनेमा हल फागुन १ गते मङ्गलबारबाट बन्द हुने भएको छ । गोपीकृष्ण सिनेमा गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरी मङ्गलबारबाट गोपीकृष्ण सिनेमा हल बन्द हुने जनाएको छ । कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको विद्यमान कर प्रणालीले हल बन्द गर्ने निर्णय लिइएको प्रबन्धनिर्देशक निरक पौडेलले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।
खेलाडीका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ ।
लोकभजन, चुड्का प्रतिष्ठान गठन
मौलिक संस्कृति संरक्षणका लागि मकवानपुरमा लोकभजन, चुड्का तथा संस्कृति संरक्षण प्रतिष्ठान गठन गरिएको छ । रुक्मिणी सुवेदीको अध्यक्षतामा २१ सदस्यीय प्रतिष्ठानको जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा टेकप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा प्रतीक्षा चौलागाईं, सचिवमा सुभाषचन्द्र कँडेल, सहसचिवमा नानीराम दुलाल, कोषाध्यक्ष रामप्रसाद फुयाँल, सहकोषाध्यक्षमा गहन खतिवडा रहनुभएको छ । कार्यक्रममा विभिन्न खैँजडी, भजन एवं नौमति बाजा समूहले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
चलचित्रमा काम छैन, म्युजिक भिडियोमा व्यस्त
सामाजिक सञ्जाल युट्युब अहिले म्युजिक भिडियोमा अभिनय गर्नेका लागि राम्रो आयआर्जनको स्रोत बनेको छ । यसले कलाकारलाई व्यस्त मात्र बनाएको छैन, म्युजिक भिडियोको निर्माण सङ्ख्यासमेत बढाउने काम गरेको छ । चलचित्र गतिविधि ठप्प भएसँगै बेरोजगार जस्तै भएका कलाकारले पछिल्ला दिनमा छोटो समयको सुटिङमा तयार भएको म्युजिक भिडियोबाट राम्रो आयआर्जन गर्न थालेका छन् ।
एआईको प्रयोग गीतमा
एआई प्रविधिमा निर्माण गरिएको भिडियो ‘तिमी जे बन उदाहरण बन’ ले बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश दिन खोजेको छ । आइतबार सार्वजनिक भएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको सङ्गीत रहेको छ ।
‘मायामा तिम्रै मायामा’
चलचित्र ‘अगस्त्य च्याप्टर १’ को प्रणय दिवसका अवसर पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रवीन्द्र झालगायत देखिनुभएको छ ।
‘सिम्पल सिम्पल कान्छी २’
पुरानो चलचित्र ‘अन्दाज’ मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’ को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ मा किरण केसी ‘रातामकै’ र दीपाश्री निरौला जोडीका रूपमा देखिनुभएको छ ।
गायनमा मानन्धरको पुनरागमन
नेपाल भाषाका गायक गौतमदास मानन्धरले एक दशकपछि नेपाली सङ्गीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ । विगत चार दशकअघि नेपाली सङ्गीत क्षेत्रमा पाइला टेकेका मानन्धरले थुप्रै नेपाल भाषाका र करिब १० नेपाली गीत गाएपछि गायनलाई विश्राम दिनुभएको थियो । यद्यपि अहिले उहाँले ‘झिमिक्कै परेली’ भिडियो गीतमार्फत गायनमा फर्किनुभएको छ । मानन्धरले ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रोडक्सनमा हाइलाइटस् नेपाल च्यानलमार्फ
गायनमा मानन्धरको पुनरागमन
नेपालभाषाका गायक गौतमदास मानन्धरले एक दशकपछि नेपाली सङ्गीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ ।
पुरानै ढर्राको कथा ‘दयारानी’
निःसन्तान हुनु पाप होइन तर हाम्रो समाजमा निःसन्तान दम्पतीलाई घोचपेच दिने चलन नयाँ भने होइन । यही सामाजिक घोचपेचलाई चलचित्रमा समेटिएको छ । चलचित्र ‘दयारानी’ ले सोही कथा समेट्ने प्रयास गरेको छ । निःसन्तान हुने दम्पतीमध्ये पुरुष आफूमा कुनै दोष छैन भन्ने मानसिकता बोकेर हिँडिरहेका हुन्छन् भने महिला सबै दोष आफूमाथि बोकिरहेकी हुन्छिन् । समाजले सन्तान नहुँदा महिलालाई नै दबाब दिन्छ । त्यस्तो अवस्थामा पुरुष चुपचाप बस्छ तर महिलाले चौतर्फी दबाब झेल्नु पर्छ ।
एलिना र कर्म दरबार मार्गमा गुञ्जिने
भ्यालेन्टाइन डेको अवसर पारेर एलिना माघ २८ गते दरबार मार्गको मन्नत प्यालेसमा गुग्जिने हुनुभएको हो ।
प्रसाई र पराजुलीको नयाँ गीत
गायिका टीका प्रसाई र गायक सञ्जीव पराजुलीको आवाज रहेको नयाँ गीत ‘बरु मौनता बढोस्’ सार्वजनिक भएको छ । प्रणय दिवस सप्ताहको अवसर पारेर बिहीबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।
फेरि आउँदै कर्मा ब्यान्ड
नेपाली साङ्गीतिक ब्यान्ड ‘कर्मा’ ले एक दशकपछि नयाँ गीत ‘हेर’ ल्याउने भएको छ । गीतमा समावेश अधिकांश गीतमा कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहको शब्द र सङ्गीत रहने छ । ‘हेर’ कर्मा ब्यान्डको छैटौँ गीतिएल्बम हो । ‘हाम्रा गीत युवादेखि पाका उमेरसम्मका दर्शकले मन पराउने गर्नुभएको छ,” ब्यान्डका गायक सुरेन्द्रमान सिंहले भन्नुभयो, “अमेरिकामा केन्द्रित भएर साङ्गीतिक गतिविधि गरिरहे पनि हामीले आफ्नो नयाँ गीतिएल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । दर्शकमाझ पुग्न यस पटक कर्मा ब्यान्डले नयाँ गीतिएल्बम सार्वजनिक गर्दै छ ।
‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शन
देशभरका हलमा दुई नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र दयारानी आधारित छ । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु चलचित्र दयारानीमा चित्रण गरिएको छ । चलचित्रमा सन्तान नभएका बेलामा श्रीमान् / श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्नुभएको छ ।
‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा
चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वैशाख १४ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको छ । अभिनेतृ केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गर्नुभएको छ ।