• २० वैशाख २०८१, बिहिबार

उपहार विदेशमा प्रदर्शन

blog

काठमाडौँ, चैत ६ गते । नेपालमा दोस्रो सातामा चलिरहेको चलचित्र ‘उपहार’ ले विदेशमा प्रदर्शनको सुरुवात गरेको छ ।

चलचित्रको पहिलो सो अमेरिकाको कोलोराडोमा गरिएको छ । जहाँ दर्शक राम्रो उपस्थिति रहेको अभिनेतृ एवं प्रस्तुतकर्ता रेखा थापाले जानकारी दिनुभयो । दर्शकको मागलाई हेरेर कोलोराडोमा १९ मार्चमा अर्को सो पनि राखिएको जनाइएको छ । 

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’ मा रेखासँगै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुषमा कार्की, शिशिर राणा, अंशु महर्जनलगायतको अभिनय छ । सुलभ प्रतीक र समीक्षा देउजाले चलचित्र निर्माण गर्नुभएको हो ।