'लाइफ इन एलए' आजदेखि प्रदर्शनमा
सूर्य एन श्रेष्ठकाे निर्देशनमा बनेको चलचित्र 'लाइफ इन एलए' आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्म अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिएको हो ।
समाइराको तेस्रोलिङ्गीदेखि डान्सिङ् स्टारसम्मको यात्रा
तेस्रोलिङ्गी महिलाहरुलाई राम्रो नाच्ने विशेष वरदान भगवानबाट नै पाएको रे भन्ने सुनेकी समाइरालाई सानैदेखि नाच्ने ठूलो रहर थियो । काठमाडौंमा जन्मिएकी समाइरा बच्चा बेलादेखि नै आफू केटा जस्तै देखिएपनि स्वभाव सबै केटीको रहेको बताउनुहुन्छ ।
कलाकारको नेता बन्ने चाह
स्थानीय चुनावको रौनकले सबैलाई छोएको छ । कलाकारिता क्षेत्रबाट पनि चुनावमा उठेकाहरूको अग्रता र जित हासिल गरिरहेका छन् । पार्टी प्रवेशदेखि चुनाव प्रचारप्रसारमा कलाकार अगाडि नै थिए । सफल चलचित्र चपली हाइटमा नायकका रूपमा अभिनय गर्नुभएको राज घिमिरे (सानुराजा घिमिरे) स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नेपाल भित्रिए दुई अमेरिकी रियालिटी सो
अमेरिकामा सफल दुई रियालिटी सो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’ नेपाल भित्रिएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी सो नेपाल आएको जानकारी गराइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडालगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुति दिने छन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ ।
कान्सको रेड कार्पेटमा सुरक्षा
काठमाडौं, जेठ ५ गते । नेपाली अभिनेत्री सुरक्षा पन्त रातो पहिरनमा सजिएर कान्सको रेड कार्पेटमा सहभागी हुनुभएको छ । आफ्नो अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म 'द एट माउन्टेन्स' को स्पेशल स्क्रिनका लागि पन्त कान्स फिल्म फेष्टिभलमा सहभागी हुनुभएको हो । पन्तले उक्त चलचित्रको टिमसहित कान्सको रेड कार्पेटमा वाक गर्नुभएको छ । फेष्टिभलमा इटालियन कलाकार, बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शसहितको सहभागिता देख्न सकिन्छ । कान्सको अफिसियल निमन्त्रणामा रेड कार्पेटमा हिँड्ने सुरक्षा पहिलो नेपाली कलाकार हुन् । यस्तै, फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुने बताइएको छ ।
नवजोत सिद्धुलाई एक वर्ष जेल सजायको फैसला
काठमाडौं, जेठ ५ गते । ३४ वर्ष पुरानो सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब काँग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटरसमेत रहेका नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । अदालतले चार वर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेको छ । त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।
राजु लामालाई काठमाडौंमा स्वागत
काठमाडौं, जेठ ५ गते । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किनुभएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित स्वागत गरिएको छ ।जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उहाँले 'इम्याजिन नेपाल एक्सिपिडिसन'मार्फत सर्वोच्च शिखर आरोहण गर्नुभएको थियो । ६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उहाँले साङ्गीतिक प्रस्तुतिसमेत दिनुभएको थियो । गायक लामाले सगरमाथाको टुप्पोमा पुग्दा आफ्नो आँखाबाट आँसु आएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यसपटक मैले जलवायु परिवर्तनको विषयमा सन्देश दिन चढेको हुँ । कार्वन उत्र्सजन घटाउने सन्देश मेरो हो ।' यस्तै, उहाँले युवाहरुलाई सजग गराउनका लागि पनि सगरमाथा चढेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको विषयमा युवाहरु सजग हुन आवश्यक रहेको भन्दै लामाले टुप्पोमा पुग्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
युवा पुस्तामाझ मौलिक पहिरनको बढ्दो क्रेज
कुनै चाडपर्व होस् या कार्यक्रम आफ्नो मौलिक पहिरन हाकुपटासीमा सजिन मन लाग्छ पूर्वमिस नेवाः नीतु डङ्गोललाई । उहाँले आफ्नो पहिचान र सान भनेको आफ्नो मौलिक भाषा, खाना र वेशभूषा भएका कारण हाकुपटासी लगाउन मनलाग्ने बताउनुभयो । मौलिक पहिरनमा आफ्नो संस्कृति झल्किनुको साथै अलि फेसनेबल पनि देखिने उहाँको धारणा छ । कालो पृष्ठभूमिमा रातो किनाराको हाकुपटासी, चौबन्दी चोली, पछ्यौरा, कल्की र बाजुको पहिरनमा सजिएर डङ्गोल थुप्रै पटक -याम्प सोमा उत्रिसक्नुभयो ।
‘नइ बाल पुरस्कार’ घोषणा
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बुधबार बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।