कङ्गनाको भरपुर एक्सन धाकड
बलिउडको एक्सन चलचित्रहरूमा प्रायः नायक नै हाबी भएको देखिन्छ । ती चलचित्रहरूले बक्स अफिसमा तहल्का मच्चइरहेका हुन्छन् । तर यसपटक बलिउडमा नायिकाले पनि एक्सनको दृश्य गर्न सक्छिन्् भन्ने चलचित्र ‘धाकड’ले प्रमाणित गरिदिएको छ
वज्राचार्य र श्रेष्ठ किड्स क्यापिटल–२०२२
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ११ गते ।किड्स क्यापिटल–२०२२ को उपाधि सुनम्रता वज्राचार्य र आरोन श्रेष्ठले हात पार्नुभएको छ ।ललितपुरमा आयोजित प्रतियोगितामा किड्स क्यापिटल महरू फेसन एम्बास्डरको उपाधि प्रसिन कर्माचार्य र स्टेला कडायतले जित्नुभयो भने किड्स क्यापिटल हुन्छ डटकम एम्बास्डरको उपाधि आश्रिया थापाले जित्नुभएको थियो । प्रतियोगितामा युवान श्रेष्ठ र आस्भी केसीले लिटिल स्टारको उपाधि आफ्नो नाममा पार्नुभयो भने किन्स श्रेष्ठ र नायुमा श्रेष्ठले लिटिल प्रिन्स तथा प्रिन्सेसको उपाधि प्राप्त गर्नुभयो ।नम्रता वज्राचार्यले फस्ट रनरअप, अक्षता श्रेष्ठले सेकेन्ड रनरअप, देव्यानी खड्काले थर्ड रनरअप र अनुष्का खड्काले फोर्थ रनरअपको उपाधि जित्न सफल हुनुभयो । १३ प्रतियोगितामा किड्स क्यापिटलको उपाधि जित्न सफल आरोन श्रेष्ठ र आश्रिया थापालाई गायक कृष्ण विकले आफ्नो आगामी गीतको म्युजिक भिडियोमा अभिनय गराउने जनाइएको छ ।
'घनचक्कर' को ट्रेलर रिलिज
काठमाडौं, जेठ १० गते । सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको फिल्म 'घनचक्कर' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र सङ्गम भट्टको लगानी छ ।ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायतलाई देख्न सकिन्छ । फिल्मको छायाङ्कन सुसन प्रजापतिले र सम्पादन मित्र डी गुरुङको छ । फिल्म आगामी असार १० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।
'माग्ने बुढा' को कमेडी शाे 'कमेडी हब'
काठमाडौं, जेठ १० गते । कलाकार केदारप्रसाद घिमिरे 'माग्ने बुढा'काे निर्देशनमा 'कमेडी हब शाे' सुरु हुने भएको छ । बुधबारबाट सुरु हुने शोको काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गर्नुभएको हो।कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने बताइएको छ । यस्तै, एपीवान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ ।शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुबाेध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीपतामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, सङ्गम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, वेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेको प्रस्तुति रहनेछ ।
'प्रेमगञ्ज'को गीत 'तरबार' सार्वजनिक
काठमाडौं, जेठ १० गते । फिल्म 'प्रेमगञ्ज'को आइटम गीत 'तरबार' सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई आइटम डान्समा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको आवाज रहेको छ । परिच्छेद सेनले निर्देशन गर्नुभएको फिल्ममा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँ प्रमुख भूमिकामा हुनुहुन्छ। 'जो मनमा छ जीवनमा छैन र जो जीवनमा छ मनमा छैन' भन्ने विषयवस्तुमा आधारित 'प्रेमगन्ज' भदौ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
तीन चलचित्र प्रदर्शनको तयारी
चलचित्र क्षेत्र लयमा फर्किएसँगै सिनेमा हलमा चलचित्र प्रदर्शनमा आउने क्रम जारी छ । कोरोना सङ्क्रमणको तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली चलचित्रको प्रदर्शनी मिति घोषणा भइरहेका छन् । निर्माता सङ्घका अध्यक्ष आकाश अधिका
'चिसो मान्छे' को ट्रेलर सार्वजनिक
काठमाडौं, जेठ ९ गते । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म 'चिसो मान्छे' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ । दीर्घ खड्काले सम्पादन गर्नुभएको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।कर्णाली क्षेत्रको कथा देखाइएको फिल्मको ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल लगायत स्वस्तिमालाई कर्णाली भेषभुसामा देखाइएको छ ।फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्नुभएको हो । फिल्म असार १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना हुँदै
नेपाल अफ्रिका फिल्म फेस्टिभलको १०औँ संस्करण जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेभएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसनको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न देशका सयभन्दा बढी फिल्म प्राप्त भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताउनुभयो । नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
सुमन शेखर मानन्धरको 'साम से ही दिल'
भारतीय सङ्गीत कम्पनी 'टी सिरिज'ले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गजल 'साम से ही दिल' सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गजल रिलिज गरिएको हो ।