‘के घर के डेरा’को छायाङ्कन सुरु
निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा’को छायाङ्कन सुरु भएको छ । चलचित्रको पहिलो दिन गीत सुटिङबाट छायाङ्कन सुरु भएको हो । चलचित्रको पूरै छायाङ्कन काठमाडौँ उपत्यकामै गरिने निर्देशक खनालले जानकारी दिनुभयो ।
'लाइफ इन एलए'को नयाँ गीत सार्वजनिक
काठमाडौं, जेठ ३ गते । फिल्म 'लाइफ इन एलए'को नयाँ गीत सार्वजनिक गरिएको छ । आर्यन पाठकको शब्द, सङ्गीत र स्वर रहेको गीतमा ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् ।यस्तै, फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गर्नुभएको हो । शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक फिल्मको मुख्य भूमिकामा हुनुहुन्छ ।ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको निर्माण पनि ब्यासले नै गर्नुभएको हो । फिल्मको निर्देशक वली एसोसियट र कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराठी हुनुहुन्छ ।फिल्म आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएकाे छ ।
विश्वज्योति हल नयाँ स्वरुपमा
काठमाडौं, जेठ ३ गते । जमलस्थित विश्वज्योति हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । सोमबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ गर्नुभएको हो । थ्रिडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधा सम्पन्न हल मल्टिप्लेक्सको माथिल्लो तलामा खुलेको छ । हलमा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन् । शुक्रबारदेखि हलमा नियमितरुपमा लक्का जवानसहित डक्टर स्ट्रेन्ज २ लगायतका फिल्म प्रदर्शन हुने भएकाे छ ।
किरात समुदायले मनाए उँभौली
पुरुष कालो कोट, खाँडी, अल्लोको धागोबाट बुनिएका कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, कम्बरमा पटुकामा सजिएका थिए, कसैको चमार र सिर्लिङ त कसैको हातमा सेउली थियो । भर्खरैका बालबालिकादेखि उमेरले सात दशक कटिसकेका वृद्धसमेत ढोलझ्याम्टाको तालमा ताल मिलाएर एक साथ भनिरहेका थिए, ‘सै ढोले सै ! अर्को ढोले खै !’
'द-बाङ द टुर'को पहिलो कन्सर्ट ठमेलमा, १० नेपाली कलाकारले प्रस्तुति दिने
काठमाडौं, जेठ २ गते । 'द-बाङ द टुर' रिलोडेडको प्रि 'शो' ठमेलको एलओडी क्लबबाट सुरू हुने भएको छ । कार्यक्रममा सहभागी १० जना नेपाली कलाकारले आगामी बुधबार एलओडीमा प्रस्तुतिसमेत दिने बताइएको छ।पहिलो 'शो' ठमेलमा नेपाली कलाकार सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुबानी मोक्तान, सन्जु मोक्तान, टुन्ना बेल्ला थापा, प्रवेश कुमार श्रेष्ठ र समीर श्रेष्ठले एकसाथ प्रस्तुति दिनुहुनेछन् । कार्यक्रममा प्रवेश टिकट पाँच हजार रुपैयाँ लाग्ने छ । यस्तै, साेही टिकटले दशरथ रंगशालामा हुने द-बाङ टुरको 'शो' पनि हेर्न पाउनेछन् । बलिउड अभिनेता सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा सांगीतिक कार्यक्रममा हुनेछ । सोही दिनको कार्यक्रममा सहभागी हुने नेपाली कलाकारले एलओडीमा प्रस्तुति दिन लागेका हुन् ।
'नेपाल ट्यालेन्ट हन्ट'को डिजिटल अडिसन सुरु
काठमाडौं, जेठ २ गते । नयाँ टेलिभिजन रियालिटी सो 'ट्यालेन्ट हन्ट' को अडिसन सुरु भएको छ । निर्माण संस्था साइना साहारा ग्रुपले अडिसन खुला गरेको हो ।निर्माता टेकप्रसाद बाँस्तोलाले मुलुकका धेरै प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले रियालिटी सो निर्माण हुन लागेको बताउनुभयो । गायन, नृत्य, अभिनय, कमेडी विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० लाख रुपैयाँ नगद प्राप्त गर्ने बताइएको छ ।कार्यक्रमकाे निर्णायकमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल छन् । अडिसनमा भाग लिन चाहनेले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ पठाउनुपर्ने भएको छ । असोजमा विजेता छनौट हुने आयोजकले जनाएको छ ।
क्याप्टेन विजय लामालाई पितृशोक
काठमाडौं, जेठ २ गते । कलाकार तथा पाइलट क्याप्टेन विजय लामालाई पितृशोक परेको छ । आइतबार दिउँसो मनमोहन अस्पतालमा उहाँले अन्तिम सास लिएको लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।लामाका पिताको दुई हप्तादेखि मनमोहन अस्पतालको सिसियुमा उपचार भइरहेको थियो । लामाले फेसबुकमा बाबुछोराको फोटोसहित भावुक स्टाटस लेख्नुभएको छ । “मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरूसँगै भएकोमा आफूलााई भाग्यशाली ठान्दछु । तर के गर्नु आखिर मन त हो भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि,” लामाले लेख्नुभएको छ ।सोमबार बुद्ध जयन्तीको दिन बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिनेसमेत लामाले जानकारी दिनुभएको छ ।
राज गोस्वामीको 'चाहिँदैन मलाई'
काठमाडौं, जेठ २ गते । गायक राज के गोस्वामीले नयाँ गीत 'चाहिँदैन मलाई' सार्वजनिक गर्नुभएको छ । नेपाली टचको प्रस्तुतिमा तयार भएको यो गीतको म्युजिक भिडियोलाई गायक गोस्वामीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो। गीतमा गायक धर्मेन्द्र सेवानको शब्द तथा संगीत रहेको छ । यस्तै, गीतलाई प्रज्वल लामाले संगीत संयोजन गर्नुभएको हो । भिडियो सार्वजनिक गर्दै गायक गोस्वामीले लेख्नुभएको छ, 'संगीत मेरो लागि आत्मसन्तुष्टि हो । एउटा तृप्त हुने कृति प्रस्तुत गर्न पाउँदा आनन्दित छु ।'गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गर्नुभएको हो ।
‘उपाधिले आत्मविश्वास बढेको छ’
सौन्दर्य प्रतियोगिता मिस नेवाः विजेता हुन् सलिना महर्जन । चःमति निवासी महर्जनले १६औँ संस्करणको मिस नेवाः नेपाल ११४२ ताजको उपाधि पाउन सफल हुनुभयो । उपाधि जितेसँगै उहाँ नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका सद्भावना दूतमा समेत नियुक्त हुनुभयो । प्राइम कलेजमा इन्फरमेसन म्यानेजमेन्टमा स्नातक अध्ययनरत गर्नुभएकी महर्जन हिपअप र अन्य नृत्यमा पोख्त हुनुहुन्छ । मिस नेवाःकै विषयमा केन्द्रित भएर उहाँसँग गरिएको कुराकानी :