• १६ भदौ २०८१, आइतबार

‘उपाधिले आत्मविश्वास बढेको छ’

blog

काठमाडौँ, जेठ २ गते । सौन्दर्य प्रतियोगिता मिस नेवाः विजेता हुन् सलिना महर्जन । चःमति निवासी महर्जनले १६औँ संस्करणको मिस नेवाः नेपाल ११४२ ताजको उपाधि पाउन सफल हुनुभयो । उपाधि जितेसँगै उहाँ नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका सद्भावना दूतमा समेत नियुक्त हुनुभयो । प्राइम कलेजमा इन्फरमेसन म्यानेजमेन्टमा स्नातक अध्ययनरत गर्नुभएकी महर्जन हिपअप र अन्य नृत्यमा पोख्त हुनुहुन्छ । मिस नेवाःकै विषयमा केन्द्रित भएर उहाँसँग गरिएको कुराकानी :

मिस नेवाः सौन्दर्य प्रतियोगितामा भाग लिनुको उद्देश्य के थियो ?

मेरो मुख्य उद्देश्य भनेको व्यक्तित्व विकास गर्नुका साथै आत्मविश्वास बढाउन आएको हो । मलाई धेरै मान्छेको अगाडि आफ्नो प्रतिभा प्रस्तुत गर्न आएको हो । केही न केही जित्छु भनेर नै आएको हो । मिस नेवाको ताज नै आफ्नो नाममा पर्छ जस्तो त लागेको थिएन तर मिस ट्यालेन्टको उपाधि पाउँछ कि जस्तो लागेको थियो । मैले ट्यालेन्ड राउन्डमा हिपअप नृत्य प्रस्तुत गरेको थियो । मेरो विश्वास र मिहिनेतले यो उपाधि प्राप्त गरेको जस्तो लाग्छ । 

अरू थुपै्र सौन्दर्य प्रतियोगितामा मिस नेवाः नै किन रोज्नुभयो ?

 मिस नेवाः ११४१ को प्रतियोगिता हुँदा मैले नृत्य प्रस्तुत गरेको थिएँ । सोही प्रतियोगितामा मेरो दिदीले फस्ट रनरअपको उपाधि प्राप्त गर्नुभएको थियो । उहाँ कोरियोग्राफर हुनुहुन्छ । उहाँले नै कार्यक्रममा नृत्य प्रस्तुत गर्नुभन्नुएको थियो । त्यही क्रममा मलाई रमाइलो लागेको थियो र अर्को वर्ष प्रतियोगितामा भाग लिऊ भन्ने सल्लाहबमोजिम मैले यस वर्ष मिस नेवाःलाई रोजेकी थिएँ । 

उपाधि जितेसँगै विभिन्न योजना बुन्नुभएको होला ?

तेस्तो योजना त बनाएको छैन । मेरा लागि यो नयाँ नै हो । त्यसैले अब के गर्ने र कसो गरी अगाडि बढ्ने भन्ने पहिला मिस नेवाः हुनुभएकी दिदीहरूको मद्दत लिन्छु र त्यहीअनुरूप काम पनि गर्छु । 

मिस नेवाःमा आएर केही नयाँ कुरा सिक्नुभयो ?

यस सौन्दर्य प्रतियोगितामा आएर मैले धेरै नयाँ कुरा सिक्ने मौका प्राप्त भयो । पहिलो भनेको आत्मविश्वास बढेको छ । धेरै मान्छेको अगाडि बोल्न डराउने म अहिले मज्जाले बोल्न सक्छु । कसरी बोल्नुपर्छ, कसरी बस्नुपर्छ, आफूलाई कसरी प्रस्तुत गर्नुपर्छ भन्ने सिकेँ । नेवार समुदायकी चेली भए पनि हाम्रा संस्कृति बुझेकी थिइनँ । घरमा सांस्कृतिक संस्कार गरिन्छ तर किन गरिन्छ भन्ने कुरा सिकाइएन तर यहाँ सबै बुझ्ने मौका प्राप्त भयो । पहिले संस्कृति भनेको भोज र भतेर जस्तो लाग्थ्यो तर यसको महìव बुझेपछि सम्मान गर्न मन लाग्यो । यसमा रमाउन मन लाग्यो र मन पर्न थाल्यो । 

आफ्नो संस्कृतिको जगेर्नालाई कसरी सहयोग गर्ने सोच बनाउनुभएको छ ?

मैले अझ धेरै कुरा सिक्नुपर्छ । दिदीहरूले आफ्नो संस्कृतिका लागि धेरै गर्नुभएको छ । मेरो कर्तव्य अझ बढेको जस्तो लाग्छ त्यसैले उहाँहरूको सल्लाह र सुझावअनुसार गर्छु । 

नेवाः समुदायको के कुराले तपाईंलाई आकर्षित गर्छ ?

यसमा आकर्षित भन्ने नै हुँदैन । म नेवार समुदायको हो त्यो नै मेरा लागि ठूलो कुरा हो । यसको हरेक कुरा मलाई त्यत्तिकै महìव लाग्छ । जात्रा पर्व, मठमन्दिर हरेक कुरा आफैँमा महìव बोकेको छ । नेवार समुदायको लुगा, गहना, भोज सबै नै मन पर्छ र मलाई आकर्षित गर्छ । 

तपाईंको अबको योजना के छ ?

अहिले त मेरो पढाइ चल्दैछ प्रविधिसम्बन्धी भएको हुनाले पछि यसैमा केही गर्ने योजना छ ।