‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखान नसुन्ने सायदै होलान् । कसैले नगरेको काम वा अनौठो काम गर्दा होच्याएर अथवा प्रोत्साहन दिन यो उखान भन्ने गरिन्छ । हाँडीगाउँमा मनाइने जात्रा भने देशभर मनाइने अन्य जात्राभन्दा भिन्न भएकै कारण ‘कहीँ नभएको’ भनिएको हो ।
नेवार समुदायले बडादसैँ मनाउँदैनन् भन्दा अचम्म लाग्न सक्छ । यस समुदायले दसैँको रूपमा मोहनी नखः मनाउने गर्दछन् । नेवार समुदायमा फूलपाती भिœयाउने चलन छैन
इन्द्रजात्रा (येँया) को अन्तिम दिन महिलाहरूले जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा गरी जात्रा सम्पन्न गरिने चलन छ तर जेन जीको आन्दोलनका कारण देशको परिस्थिति अनुकूल नभएकाले श्री कुमारी, श्री भैरव र श्री गणेशको साधारण पूजा गरी बिहीबार योसी (लिङ्गो) ढालेर सम्पन्न गरिने भएको छ ।
ललितपुरको पाटनमा दीपयात्रा अर्थात् मतयाः पर्व सोमबार मनाइएको छ । मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट मतयाः यात्रा सुरु हुने गर्छ । ललितपुरमा चार दिशामा अवस्थित स्तम्भभित्र रहेका मठमन्दिर र चैत्यमा पूजाआजाका साथ पैसा, अन्न आदि चढाउँदै परिक्रमा गरिन्छ ।
नौ दिनअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टिम अर्को अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आफूलाई साबित गर्न तयार बनेको छ । नेपाली महिला यु–२० फुटबल टिमले भुटानमा हुने एएफसी यु–२० महिला एसियन कप छनोट खेल्न बिहीबार भुटान जाँदै छ ।
भूत, प्रेत र पिशाचादिलाई बिदा गर्दै देशभरका नेवार समुदायले बुधबार गठामुगः (घण्टाकर्ण) पर्व मनाएका छन् । घण्टाकर्णसँगै नेवार समुदायमा चाडपर्वको आगमनसमेत भएको मानिन्छ ।
बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोली मङ्गलबार स्वदेश फर्केको छ । नेपाली यु–२० महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य सरिला श्रेष्ठलगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको उचाइ प्रस्टसँग देखिएको छ । महिला र पुरुष दुवै सिनियर÷जुनियर टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले नेपाली क्रिकेट टोलीको वेगलाई झल्काएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीलाई मङ्गलबार बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले नेपाली महिला यु–२० टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभयो ।
अपेक्षा गरेको बेला मिलेको सफलताले भन्दा आशा नगरेको बेला प्राप्त सफलताले खुसी दिन्छ । नेपाली क्रिकेट टोलीले स्कटल्यान्डको भ्रमणबाट क्रिकेट समर्थकलाई यस्तै खुसी दिएको छ ।
मानव जीवन फूल जस्तै रङ्गीन होस् र कुनै विघ्नबाधा नहोस् भने मगर समुदायले आइतबार देशभर भुमेपर्व मनाएका छन् । सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाको टुँडिखेलमा तीन दिनसम्म पर्वको आयोजना भइरहेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले नेपाली महिला टोलीलाई अङ्कले भन्दा गुणस्तरका आधारमा बलियो बनाउने बताउनुभएको छ ।
बिहान पानीको स्रोत सरसफाइ गरी विभिन्न परिकार बनाई नेवार समुदायले आइतबार सिथि नखः पर्व मनाएका छन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिमा यो पर्व मनाउने गरिन्छ ।
राजतन्त्रको अन्त्यसँगै प्राप्त गणतन्त्रपछि नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय परिवर्तन भएका छन् ।
बनेपा, काभ्रेका नेवार समुदायले २५ सय वर्षअगाडिदेखि मनाउने चण्डेश्वरी जात्राले नगर उल्लासमय बनेको छ ।