भनिन्छ वर्षायाममा फेसनेबल हुन गाह्रो हुन्छ । मौसमअनुसार आफूलाई फेसनमा ढाल्नु कठिन काम हो । तर फेसन विशेषज्ञहरूको भनाइ मान्ने हो भने प्रकृतिले मौसम भिन्न बनाएजस्तै हामीले लगाउने पोसाक पनि मौसमअनुसार भिन्न बनाउन सक्यौँ भने फेसनेबल बन्न सकिन्छ ।
काठमाडौँ, जेठ २३ गते । बिहान पानीको स्रोत सरसफाइ गरी विभिन्न परिकार बनाई नेवार समुदायले आइतबार सिथि नखः पर्व मनाएका छन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएका बेला ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन यो पर्व मनाइन्छ । सिथि नखः पर्वका दिन आफ्नो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधाराको सरसफाइ गर्ने चलन रहेको छ । संस्कृतविद् ओम धौभडेलले बिहान सबेरै नुहाई धुवाई गरी विभिन्न परिकार पकाएर कार्तिके देवतालाई चढाएर खानुपर्ने बताउँदै घरको मूल ढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई सिथि द्योः अर्थात् सिथि देवताका रूपमा पूजा गर्ने परम्परा रहेको बताउनुभयो । भगवान् कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतबाट बनेका विशेष प्रकारका पकवान ‘बारा’ खाने प्रचलन छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामरी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी)समेत खाने गरिन्छ ।नेवार समुदायमा ऋतुअनुसार मनाइने चाडपर्वमा विशेष पक्वान्न खाने प्रचलन छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ, धौभडेलले भन्नुभयो, “सिथि नखःको दिन नेवार समुदाय पानीको स्रोत सरसफाइ गर्छन् । वर्षाको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो ।” उहाँले हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको प्रस्ट पार्नुभयो । यसैगरी भाषा तथा संस्कृतिविद् गणेशराम लाछीले सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्त्व राख्ने जानकारी दिँदै भन्नुभयो, “यस चाडसँगै वर्षा सुरु हुने र वर्षामा महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्त्व राख्ने गरेको लाछी बताउनुहुन्छ । पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन भएकाले पनि धार्मिक महìव छ, गणेश देवताका गणनायक र कुमार देवगणका सेनापति हुनुहुन्छ । देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षाका बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास गरिन्छ, लाछीले भन्नुभयो ।नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवस्थामा किसानलाई जात्रा पर्व सबै थाती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रूपले पनि तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्व रहने गरेको लाछीको जानकारी दिनुभयो । धान खेती धेरै मिहिनत र परिश्रमयुक्त खेती हो । वर्षाको झरीमा रुझेर, हिलो माटोसँग पाैंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको उहाँले बताउनुभयो । लिच्छविकालदेखि सुरु भएको जनविश्वास रहेको सिथि नखःका दिन नित्य पूजा गर्नुपर्ने देवीदेवता तथा आफ्ना दिवंगत पूर्वजलाई विभिन्न परिकार चढाउने तथा परिवारका सबै सदस्य एक ठाउँमा बसेर खाने गर्छन् ।संस्कृतिविद् लाछीका अनुसार पानीको मुहान, इनार र कुवाका साथै आफू बस्ने घरटोल वरपर सरसफाइ गरी मनाइने भएका कारण नेवार समुदायले सयौँ वर्षदेखि धार्मिक हिसाबले आफू वरपर सरसफाइ गर्दै आएको छ । उहाँ भन्नुहुन्छ– “विश्व सरसफाइ दिवस मनाउने चलन अहिले मात्र आएको हो, यो परम्परा नेवारी समुदायमा सयौँ वर्षअघिदेखि नै छ ।”सिथि नखःका दिन काठमाडौँको जैसीदेवलमा सिथिद्यः (कुमार देवता) प्रदर्शन गर्ने तथा भक्तजनले समेत चिउरा राखी पूजा गर्ने चलन रहेको छ । त्यसको भोलिपल्ट सिथिद्यःलाई रथमा राखेर काठमाडौँमा सहर परिक्रमा गरी जात्रा मनाइन्छ । बौद्धमार्गीका लागि पनि यो दिनले ठूलो महìव राख्छ । बुद्ध महासत्व भई जन्म लिएको बेला नमोबुद्ध भन्ने स्थानमा बच्चा जन्माई अशक्त भएको बाघलाई बुद्धले आफ्नो शरीरको मासु काटेर बाघलाई खुवाएको र बुद्धले निर्वाण प्राप्त गरेको दिनका रूपमा सिथि नखःलाई लिन्छन् । त्यसैले यो दिन महासत्व राजकुमारको गीत गाउने प्रचलन छ ।
परालबाट विभिन्न आकर्षक सामग्री निर्माण हुन्छ भनेर कमैले सोचेका होलान् तर ललितपुर हरिसिद्धिकी ५५ वर्षीया तीर्थमाया महर्जनलाई भेट्नेले यो सोचाइ बदल्नुपर्छ । महर्जन परालबाट विभिन्न कलात्मक सामान बनाउने गर्नुहुन्छ । यस कार्यमा उहाँलाई भ्याइनभ्याई पनि छ ।
सुन्दरता महिलाका लागि मात्र होइन सबैका लागि हुनुपर्छ भन्ने मान्यताले नेपाली समाजमा जरा गाड्न थालेको छ । के महिला के पुरुष, सबैलाई उत्तिकै आकर्षित देखिनुपरेको छ, भीडमा छुट्टै आकर्षक देखिने चाहना बढ्दो छ ।
स्थानीय चुनावको रौनकले सबैलाई छोएको छ । कलाकारिता क्षेत्रबाट पनि चुनावमा उठेकाहरूको अग्रता र जित हासिल गरिरहेका छन् । पार्टी प्रवेशदेखि चुनाव प्रचारप्रसारमा कलाकार अगाडि नै थिए । सफल चलचित्र चपली हाइटमा नायकका रूपमा अभिनय गर्नुभएको राज घिमिरे (सानुराजा घिमिरे) स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
सौन्दर्य प्रतियोगिता मिस नेवाः विजेता हुन् सलिना महर्जन । चःमति निवासी महर्जनले १६औँ संस्करणको मिस नेवाः नेपाल ११४२ ताजको उपाधि पाउन सफल हुनुभयो । उपाधि जितेसँगै उहाँ नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका सद्भावना दूतमा समेत नियुक्त हुनुभयो । प्राइम कलेजमा इन्फरमेसन म्यानेजमेन्टमा स्नातक अध्ययनरत गर्नुभएकी महर्जन हिपअप र अन्य नृत्यमा पोख्त हुनुहुन्छ । मिस नेवाःकै विषयमा केन्द्रित भएर उहाँसँग गरिएको कुराकानी :
मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ हुन र तौल घटाउन पनि नृत्य लोकप्रिय हुँदै गएको छ । यही नृत्यभित्र लोकप्रिय बन्दै छ ‘जुम्बा’ । अहिलेका युवापुस्तादेखि वृद्धवृद्धा जुम्बा नृत्यप्रति आकर्षित हुँदै गएका छन् । जुम्बा फिटनेसका लागि डान्स मुभमेन्टमार्फत गरिने थेरापी हो । मोटोपन घटाउन होस् वा स्वस्थ रहन जुम्बाको आकर्षण बढ्दो छ ।
नेपाली चलचित्र क्षेत्रको एक सफल कलाकारका रूपमा चिनिनुहुन्छ, अभिनेत्री ऋचा शर्मा । सन् २००७ को मिस नेपाल सौन्दर्य प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल उहाँले ‘फस्ट लभ’ चलचित्रबाट यस क्षेत्रमा पाइला टेक्नुभएको हो ।
कुनै समय निकै चर्चामा रहेको यो गीतको भावझैँ हाल युवा पुस्तामा कालो चस्माको क्रेज निकै बढ्दो छ । अझ गर्मीयाममा त कालो चस्माको प्रयोग व्यापक हुनु स्वाभाविक हो । आसन्न स्थानीय चुनावमा नगरप्रमुखको उम्मेदवार बालेन शाहको चस्मा (सन ग्लास)को चर्चा जताततै भएजस्तै युवा