तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरका रूपमा बुझ्छौँ । यस अवसरमा चेलीहरू माइत जान्छन् । रातो, हरियो, पहेँलो रङको पहिरनमा सजिएर उपवास बसेर नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बह पोख्छन् । हरेक वर्ष भाद्र शुक्लपक्ष तृतीयाका दिन महिलाहरूले हरितालिका तीज धुमधामका साथ मनाउने गर्छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने ज्योतिष डा. सुनिल सिटौलाले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि यो व्रत बस्ने गर्छन् । अविवाहित महिलाहरू भने आफूले चिताएजस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्ने गर्छन् ।”
पाँचवटा दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बिहीबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष बौद्ध धर्मावलम्बी नेवारको ठूलो पर्व पञ्जरा अर्थात् पञ्चदान सांस्कृतिक उत्सवका रूपमा मनाउँछन्। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन मनाइने पर्वका क्रममा भक्तपुर नगरको सूर्यमढीमा पाँचवटा दीपङ्कर बुद्धलाई भेला गराई नगर परिक्रमा गराउने परम्परा रहेको स्थानीय तथा महाकाली नाचका मूल नाइके तुलसीनारायण दण्डख्वाले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि नगरका पाँच छुट्टाछुट्टै स्थानमा राखिएका दीपङ्कर बुद्धलाई सूर्यमढीमा टोलस्थित डबलीमा बोकेर ल्याइने पनि जानकारी दिनुभयो।
भाषा, संस्कृति र परम्परालाई जीवन्त राख्न सधैँ अघि सर्ने व्यक्तित्व हुनुहुन्छ, भाषा तथा संस्कृतिविद् गणेशराम लाछी। उहाँ संस्कृतिका अथक साधक मात्र नभईकन भाषा, साहित्य रक्षार्थ आफूसक्दो कर्म गर्दै आएका परिश्रमी व्यक्ति पनि हुनुहुन्छ। कला, संस्कृति जगेर्ना गर्न सकिएन भने मानिसको अस्तित्व मेटिने उहाँको भनाइ छ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरूको घुइँचो लागेको छ। गत वर्ष कोरोना महामारीका कारण मन्दिरको बाहिरबाटै पूजा गरेका भक्तजनले यसपालि भने मन्दिरमा पूजाअर्चना गर्ने मौका पाए। मन्दिरमा भक्तजनहरूको बिहानैदेखि भीड लागेको थियो। त्यही भीडमा कृष्णको भेषमा सजिएका बालबालिका पनि देखिन्थ्यो।
सापारु (गाईजात्रा)को अन्त्यसँगै मध्यपुर थिमिमा विभिन्न नाच प्रदर्शन गरिन्छ । मध्यपुर थिमीमा लोपोन्मुख ‘लायकू भैलः’ नाच मङ्गलबार मध्यरातमा नचाएसँगै सम्पन्न भएको छ । “भैलः प्याख मध्यपुरको मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन नाच हो, सापारुको भोलिपल्ट भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म चार दिन टोलटोलमा निकालिन्छ,” स्थानीय तुल्सी श्रेष्ठले भन्नुभयो ।
शान्त स्वभावका नरसिंहको जात्रा (उपाकलं सायाः) मङ्गलबार गरिएको छ। पाटनको प्रसिद्ध कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन् भने उपाकलं सायाःका नरसिंह शान्त स्वभावका हुन्। ललितपुर उपाकर्म गूठीद्वारा सञ्चालित नरसिंह जात्रा देव ब्राह्मण समुदायले हरेक वर्षको भाद्र कृष्ण पञ्चमीका दिन चलाउँदै आएका छन्। कार्तिक नाच संरक्षण समिति तथा नरसिंह जात्रा मूल समारोह समितिका सदस्य सञ्जय राजोपाध्यायले गत केही वर्ष कोरोना महामारीका कारण धुमधामसँग जात्रा मनाउन नपाएको गुनासो व्यक्त गर्नुभयो। राजोपाध्याय ब्राह्मणहरूको उपाकर्म गुठीसँग भने यसको नेपाल संवत् ७५१ (वि.सं. १६८८) देखिको लिखित दस्तावेज छ। जात्रामा नरसिंहको मुकुण्डो लगाई ललितपुरको गाईजात्रा रुटमा परिक्रमा गराइने उहाँले बताउनुभयो।
नेपालीको महान् चाडमध्येको एक जनैपूर्णिमाको सुरुवातसँगै चाडबाडको लहर सुरु हुने विश्वास गरिन्छ। खेतीपाती सकेर बाली भित्र्याउन बसेको अवस्था अनि रोगव्याधी लाग्ने मौसमको प्रतिकूलता पनि सकिएपछि मनाइने चाड हो, जनैपूर्णिमा। यस दिन घरघरमा क्वाँटी खाई अन्य जस्तै नेवार समूहले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउने गरेका छन्। गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी खाने चलन छ। पछिल्लो समय सबै समुदायमा यसको लोकप्रियता बढेको छ।
साउन महिनालाई भोग–विलासबाट मुक्त भएर आध्यात्मिक चिन्तन गर्ने महिनाका रूपमा लिइन्छ। साउन महिनाको चौथो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीडबीच बोलबमको आकर्षण पनि थपिएको छ। शिवभक्तहरू गेरु वस्त्रमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन्। जसलाई बोलबम यात्रा भनिन्छ। बोलबम यात्राका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ।
बौद्धमार्गीहरूले यल (पाटन) पञ्चदान वा पञ्जरो शुक्रबार धुमधामसँग मनाएका छन्। श्रावण शुक्ल अष्टमीका दिन भिक्षादान दिएर यो पर्व मनाएका छन्। नेपाल संवत् ७९९ देखि सुरु भएको यस पर्व बौद्धमा
हरियो चुरा र मेहदी लगाउने संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ। खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहदी लगाउँछन्। पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहदी र चुरा हिजोआज सबैजसो महिला र युवतीका लागि फेसनजस्तो भएको छ। हरियो चुरा र मेहदीको बढ्दो फेसनले हिजोआज विशेष गरी कम उमेर समूहका महिलालाई पनि ह्वात्तै समेटेको छ। हरेक प्रकारको फेसनमा लगाउन मिल्ने भएकाले पनि कम उमेरका महिलाहरू साउन महिनाको संस्कृति हरियो चुरा र मेहदीमा आकर्षित भएका हुन्।
नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ ‘गठामुंगः’ (घण्टाकर्ण) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाउँदै छन्। घण्टाकर्ण पर्व यस समुदायको मौलिक पर्वमध्ये एक हो। साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन यो चाड मनाइन्छ। भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ। यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ।
साउनको पहिलो सोमबार रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको बिहानैदेखि हरेक शिवालयमा घुइँचो लागेको थियो । पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवको महिनाका रूपमा लिइने तथा पार्वतीले महिनाभर निराहर रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्त्वका रूपमा लिने गर्छन् ।
असारया सिनाज्या, फुल फुलो ससिवा सिरीसिरी फँसडाया, मन चङ्गा ... (असारको सिमसिमे पानीमा धान रोप्दै गर्दा बहने चिसो हावाले मनै चङ्गा गराउँछ) ।उपत्यकाका नेवार बस्तीमा असारे भाका गाउँदै रोपाइँको रौनक सुरु भइसकेको छ । अघिल्लो वर्षको तुलनामा यस पटक पानी चाँडो परेकाले चाँडै रोपाइँको रौनक सुरु भएको हो । असारे भाका गाउँदै रोपाइँ गर्नुको मज्जा नै छुट्टै हुन्छ, ललितपुर हरिसिद्धिकी हरिमाया म
हरेक वर्ष भलभल अष्टमीका दिन नवदुर्गा गणको देहावसान हुने विश्वाससहित भक्तपुरका जीवित देवता नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिन्छ । सोही परम्पराअनुरूप मङ्गलबार राति नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिँदैछ । देवगणका सदस्य नारायणमान वनमालाले नवदुर्गा गणको मुकुन्डो ब्रह्मायणी पीठ परिसरमा विधिवत् रूपमा जलाइने जानकारी दिनुभयो । उहाँका अनुसार गणको मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टि मानिन्छ । अन्त्येष्टि क्रममा भल
मगर समुदायको प्रमुख चाड भूमे (भुम्या) पर्व बुधबार मगर समुदायले धुमधामसँग मनाएका छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वका