पहिरनले मानिसको व्यक्तित्व झल्काउँछ । त्यसैले मानिस आफ्नो रोजाइअनुसारको पहिरन लगाउने गर्छन् । स्वाभाविक रूपमा उमेर समूहअनुसार मानिसले पहिरन छनोट गर्छन् । अहिलेको युवा पुस्ताको छनोट हेर्ने हो भने अधिकांश जिन्स पहिरनतर्फ आकर्षित भइरहेका देखिन्छन् । उनीहरूको प्राथमिकता अन्यभन्दा जिन्समा बढिरहेको छ । जिन्स सजिलो, स्टाइलिस र ग्ल्यामर्स भएरै हुनुपर्छ, युवा पुस्ता त्यसतर्फ आकर्षित भएको । सदावहार पहिरनको पहिचान भएको जिन्सका ज्याकेट, पाइन्ट, आउटर अहिले उत्तिकै लोकप्रिय मानिन्छन् ।
परम्परागत पेसालाई आधुनिकीकरण गर्दा आम्दानी बढेपछि परालको कलात्मक सामान बनाउन आकर्षण बढेको छ । परालबाट बनाइने सुकुलका लागि चर्चित ललितपुर सानागाउँका किसानले सुकुलमा बुट्टा भर्ने मात्र होइन, परालकै सोफा, ब्याग, मन्दिरलगायत कलात्मक सामग्री बनाएर आम्दानी बढाउन थालेका छन् । “सुकुल मात्र बुनेर भएन,” सानागाउँकी २५ वर्षीया तारा महर्जन भन्नुहुन्छ, “अहिले परालबाट आधुनिक सामग्री निर्माण गर्दैछौँ ।”
इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान शुक्रबारदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम समुदायका मानिस दिनमा निराहार व्रत बस्ने गर्छन्। रोजा बस्ने मुस्लिम समुदायले उर्दु क्यालेन्डरअनुसार शुक्रबार बिहान ४ बजेर १० मिनेटदेखि बेलुका छ बजेर २० मिनेटसम्म निराहार (रोजा) बस्नुपर्छ। समाजसेवी आस्मा बानुका अनुसार शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता रहेको बताउनुभयो। दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै रोजाको समयतालिका पनि परिवर्तन हुने उहाँले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यका जात्रा र पर्वले धनी मानिन्छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकावासीले पाहाँचह्रे मनाउने गर्छन् । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । कसैले यसलाई पासाचह्रे पनि भन्ने गर्छन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको क्यालेन्डरअनुसार चौधौँ दिनलाई भनिन्छ ।
समाजमा साना बालबालिकाले गरेका सानो राम्रो कामले पनि सकारात्मक सन्देश दिन सकिन्छ । यस्तै कुरा हाम्री सानी नानी रुहाना रुपाखेतीले गरेकोे कामबाट पनि सिक्न सक्छौँ । उनले यस्तै सिर्जनात्मक काम गरेर देखाएकी छिन् । उनले पढेर खेर जाने पत्रपत्रिकाबाट नयाँ नयाँ डिजाइनको ड्रेस बनाएकी छन् । उनले कुनै पनि सामान पुनः प्रयोग गर्न सकिन्छ भन्ने सन्देश प्रवाह नै उनको लक्ष्य हो । उनले पत्रपत्रिकाको प्रयोग गरेर विभिन्न खालका सामान बनाएकी छन् । उनले यस्तै खेर जाने सामानबाट विभिन्न सामान बनाएर प्रदर्शनमा पनि राखेकी थिइन् । यस्तै उद्देश्य राखेर गरिएको सामग्री बनाउने प्रदर्शनीमा रुहानाले दोस्रो स्थान पनि प्राप्त गरिन् । उनको चाहना छ, यस्ता खेर जाने सामग्रीबाट उपयोगी सामग्री बनाउन
वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने फागुपूर्णिमामा रङसँग खेलेर मनाइने पर्व हो होली (फागु)। यस पर्वमा नेवार समुदायमा नेपाल भाषाको गीत गुन्जयमान हुन्छ। होली गीतमा युवकयुवती खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिइन्छ। फागुपूर्णिमामा रङसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो।
होली (फागुपूर्णिमा) नजिकिएसँगै असनको रामचन्द्र खड्गीलाई रङ तथा होलीको लुगा बेच्न भ्याइनभ्याई छ । फागु खेल्न सेतो टी–सर्ट वा होली लेखिएको लुगा अनिवार्यजस्तै भएपछि सबैको मन लोभिएको हो । उहाँले ‘ह्याप्पी होली’, होलीका रङ, मिलेर खेलौँ होली लेखिएका टी–सर्ट बिक्री गर्दै आउनुभएको छ । बच्चा तथा युवा पुस्ताले यस्ता लुगा बढी खरिद गर्ने अनुभव उहाँले व्यक्त गर्नुभयो । खड्गीले होलीको एक दिन अगाडि भने धेरै लुगा बिक्री हुने बताउनुभयो ।
सुन्दर नङले मानिसको सौन्दर्य वृद्धिका लागि ठूलो भूमिका खेलेको हुन्छ । हिजोआज नङकै सौन्दर्यलाई ध्यानमा राखेर विभिन्न उपाय अपनाउन थालिएको छ । त्यसकै उपज हो– नेल आर्ट । नेल आर्ट अर्थात् हातगोडाका नङ सजाउने कलाले नारीको सौन्दर्यलाई आकर्षक बनाउँछ । पछिल्ला वर्षमा नेल आर्ट गर्ने चलन नेपालमा निकै लोकप्रिय भइरहेको छ ।
शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मङ्गलबार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । प्रत्येक वर्ष शेर्पा समुदायले फाल्गुण शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने गर्छन् । यो वर्ष क्ष्यु मो ह्ये लो (खरायो वर्ष) २१५० मनाइएको हो ।
नेवारी संस्कृतिको मात्रै नभएर नेपाली सङ्गीतकै एक महत्त्वपूर्ण र मौलिक विधा हो, दाफा सङ्गीत । दाफा सङ्गीतमा शास्त्रीय सङ्गीतको उच्चतम सम्मिश्रण पाउन सकिन्छ ।
कलाकारहरू आफूलाई व्यस्त मात्र होइन चुस्तदुरुस्त बनाउँदै फेसनेबल देखिन सधैँ आतुर हुन्छन् । नेपाली कलाकरमा पनि शारीरिक र मानसिक
पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाट छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यस दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ ।
अमेरिकाबाट विवाहका लागि नेपाल आउनुभएका सुजन राजभण्डारीले विवाहको शुभसाइत (स्वयम्बर)कालागि लुगा सिलाउन नै भ्याउनुभएन। “साथीको सल्लाहबमोजिम दुलाहीको कपडा भाडामा दिने थाहा भएपछि त्यही लिएर लगाएँ” उहाँले भन्नुभयो, “विवाह वा कुनै विशेष समारोहमा लगाइने औपचारिक पहिरन एक पटक लगाएपछि दोहो-याएर लगाउने चलन छैन, त्यसैले पनि भाडामा लिने ठिकै लाग्यो।”
विवाहको मौसम सबैलाई सुन्दर त देखिनु नै प-यो। आफूलाई राम्रो र फरक देखाउन विभिन्न उपाय अपनाउने क्रममा अनुहारमा फेसियल गर्ने प्रचलन निकै लोकप्रिय बनेको छ। सामान्य भाषामा भन्नुपर्दा छालाको मृत कोषिकाहरू हटाएर अनुहारलाई चम्किलो र तरोताजा राख्न फेसियल गरिन्छ। धुलो, धुवाँका कारण छाला रुखो, सुक्खा भएर प्राकृतिक चमक हराएर अनुहारमा दाग–धब्बा, ब्ल्याक हेड, चाउरीपन, डार्क सर्कल देखिन्छ। यस्तोमा फेसियलले सफा गर्ने र छालालाई निखार्ने काम गर्छ।
तन्वी– निकै जिज्ञासु स्वभावको छिन् । हरेक कुरामा उनी आफूलाई आत्मविश्वासका साथ प्रस्तुत गर्छिन् । हालै सम्पन्न मिस एल.आर.आई आइडर २०२२ को प्रतिस्पर्धामा पनि उनले आफ्नो यस्तै क्षमता प्रस्तुत गरिन् । जसले उनलाई उपाधि विजेता बनायो । उपाधिसँगै उनले ‘मस्ट ट्यालेन्ड’ उपाधि पनि हात पारिन् । कलङ्कीस्थित एल.आर.आई स्कुलमा कक्षा ६ मा अध्ययनरत तन्वी फुलारा विद्यालयको प्रतिभाशाली विद्यार्थी हुन्