भक्तपुरको मुना सुवाललाई नेवारी परम्परागत पहिरन हाकुपटासीलाई आधुनिकीकरण गरी विभिन्न डिजाइनको लुगा लगाउन मनपर्छ। उहाँ साधारण हाकुपटासीभन्दा यसबाट बनेको वान पिस वा लेहेङ्गा लगाउन मन पराउनुहुन्छ। उहाँले हाकुपटासीलाई नयाँ डिजाइनका लुगा लगाउँदा आफू फेसेनेबल देखिनुका साथै आफ्नो मौलिक पहिरनको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँ धेरै जसो नेवारी चाडपर्वका बेला हाकुपटासी लगाउने बताउनुहुन्छ तर हाकुपटासीको महत्वका बारे भने अनभिज्ञ हुनुहुन्छ। उहाँले यसको महत्वभन्दा पनि पहिरन र संस्कृतिको संरक्षणका लागि यो पहिरनलाई रोजेको बताउनुभयो।
नेपाली समाजमा हिजोआज विवाहको मौसममा दुलहीले मेहदी लगाउने प्रचलन अनिवार्यजस्तै बनिसकेको छ। आयातित संस्कृतिको सिको गर्दै मेहदी कार्यक्रमले नेपाली समाजमा जरो गाडिसकेको छ। सुन्दर फूलबुट्टासहित हातमा मेहदी लगाउन दुलहीहरू पनि उत्साहित भएका पाइन्छ। हरियो वा पहेँलो लुगामा सजिएर हरेक दुलहीका घरमा मेहदी कार्यक्रम भइरहेको हुन्छ।
माघ महिना विवाहको सिजनमा सुन्दर र व्यक्तित्वमा निखार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने मेकअप (शृङ्गार) अनिवार्य हुनुपर्छ। ब्युटिपार्लर जान सबै समर्थ हुँदैनन्। हामीले घरमै बसेर पनि पार्लरको जस्तै मेकअप गर्न सकिन्छ। मेकअप अनुहार, हाइट, शारीरिक बनावटका आधारमा गरिन्छ। घरमै मेकअप गर्नका लागि शृङ्गारका सामान जुटाउनुपर्छ, जुन बजारमा सजिलै उपलब्ध हुन्छ। मेकअपका लागि चाहिने साम्रगीमा क्लिनजर, सनब्लक, मोइस्राइजर, कन्सिलर, फाउन्डेसन, पाउडर, ब्रलसर, प्यान स्टिक, स्पन्ज र पफ, आँखाका लागि आइलाइनर, गाजल, मस्कारा, आइस्याडो, ग्रिटर, फल्स ल्यासेस (परेला), आइल्यास ब्रस, ओठका लागि लिप लाइनर, लिपिस्टिक, लिप ब्रस, लिप ग्रल्स, टीका, नेल पोलिस, मेहेन्दी आदि–इत्यादि चाहिन्छ।
माघेसङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको चाकुले यति बेला सबैलाई लोभ्याउने गरेको छ ।
मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने... गोपाल योञ्जनको यो गीतले भनेझैँ टोपी पहिरिएपछि छाती चौडा भएको अनुभूति हुन्छ। टोपी सौन्दर्यको साधन मात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महसुस हुने गरेको छ।
महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो लगाएर सजिएका थिए भने पुरुष टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचमा व्यस्त थिए। गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ चाड शुक्रबार धुमधामसँग मनाएका छन्।
नायिका प्रियङ्का कार्कीले क्रिसमस आउने हप्ता दिनअघि नै छोरी आयङ्का कार्की जोशीमार्फत क्रिसमसको शुभकामना दिइसक्नुभयो । टिकटकमा क्रिसमसको गीतमा छोरी आयङ्कालाई सान्टाको लुगा (रातो र सेतो मिश्रण) लगाएको भिडियो अपलोड गरी शुभकामना दिनुभएको हो । नायिका कार्की भन्नुहुन्छ, “यो चाड मलाई खास लाग्छ । म सबै चाड आदर गरेर मनाउँछु । क्रिसमसमा हाम्रो पूरै परिवार रातो र सेतो लुगा लगाएर नाच्ने, गाउने र रमाइलो गर्ने गर्छौं ।”
घरको भित्तामा भनेजस्तो रङ लगाउन महँगो पर्ने भएपछि गोठाटारकी सनाया कार्कीले वातावरणमैत्री अनि आकर्षक साजसज्जाका लागि वालपेपर हाल्ने सोच बनाउनुभयो। “नयाँ घरमा आफूलाई मन परेको रङ लगाउँदा धेरै महँगो पर्ने भयो,” उहाँले भन्नुभयो, “एउटा कोठा रङ्गाउँदा ३० देखि ४० हजार रुपियाँ पर्ने भयो। अनि मैले सस्तो भएकाले भित्ता आकर्षक बनाउन वालपेपर नै लगाएँ।” रङको जस्तो गन्ध नहुने, वातावरणमैत्री र १० वर्ष टिक्छ भनेपछि आकर्षक डिजाइनको वालपेपर लगाएको उहाँले बताउनुभयो।
जाडो मौसममा छाला, अनुहार र स्वास्थ्यसँग कपालको हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ । मानिसको सुन्दरतामा कपालको महत्वपूर्ण भूमिका हुन्छ । कपाल नभएका कारण कति मान्छेमा आत्मबल हुँदैन भने कतिले लाज बेहोर्नुपरेको छ । त्यसैले कपालको हेरचाहमा पनि सबैले ध्यान दिनुपर्ने विशेषज्ञको सुझाव छ । चिसो मौसममा सुक्खापन आउने, चाया पर्ने, कपाल टुक्रने प्रायः धेरैले झेल्दै आएको प्रमुख समस्या हो ।
‘खेलकुद’ सबैलाई मन त पर्छ नै । हुनत खेल के खेल्ने र के मन पर्छ त्यो फरक–फरक हुुनसक्छ । खेल कसैले रमाइलो र समय बिताउन खेल्छन् भने कसैले त्यसैलाई ‘व्यवसाय’ नै बनाउने गर्दछन् । यस्तै खेलकी सौखिन र भविष्यमा एक सफल साहसिक खेल स्केटिङ खेलाडी बन्छु भनेर लागेकी छन, नयना शाक्य । विभिन्न खेलमध्येको नयनाको रोजाइ छ, स्केटिङ । उहाँ यही खेलमा नै आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ।
बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजा कोठाभित्र अभ्यास गर्दै आएका चर्या नृत्य स–साना बालबालिकादेखि युवापुस्तामाझ लोकप्रिय भएको छ । युगौँदेखि अभ्यासमा रहेको यो नृत्य यसरी बाहिर प्रस्तुत हुन थालेको धेरैपछि हो । काठमाडौँभित्रका नेवार समुदायको पनि बौद्ध धर्म मान्ने समुदायमा प्रख्यात चर्यालाई विश्वव्यापी रूपमा प्रचार गर्नुपर्छ । हाम्रो संस्कार संस्कृतिलाई हामीभित्र मात्र राख्न हुँदैन भन्ने उद्देश्यका साथ अहिले बालबालिकादेखि युवापुस्ताले सिक्दै गरेका छन् । चर्या नृत्य गुरु तथा प्रशिक्षक सञ्जय राजोपाध्याय भन्नुहुन्छ, “नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै चर्या हो । यसका गीत संस्कृत भाषामै गाइन्छन् । मुख्यतया मुद्राका आधारमा यो नृत्य गरिन्छ ।”
नेपालमा पश्चिमेली ‘भ्यालेन्टाइन डे’को चर्चा धेरै हुँदै गर्दा नेवारी समुदायमा पनि यस्तै एउटा दिन छ भन्दा कतिलाई अनौठो लाग्न सक्छ । मतिना पारु नेपालमा बसोबास गर्ने नेवार समुदायको एक लोकप्रिय दिन हो । यो दिन यःमरी पुन्हिको भोलिपल्ट अर्थात् शुक्रबार मतिना पारु परेको छ । मतिना भनेको माया र पारु भन्नाले प्रतिपदा भन्ने बुझिन्छ ।
महिलाहरू हाकु पटासी, सेतो पटुका, खुट्टामा कल्ली, मुगाको माला, कानमा माकासी (झुम्का), शिर न्यापु सिखमा सजिएर बाँसुरी र धिमे बजाउँदा माहोल नै रमणीय भएको थियो । पुरुष भने ज्यापु पोसाक (नेवार समुदायको मौलिक पहिरन)मा सजिँदै धिमेको तालमा सबैलाई नचाइरहेका थिए ।
नेवार समुदायले यःमरी पूर्णिमा धुमधामसँग मनाउने भएका छन् । यो पर्वमा बिहानदेखि नै पूजा गरी ताइचिन चामलको यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाउने गरिन्छ । यःमरी पर्वलाई भाइचारा बढाउने र अर्कासँग रोटी साटासाट गर्ने पर्वका रूपमा पनि हेरिँदै आएको छ । नेपाल भाषामा यःमरीको अर्थ ‘यः’ भनेको मनपर्दो र ‘मरी’ भनेको रोटी भन्ने बुझिन्छ । तसर्थ यसलाई मनपर्दो रोटी भनेर बुझ्ने गरिन्छ ।
विवाहको लगनगाँठो जोड्ने महिना हो मङ्सिर । यो महिनामा विवाहमा व्यस्त हुनेहरू बाजाको तालमा ननाच्ने कमै होलान् । विवाहको महिनामा बाजा त हुनैप-यो । ‘झ्याइँ.. झ्याइँं’को तालमा ताल दिँदै सहनाईको सुरिलो लय त्यसपछि ढोलकी, ट्याम्कोे, दमाहा, नरसिङ्गालगायतका बाजा बजाउँदै गरेका समूह देख्दा माहोल नै रमणीय हुन्छ ।