‘रङ्गमञ्चमा अझै गुणस्तरको कमी छ’
नेपाली रङ्गमञ्चमा व्यस्त रङ्गकर्मीका रूपमा चिनिनुहुन्छ रङ्गकर्मी भोलाराज सापकोटा । उहाँले केही वर्षअघि बलिउड कलाकार रणवीर कपुर र प्रियङ्का चोपडा अभिनित चलचित्र ‘बर्फी’ मा पनि अभिनय गर्नुभएको थियो । सापकोटाले अग्निको कथा
हरर शैलीको ‘अपीच्य’
हरर शैलीको चलचित्र ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक प्रदीप खड्गीद्वारा निर्देशित चलचित्र पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा सनिष शाक्य, सलोना वज्राचार्य, सुरज ब्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त, राजेन्द्रकुमार, लक्ष्मी
'म हराएँ मनमनैमा' सार्वजनिक
काठमाडौं, जेठ १३ गते । गायक रामकृष्ण ढकालको स्वर रहेको गीत 'म हराएँ मनमनैमा' सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द र हरी लम्सालको संगीत छ । गीतमा गरिमा र दीपेशको अभिनय देख्न सकिन्छ । सुरज श्रेष्ठको एरेन्ज रहेको गीतमा सुब्रत आचार्यले भिडियोको निर्देशन गर्नुभएको हो । भिडियोमा साइब्रत आचार्यको स्टोरी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
अमेरिकामा सङ्घर्षरत युवाको कथा ‘लाइफ इन एलए’
सुकृत नेपाल काठमाडौं, जेठ १३ गते। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैलीको चित्रण हो चलचित्र ‘लाइफ इन एलए’। अमेरिकी सहर लस–एन्जल्समा अधिकांश दृश्य छायांकन गरिएको चलचित्रको कथा व्यास बिसुको वरिपरी घुमेको छ। चलचित्रले अमेरिकामा बस्ने ९९ प्रतिशत नेपालीको वास्तविक कथालाई उजागर गरेको छ। चलचित्रले अमेरिकामा बस्दै आएका नेपाली कस्तो संघर्ष गरेर बसिरहेका छन् भन्ने कुरालाई देखाउन खोजेको छ। व्यास एक जना नेपाली केटो जो सपनाको संसार खोज्न अमेरिकामा छन्। उनी इलेक्ट्रिकल इन्जिनियर हुन्। जब उनको भेट अनुशासँग हुन्छ उनले आफनो एक्लोपनाबाट कसैको साथ पाएको महसुस गर्छन्। उनी अनुशालाई भित्रभित्रै मन पराइरहेका हुन्छन् तर अनुशालाई यो कुराको अवगत भने हुन दिदैनन्। व्यास इन्जिनियर भए पनि वर्षको एकपटक जुलाई ४ तारिखको दिन अमेरिकामा नेपाली समुदायलाई भेला गराएर एनएससीको आयोजना गर्ने गर्छन्। तर अचानक उनको जीवनले फरक मोड लिन्छ र उनको जीवनशैली उकालो उक्लिने भन्दा ओरालोतिर धकेलिन्छ। व्यासले एनएससीमा आफ्नो सबै पैसा गुमाउँछन्। उनको ग्रीनकार्डको अवधि पनि सकिन्छ र यता प्रेमी अनुशासँग पनि केही सामान्य बहस। भनाभनका कारण उनीहरु छुटिन्छन्। यही हो चलचित्र ‘लाइफ इन एलए’ भित्रको कथा। व्यास पूर्ण रुपले असफल हुँदाहुँदै पनि उसले आफनो मनोबल भने उच्च नै राखेको हुन्छ। उसलाई थाहा छ कि उ फेरि संघर्ष गरेर सबै गुमेको कुरा पाउन सक्छ। यी र यस्तै घटनाक्रमबीच चलचित्रको कथा रुमलिएको छ। मेहिनत र उच्च मनोबलले व्यासले आफूले गुमाएको सबैकुरा फेरि पाउँछन्। ती सबैकुरा उनले कसरी हासिल गरे भन्ने प्रसंग निर्देशकले चलचित्रको कथामा देखाउन खोजेका छन्। ग्रीनकार्डको म्याद सकिएपछि वा कम्पनीले एचओभी नदिएपछि एउटा युवाको अवस्था कस्तो हुन्छ भन्ने कुराले दर्शकलाई भावुक बनाउनसक्छ। ग्रीनकार्ड हासिल गर्न के कस्ता प्रकृया पूरा गर्नुपर्छ भन्ने कुरा चलचित्रले उजागर गरेको छ। अमेरिका गएपछि कति नेपाली वर्षौं नेपाल आउन पाउँदैनन्। उनीहरु किन नेपाल आउन सक्दैनन् त ? चलचित्रमा यस्ता विविध पाटोलाई पनि उठान गर्न खोजिएको छ। अमेरिकासहित नेपालको पर्यटकीय नगरी पोखरामा पनि छायांकन गरिएको चलचित्रले अमेरिकासंगै नेपालमा पनि युवाहरुले चाहे भने धेरै कुरा गर्न सक्छन् भन्ने कुरालाई प्रष्ट्याउन खोजेको छ। चलचित्रमा त्रिकोणात्मक प्रेम कथा देखाइएकोछ। एकतर्फ व्यास र अनुशाको प्रेम छ भने अर्कोतर्फ शिल्पाको व्यासप्रति एकोहोरो प्रेम। शिल्पा व्यासको प्रेम पाउन कति सफल हुन्छिन् भन्ने चलचित्रले देखाउँछ। चलचित्रको प्रमुख भूमिकामा देखिएका व्यास बिसु यसका निर्माता पनि हुन्। अभिनयको हिसाबले पहिलो चलचित्र भएको हुनाले पनि ब्यासको अभिनय नराम्रो भन्न मिल्दैन। उनको अभिनय औसत छ। नायिकामा अकेशा बिष्ट र शिल्पा मास्केको अभिनयलाई मध्यम भन्नुपर्छ। अन्य कलाकार गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवालले पनि आफ्नो ठाउँबाट राम्रै अभिनय कोशलता देखाएका छन्। पहिलो डेब्यु निर्देशन गरेका चलचित्रका निर्देशक सूर्य एन श्रेष्ठको निर्दैशकीय पक्षमा केही सानोतिनो कमजोरी त होलान तर उनले अमेरिकाको मनोरम दृश्यलाई सिनेम्याटोग्राफर मार्फत सफा र सुन्दर तरिकाले प्रस्तुत गरेका छन्।
'कबड्डी ४' आजबाट प्रदर्शनमा
काठमाडौं, जेठ १३ गते । मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको फिल्म 'कबड्डी ४' आजबाट प्रदर्शनमा आएको छ । फिल्म आजबाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर मुख्य भूमिकामा छन्। सँगै, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आलेलगायतका कलाकारको अभिनय छ । फिल्मलाई सैलेन्द्र डि कार्कीले खिच्नुभएको हो । फिल्मको सम्पादन भने निमेश श्रेष्ठको रहेको छ । त्यस्तै, फिल्मको पार्श्व ध्वनी रोहित शाक्य र सैलेश श्रेष्ठले गर्नुभएको हो ।यसैबीच, यो फिल्मको बिहिबार बेलुकी काठमाडौंको बीग मुभिजमा भव्य प्रिमियर गरिएको छ । भव्य प्रिमियरमा फिल्म क्षेत्रका चर्चित कलाकार, निर्माता, निर्देशक, प्राविधिक, पत्रकार, व्यापरिक क्षेत्रका मानिसहरुकाे उपस्थिति थियाे ।यसपटक रामबाबुले 'कबड्डी ४'लाई फाइनल म्याच भनेका कारण पनि आम मानिसको चासो फिल्मप्रति छ । निर्देशकले पनि फिल्मलाई विरकाजीको बिहेकै प्रसंग वरिपरी घुमाएका छन् ।
वालेन र सुनिताको काठमाडौं महानगर यात्रा
काठमाडौं महानगरपालिकाको प्रमुख बन्नुभएका ३२ वर्षीय वालेनको चर्चाले प्रमुख राजनीतिक दललाई चिन्ता बढेको छ । वालेन अहिले युगौंदेखि चर्चा कमाएका राजनीतिक दलहरूका लागि चुनौती बन्नुभएको छ ।
फेसनेबल आउटरको लोकप्रियता
विगत केही वर्षयता लोकप्रिय बनेको फेसनेबल आउटर यस वर्ष पनि फेसनमा निकै अगाडि देखिएको छ । बच्चादेखि पाका उमेरसम्मका सबैलाई सुहाउने भएकाले पछिल्लो समय आउटर निकै प्रचलित बन्दै गएको छ ।
अनुप बरालको 'दोख' असार २४ मा
काठमाडौं, जेठ ११ गते । अनुप बरालको निर्देशनमा बनेको फिल्म 'दोख' को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टोलीले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै असार २४ गतेबाट प्रदर्शनमा आउने जानकारी गराउनुभएको हो । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा राजन कटैतले लेख्नुभएको हो । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा हुनुहुन्छ ।शैलेन्द्र डी कार्कीको छायांकन गर्नुभएको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो ।फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई हुनुहुन्छ ।
छाउगोठमा शरीर जल्यो, स्वर जलेको छैन
गायिका धना परियारको जीवनसँग ठ्याक्कै मेल खाने यो गीत उहाँकै मार्मिक आवाजमा गुन्जिएको छ। गीतमार्फत् उहाँले आफूले भोग्नुभएका पीडा पोख्नुभएको छ।