चुनावी माहोलसँगै आर्थिक चहलपहल बढ्यो
। देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थालेको छ ।
स्याङ्जा–१ मा पूर्व बैंकरदेखि पत्रकारसम्मको चुनावी प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ मा पूर्व बैंकर, भूवैज्ञानिक, हिमनदी विज्ञ र पत्रकारबिच प्रतिस्पर्धा हुने भएको छ।
चुनौती थप्दै गुप्ता र यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको अगुवाइ गरेका बब्लु गुप्ता र शिवशङ्कर यादवले सिराहा निर्वाचन क्षेत्र नम्बर १ र २ मा पुराना दलका उम्मेदवारलाई चुनौती थप्नुभएको छ ।
अपाङ्गता भएका व्यक्ति चुनावी मैदानमा
अपाङ्गता भएका व्यक्तिहरू देश बनाउने र जनताको सेवा गर्ने हुटहुटीले चुनावी मैदानमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा गरी करिब ८
सिन्धुलीमा बढ्दै निर्बाचन सरगर्मी
सिन्धुलीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्बाचनको सरगर्मी बढ्दै गएको छ ।
सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान
कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन्।
देशलाई सही दिशा देखाउने नेतृत्व कांग्रेसले दिन्छ : कांग्रेस सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
ओखलढुङ्गाका उम्मेदवार लुइटेल मत माग्दै पोखरामा
राजनीतिक दल र उम्मेदवारलाई अहिले चुनावी चटारो छ। सम्पर्क कार्यालय स्थापना, मतदाता भेटघाटसहित घरदैलोमा उनीहरु व्यस्त छन्। यसै क्रममा पूर्वीको कोशी प्रदेशको ओखलढुङ्गाबाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएका कुमार लुइटेल शुक्रबार पोखरा आइपुग्नुभयो।
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताउनुभएको छ।
नयाँ र पुराना पुस्ताबिच जोड्ने प्रयत्न हुनुपर्दछ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले समाजमा नयाँ र पुराना पुस्ताबिच जोड्ने प्रयत्न हुनुपर्ने बताउनुभएको छ।
चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवारः दलभन्दा स्वतन्त्र उम्मेदवार बढी
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेशी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् ।
म्याग्दीमा १२ वर्षपछि नेकपा एक्लै मैदानमा, मतदातामा उत्साह
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दी १२ वर्षपछि एक्लै चुनावी मैदानमा उत्रिएको छ।
निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा
गृह मन्त्रालयले वडा तहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ।
काभ्रेपलाञ्चोक–१ मा त्रिपक्षीय प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लामा रहेका राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन्। विगतका निर्वाचनमा भन्दा यस पटक जिल्लामा निर्वाचन रोचक र प्रतिस्पर्धात्मक देखिने भएको छ।
निर्वाचन नजिकिँदै जाँदा गाउँगाउँमा उम्मेदवार, चहलपहल बढ्दो
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरू गाउँगाउँमा पुग्न थालेपछि चहलपहल सुरु भएको हो । प्रायः दशैंतिहारमा मात्रै चहलपहल हुन्थ्यो । तर यो पटक भने पुसको चिसो मौसममा नै गाउँ तातेको हो ।
झापा क्षेत्र नं. ३ मा रोचक चुनावी दौड
झापाको क्षेत्र नं. ३ यस पटकको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ । अघिल्ला दुई निर्वाचनमा निर्णायक बनेको दलगत तालमेल यो पटक भत्किएको छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग सक्रिय
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लागु गरेको आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयनका लागि पहल सुरु भएको छ ।
अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ ।
सिरहामा अगुवा उम्मेदवारतर्फ मतदाताको झुकाव
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्लामा ‘जेनजी’ आन्दोलनको प्रभाव बढ्दै गएको देखिएको छ । सो आन्दोलनको प्रभावका कारण सिरहाका चारवटै निर्वाचन क्षेत्रमा जेनजी आन्दोलनका अगुवा उम्मेदवारहरूप्रति मतदाताको झुकाव देखिन थालेको छ ।
लमजुङमा मतदानस्थलको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा मतदानस्थल र सुरक्षाका लागि अनुगमन कार्य तीव्र बनाइएको छ । सुरक्षा समिति लमजुङले जिल्लाका मतदान स्थलहरुको अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको हो ।
आश्वासनको हिसाब खोज्दै सुस्ताका मतदाता
सुस्ता भन्नेबित्तिकै सार्वभौमसत्ता र स्वाभिमान रक्षा लडिरहेको सीमावर्ती एउटा सानो गाउँ भन्ने बुझिन्छ । नारायणी नदीपारि भारतको विहारसँग जोडिएको सुस्ता भूमि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ को एउटा गाउँ हो ।
हिमपातमा पनि उम्मेदवार प्रचारप्रसारमा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाका राजनीति दल र तिनका उम्मेदवार हिमपातमै पनि निर्वाचन प्रचारप्रसार अभियानमा लागेका छन् । हिमपात भइरहेका कारण बुधबार रोकिएको निर्वाचनको प्रचारप्रसार कार्यक्रम बिहीबार हिमपात जारी रहे पनि थालिएको छ । सिमकोट गाउँपालिका–५, खाद्यकगाउँको चौपाडीबाट आफ्नो चुनावी प्रचारप्रसार अभियान सुरु गरेको नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयो
कैलाली–२ : सफाइ अभियन्तादेखि केबुलकार अभियन्तासम्म
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली–२ मा १६ वटा राजनीतिक दलबाट उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस पटक मुख्य प्रतिस्पर्धी दलका सबै उम्मेदवार यस क्षेत्रका लागि नयाँ हुन् ।
अल्पसङ्ख्यक समुदाय चुनावी प्रतिस्पर्धामा
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सात व्यक्ति प्रत्यक्षतर्फको चुनावी मैदानमा छन् । तीमध्ये छ जनाले समावेशी समाजवादी पार्टी दर्ता गरेर उम्मेदवारी दिएका छन् भने एक जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार छन् । मूलधारका राजनीतिक दलले प्रतिनिधित्वमा उपेक्षा गरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समावेशी समाजवादी पार्टी दर्ता गरेर चुनावी प्रतस्पर्धामा होमिएका हुन् ।