मतदातालाई विगत सम्झाउनुहुँदै नेता नेम्वाङ
‘२०५६ सालमा मैले चुनाव जित्दै गर्दा यो पश्चिमी क्षेत्रमा बिजुलीको एउटा बल्ब झुन्डिएको थिएन । एक लाइन टेलिफोन सेवा यो क्षेत्रमा थिएन । अहिले हेर्नुहोस् यो क्षेत्र कस्तो भएको छ’ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई विगत सम्झाउनु भयो ।
राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ : राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताउनुभएको हो।
राजेन्द्र लिङदेनको नेतृत्वबाट प्रभावित भएँ : अभिनेत्री कोइराला
अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गर्नु भएको छ ।
धरानको समस्या समाधान गर्न एमाले सरकार आवश्यक : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानीसहित अन्य समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ । समस्या समाधानमा एमाले सक्षम रहेको उहाँको भनाइ छ ।
अभिनेत्री मनीषा कोइराला राप्रपाको चुनावी सभामा सहभागी
अभिनेत्री मनीषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी हुनु भएको छ ।
गठबन्धन निरन्तर टिकाएर जान्छौं : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु गठबन्धन निरन्तर टिकाएर लैजाने पक्षमा रहेको बताउनु भएको छ। उहाँले सबै एकै ठाँउमा र एउटै दलमा आउन नसक्ने अवस्था भएकाले गठबन्धन आवश्यक भएको प्रष्ट पार्नुभयो।
मतदान केन्द्र लैङ्गिकमैत्री बन्नुपर्छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरुलाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिनुभएको छ । मतदान केन्द्रहरु अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अशक्त, सुत्केरी भएका ब्यक्तिहरुले समेत सहज रुपमा मतदान गर्नेगरी मतदान केन्द्रहरु निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।
सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी खटिने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६३२ कर्मचारी खटिने भएका छन्
बाँके–१ मा नयाँ पुरानाको प्रतिस्पर्धा
बाँके निर्वाचन क्षेत्र नं १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच मुख्य प्रतिस्पर्धा
यहाँ कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धाको सम्भावना छ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसके कांग्रेसका भण्डारी जित्न सक्छन् ।
निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न सञ्चारमाध्यमसँग प्रमुख निर्वाचन आयुक्तको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न आम सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । उहाँले मतदान गर्ने दिन नजिकिँदै गएकाले मतदान गर्ने तरिकालाई समाचारमा प्रस्फुटित गर्न पनि आग्रह गर्नुभयो ।
मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्तको आग्रह
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनकाे समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।
भूकम्पले बैतडीका विद्यालयमा क्षति
बुधार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण बैतडीका विद्यालय भवनमा क्षति पुगेको छ। भूकम्पका कारण पाटन नगरपालिका र सिगास गाउँपालिकाका विद्यालयमा बढी क्षति पुगेको छ।
सीमा अपराध नियन्त्रण बनेन चुनावी मुद्दा
सीमाक्षेत्रमा हुँदै आएको अपराध नियन्त्रणका कुरालाई राजनीतिक दलले चुनावी मुद्दा बनाउन सकेका छैनन्। सामाजिक विकासका महत्त्वपूर्ण पक्षका रूपमा रहेको अपराध नियन्त्रण कार्यलाई दलले बेवास्ता गर्दै आएका छन्।
मतदाता सोध्छन् : कसरी मतदान गर्ने ?
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्ने दिन नजिकिँदो छ तर रामेछापको मन्थली नगरपालिका–९ की ५० वर्षीया निरमाया मगरलाई चुनावमा मत कसरी हाल्ने भन्ने चिन्ताले सताएको छ । निर्वाचन नजिकै आइसक्यो तर निरमाया मगरलाई यो निर्वाचनमा मतपत्र कतिवटा छन् र कस्ताकस्ता रङका मतपत्र छन् भन्नेसमेत थाहा छैन । उहाँले भन्नुभयो, “मत हाल्ने दिन आइसक्यो, यो चुनावमा कतिवटा मतपत्र हुन्छन्, कस्ताकस्ता रङका मतपत्र हुन्छन् थाहा छैन ।
बाध्यात्मक प्रतिस्पर्धामा पृथ्वी र देव
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङ हुनुहुन्छ । उहाँहरू दुवैको उम्मेदवारीमा प्रतिस्पर्धा मात्र होइन रोचक प्रसङ्ग पनि छ । दुई फरक राजनीतिक दलका प्रभावशाली नेता भए पनि दुवै जना लमजुङबाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्नुपर्छ भन्नेमा विश्वस्त हुनुहुन्न थियो । पृथ्वी लमजुङबाट प्रतिनिधि सभा नभई प्रदेश सभा सदस्यमा उम्मेदवारी दिन चाहनुहुन्थ्यो । देवलाई पनि पार्टीको स्थानीय समितिले कास्की जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।
निर्वाचन समावेशी र अपाङ्गतामैत्री बनाउन निर्देशन
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प आत्मसात् गरेको आयोगले जनाएको छ ।
मतदान प्रक्रिया जान्न मतदाता उत्सुक
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्ने मतदाताले आफूहरूले सही मतदान प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा हालसम्म कसैले पनि मतपत्रमा छाप कसरी लगाउने र मतदान प्रक्रियाबारे जानकारी नगराएको उनीहरूको गुनासो छ ।
‘ह्याट्रिक’वाला विष्टलाई झाँक्रीको ‘डेब्यु’ चुनौती
नेपालको कम्युनिस्ट आन्दोलनमा फरक खालको छवि बनाएका नेता हुनुहुन्छ गोकर्ण विष्ट र रामकुमारी झाँक्री । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा लामो समय सङ्घर्ष गर्दै आउनुभएका विष्ट र नेत्री झाँक्रीको पहिचान युवामाझ लोकप्रिय छ । एमाले पार्टी विभाजनअघि विष्ट र झाँक्री दुवै माधव नेपाल–झलनाथ खनाल खेमामा हुनुहुन्थ्यो । पार्टी विभाजनपछि विष्ट एमालेमै बस्नुभयो । हिजो एउटै पार्टीबाट राजनीतिमा होमिनुभएका विष्ट र झाँक्री अहिले फरक पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाका लागि गुल्मी–२ बाट चुनावी मैदानमा उत्रनुभएको छ । यति बेला विष्ट र झाँक्रीको उम्मेदवारीको चर्चा देशभर चुलिएको छ ।
प्रचण्डसँग गोरखाका जनताको अपेक्षा
प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न गोरखा आउनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति त्यस क्षेत्रका मतदाताले मिश्रित प्रतिक्रिया जनाएका छन्। प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ। गोरखा आएपछि एकथरी जनताले उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अथ्र्याउँदै गोरखामा विकासले गति लिने अपेक्षा गरेका छन्। केहीले भने प्रचण्डले विकास निर्माणको विषयलाई चुनावी एजेन्डा मात्रै बनाएको भन्दै उतिसारो विश्वास गर्न सकेका छैनन्।
उम्मेदवार गाउँमा मतदाता भने भारततिर
देशमा चुनाव हुन नौ दिन मात्र बाँकी छ । चुनावी रन्को क्रमशः बढ्दै पनि छ तर केही मतदातालाई भने त्यसले छोएको छैन । यस्तो अवस्था अहिलेको मात्र नभई यसअघिका निर्वाचनदेखिकै हो ।
सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधि सभातर्फ १६५ तथा प्रदेश सभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको हो । राजधानीका विभिन्न निर्वाचन क्षेत्रको मतपत्र बुधबार सम्बन्धित क्षेत्रमा पुर्याइएको छ । आयोगका अनुसार निर्धारित कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न भएको हो ।
दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन गर्न पाउने
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ।
अत्यधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा आफूलाई अत्यधिक मतले विजयी गराउनका लागि मतदाता समक्ष आग्रह गर्नुभएको छ।