हरिनास गाउँपालिकाको अध्यक्षमा एमालेका मानन्धर विजयी
राधाकृष्ण डुम्रेवालिङ, जेठ १ गते । स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का खिमनारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले गठबन्धन अन्तर्गतका नेपाली काँग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मानन्धरले ४ हजार ७६९ मत ल्याउँदा भुजेलले ४ हजार ७३२ मत ल्याउनु भएको हो । यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकै ईन्द्रकुमारी राना विजयी हुनुभएको छ । उहाँले ४ हजार ७४० मत पाउनुभएको छ । गठबन्धन अन्तर्गत माओवादी केन्द्रका मिठु लम्सालले ४ हजार ७१६ मत ल्याउनु भएको छ । सात वडा रहेको हरिनासमा वडा नम्वर १ मा गठबन्धन अन्तर्गत नेपाली काँग्रेसका ईन्द्रबहादुर गुरुङ, वडा नम्वर २ मा काँग्रेसकै चित्रबहादुर थापा, वडा नम्वर ३ मा ओमप्रकाश सिग्देल, वडा नम्वर ४ मा सन्तबहादुर थापा, वडा नम्वर ५ मा निर्मल लम्साल, दिलबहादुर राना, ६ मा दिलबहादुर राना र वडा नम्वर ७ मा भरत थापा बिजयी हुनुभएको छ ।
मकवानपुरमा पहिलो महिला वडाअध्यक्ष कमला निर्वाचित
राममणि दाहालहेटौँडा, जेठ १ गते । मकवानपुर जिल्लामा पहिलो पटक महिला वडाध्यक्ष नेपाली काँग्रेसकी कमलाकुमारी वाइवा बन्नुभएको छ । स्थानीय तह सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा बकैया गाउँपालिका वडा नं. १० मा नेकपा एमालेका कमलबहादुर घलानलाई फराकिलो मतान्तरले पराजित गर्दै ४० वर्षीय वाइवा वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।आइतबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका वाइवाले ७८२ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका घलानले ४६४ मत प्राप्त गर्नुभयो ।दलित महिला सदस्यमा काँग्रेसका सुमित्रा कामी, महिला सदस्यमा नेकपा (माओवादी केन्द्र) का राजकुमारी भोम्जन, सदस्यहरुमा माओवादी केन्द्रका रामबहादुर गोले र काँग्रेसका तीर्थराज भोम्जन विजयी हुनुभएको छ ।यस्तै, बकैया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको अग्रता कामय रहेको छ । अध्यक्षमा गठबन्धनबाट धर्मराज लामिछाने र उपाध्यक्षमा भक्तबहादुर खत्री र एमालेबाट अध्यक्षमा सरला बोलखे र उपाध्यक्षमा लालबहादुर स्याङ्तान चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।यसैगरी बकैया गाउँपालिका वडा ५ को वडाध्यक्षमा काँग्रेसबाट महिलाले नै चुनावी प्रतिस्पर्धा गर्नुभएको छ । ३१ वर्षीय लक्ष्मी जिम्बालाई काँग्रेसले उम्मेदवार बनाएको हो । यसैबीच मकवानपुरका १०२ वडा मध्ये ३४ वडाको मत परिणाम सार्वजनिक भएको छ ।मत परिणाम सार्वजनिक भएका वडाहरुमा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले मत परिणाम सार्वजनिक भएका वडाहरुमध्ये १७ वटा वडामा वडाध्यक्ष, नेकपा (माओवादी केन्द्र) ले १० वटा वडामा वडा अध्यक्ष र नेकपा (एमाले) ले सात वटा वडामा वडा अध्यक्ष जितेको छ ।यस्तै १० पालिकामध्ये अधिकांश पालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । इन्द्रसरोवर गाउँपालिकामा एमाले र हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ ।हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, ३, १८ र १९ मा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मकवानपुरमा कुल मतदाता दुई लाख ९४ हजार २१९ मतदाता रहेकोमा दुई लाख १० हजार १०८ अर्थात ७१.२४ प्रतिशत मत खसेको थियो । जिल्लाको १० वटै पालिकामा रहेको मतगणनास्थलमा तारजालीसहित सुरक्षा व्यवस्था कडा गरिएको छ ।
मतपरिणामको प्रतिक्षामा मतदाता : ललितपुरमा सुस्त गणना
काठमाडौं जेठ १ गते। ललितपुर महानगरको मतगणना सुस्त भएको भन्दै मतदाताले आक्रोश व्यक्त गरेका छन्। शनिबार दिउँसोबाट मतगणना सुरु भएको महानगरमा आइतबार दिउँसोसम्म एउटा मात्र वडाको मत परिणाम सार्वजनिक भएको छ। ललितपुर महानगरपालिकाको वडा नम्बर १ का स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीकाउम्मेदवारको विवादकै मतगणना ढिला भएको बताउनुहुन्छ। ‘महानगरमा धेरै स्वतन्त्र उम्मेदवार छन्। गणनास्थलमा स्वतन्त्रका प्रतिनिधि धेरै राख्न पाइदैन भन्ने अन्य दलको भनाइप्रति स्वतन्त्र उम्मेदवार असन्तुष्ट छन्। त्यसैले मतगणना प्रारम्भ नै ढिला भयो’, उहाँले भन्नुभयो। मतपत्र ठूलो र छाप तलमाथि भएका कारण सबै राम्रोसँग हेर्नुपर्ने र सबै प्रतिनिधिलाई प्रस्टसँग देखाउनुपर्ने भएकाले पनि ढिला भएको उहाँको भनाइ छ। निर्वाचन आयोगले पाँच दिनभित्र सबै स्थानीय तहको मतपत्र गनिसक्न निर्देशन दिएको छ। तर, महानगरपालिकाको भने पाँच दिनभित्र गनेर नसकिने भएको छ। महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन्। ८६ हजार ५ सय ४० मत खसेको छ। मुख्य निर्वाचन अधिकृत शिवाकोटीका अनुसार एउटा मत गन्न सरदर तीन मिनेट लाग्छ। यसैले मतपरिणाम आउन ढिलो हुने मुख्य निर्वाचन अधिकृत शिवाकोटीले बताउनुभयो। मतगणनास्थल बाहिर परिणाम सुन्नको लागि मतदातको बाक्लो उपस्थिति छ। मतगणनास्थलमा सुरक्षाकर्मीले सुरक्षा व्यवस्था पनि कडा पारेका छन्। मतपरिणामको प्रतिक्षा गरिरहेका मतदाता गणनाको परिणाम सार्वजनिक नहुँदा निरास देखिन्छन्। ललितपुर वडा नम्बर १४ का कृष्णप्रसाद रिमाल बिहान ९ बजेदेखि परिणाम सुन्न मतगणनास्थल बाहिर बस्नुभएको छ। ‘बिहान चाडै खाना खाएर मतपरिणाम सुन्नको लागि आएको एक चोटी मात्र परिणम सार्वजनिक गरे। त्यसपछि गरेकै छैनन्,’ उहाँले भन्नुभयो ‘कतिखेर मत परिणाम आउने हो थाहै छैन।’ यस्तै वडा नम्बर ३ का ७० वर्षीया मतदाता सुरेन्द्रबहादुर परियारको पनि उही गुनासो छ। उहाँ पनि मतपरिणाम सुन्नको लागि गणनास्थल बाहिर बसिरहनुभएको छ। ‘मतपरिणाम सुन्नको लागि बिहान ११ बजेदेखि बसिरहेको छु, खै अहिलेसम्म आएको छैन। अहिले त गणना नै रोकिएको छ भन्छन्। कहिले आउछ खै नतिजा ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो। अघिल्ले स्थानीय तहको निर्वाचनको मतगणनाको परिणाम भने छिटोछिटो आएको उहाँको सम्झना छ। भन्नुहुन्छ, ‘अघिल्लो स्थानीय तहको निर्वाचको परिणाम त छिटो आएको थियो। अहिले पनि छिटो आउछ कि भनेको झन् ढिला भएको छ।’ कर्मचारी बढाएर मतगणना छिटो गर्नुपर्ने उहाँको भनाइ छ। ललितपुरको २, ३ र ४ नम्बर वडामा मतगणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार ललितपुर मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले १७४८ मत ल्याउनुभएको छ भने नेकपा (एमाले)का हरिकृष्ण ब्याञ्जनकारले ७१५ मत ल्याउनुभएको छ।
बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेको ओझा निर्वाचित
होमराज रानाभाटनवलपरासी, जेष्ठ १ गते । नवलपरासी पुुर्बमा रहेका चार गाउँपालिकामध्ये बौंदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार प्रकाशन ओझा निर्वाचित हुनुभएको छ । आज दिउँसो सार्बजनिक भएको मतपरिणामअनुुसार एमालेका ओझा ३ हजार ९७६ मतका साथ अध्यक्षमा निर्बाचित हुुनुुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका खडग्बहादुुुर राना मगरले ३ हजार ५४१ मत प्राप्त गर्नुुभएको थियो । यसैगरी उपाध्यक्षमा एमालेका डिलकुुमारी सारु मगरले ३ हजार ९६२ मतका साथ बिजयी हुुनुुभयो । काग्रेसका धनकान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गर्नुुभएको थियो । २०७४ को निर्बाचनमा काग्रेसले जित हात पारेको थियो ।साथै ६ वटा वडा रहेको सो गाउँपालिकामा काग्रेसले दुुई वडा अध्यक्षसहित प्यानल र एमालेले चार वडा अध्यक्षसहित प्यानलमा जित हात पारेको छ ।
गुल्मीको छत्रकोट-१ मा कांग्रेसको प्यानल विजयी
गुल्मी, जेठ १ गते। गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार घनश्याम न्यौपानेको प्यानल नै विजयी भएको हो। न्यौपानेले एमालेका वडाध्यक्ष उम्मेद्वारलाई ३९५ मतले पराजित गर्नुभएको छ। न्यौपाने १३ सय १८ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँंका निकटतम प्रतिद्वन्द्वी एमालेका रणबहादुर पल्लीले ९२३ मत ल्याउनुभएको छ। अध्यक्ष न्यौपानेसहित वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो।
घोडाघोडी २ को वडा अध्यक्षमा एमालेका चौधरी विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १ गते । यसअघि नेपाली काँग्रेसले नेतृत्व गरेको कैलालीको घोडाघोडी नगरपालिका २ मा काँग्रेसको विरासत भत्काउँदै नेकपा (एमाले) ले विजयी यात्रा शुरू गरेको छ । नगरपालिका–२ को वडाध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चौधरी विजयी हुनुभएको छ ।चौधरीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको हो । महिला सदस्यमा एमालेकै कमलादेवी सिंह आठसय ९४ मत ल्याएर विजयी हुनुभएको छ । दलित महिला सदस्यमा काँग्रेसका सिता सुनार ११ सय ४० मत सहित विजयी हुनुभयो । खुला सदस्यद्वय काँग्रेसका भिम भण्डारा ९६१ र एमालेका रामसुन्दर चौधरी ९८० मत ल्याई विजयी हुनुभयो । २०७४ सालको स्थानीय काँग्रेसबाट विजयी हुनुभएका हरीराज विष्ट पुनः अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ५०० मत प्राप्त गर्नुभयो ।
मतगणनामा फर्जी मतपत्र भेटिएपछि झपड, पाँच जना घाइते
रेखीराम रानापाल्पा, जेठ १ गते । मतगणनाको विषयमा विवाद भएपछि पाल्पाको रम्भामा प्रहरी र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । भीड नियन्त्रण गर्न नसकेपछि शसत्र प्रहरी र नेपाल प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीतर्फ तीन जना र दुई जना अन्य सहभागी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रम्भा–५, ताहुँको मत गणना गर्ने क्रममा ७४ वटा फर्जी मतपत्र भेटिएको गठबन्धनमा आबद्ध दलहरूको आरोप छ । गठबन्धनमा आबद्ध दलहरू विज्ञप्ति निकाल्दै पुनः मतदान गर्नुपर्ने र मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । विवाद भएको विषयमा सहमतिका लागि पटक–पटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । मतगणना गर्ने क्रममा फर्जी भेटिएको मतपत्र बारेमा दलका नेताहरूबीच छलफल भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । आइतबार बिहान दलका नेताहरू बसेर मतपत्र सङ्ख्याको यकिन गरेपछि कसरी अगाडि बढ्ने भन्ने सहमति भएको थियो उहाँले भन्नुभयो । तर मतगणना गर्ने कर्मचारीले पतपत्रको हिसाब मिलाउन नसकेपछि विवाद बढेको हो । विवाद बढेपछि भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । अहिले भने भीड नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
सङ्खुवासभा सभापोखरीमा काँग्रेस नेतृत्वको गठबन्धन विजयी
ध्यान कुलुङसङ्खुवासभा, जेठ १ गते । जिल्लाको सभापोखरी गाउँपालिकामा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्ष पदमा काँग्रेसका भिमबहादुर लिम्बु र नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष लक्ष्मी चापागाई निर्वाचित भएका हुन् । अध्यक्ष पदका उम्मेदवार लिम्बुले ३ हजार ७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार चापागाईले २ हजार ४३९ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष रत्नबहादुर सुब्बाले २ हजार ३०५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षका निकटतम् प्रतिद्वन्दी एमालेका सविता बरालले २ हजार ३७६ मत प्राप्त गर्नुभयो । सभापोखरी गाउँपालिकाका ६ वडाहरु मध्ये वडा १, २ र ३ एमालेले जितेको छ । वडा नम्बर ४, र ६ मा गठबन्धन अन्तर्गतको काँग्रेसले जितेको छ । मित्रवत प्रतिष्पर्धा भएकोमा वडा नम्बर ५ मा पनि काँग्रेसले नै जितेको छ ।
काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साहको ३४ सय दस मतसहित पहिलो स्थान कायमै छ।
धादिङका २१ वडाको नतिजा : माओवादी सात, कांग्रेस छ, एमाले पाँच वडामा विजयी
मुरारी अधिकारीधादिङ, जेठ १ गते। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धादिङका १३ वटा नै पालिकामा मत गणना भइरहेको छ। मतगणना भएको पालिका अन्तर्गत अहिलेसम्म २१ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ।हालसम्म विजयी भएका वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सात जना रहेका छन्। नेपाली काँग्रेसका तर्फबाट छ जना वडा अध्यक्ष विजयी भएका छन्। नेकपा एमालेका तर्फबाट पाँच जना वडा अध्यक्ष विजयी भएका छन्। त्यसैगरी राप्रपाले दुई वटा वडा अध्यक्षमा जित हासिल गरेको छ। एकीकृत समाजवादीले एउटा वडामा जितेको छ। धादिङमा १३ वटा पालिका र १०४ वटा वडा रहेका छन्।
हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लालकेश जैसी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र थापा विजयी हुनुभएको छ।
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखरा, जेठ १ गते। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिनुभएको छ। त्यसैगरी नेकपा (एमाले)का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले एक हजार २५० मतसहित आचार्यलाई पछ्याउनुभएको छ।उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले एक हजार ४५० मतसहित अग्रता बनाउनुभएको छ। उहाँका प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले एक हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहनुभएको छ।
काभ्रेको ९ वडामा एमाले विजयी
केदार तिमल्सिना बनेपा, जेठ १ गते । काभ्रेमा आईतबार साँझसम्म २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । हालसम्म नेकपा एमाले सबैभन्दा बढी वडामा विजयी भएका छन् । १३ वटा स्थानीय तह रहेको काभ्रेमा १३५ वटा वडा छन्। आइतबार साँझ ६ बजेसम्मको नतिजा अनुसार जिल्लाको नौ वटा वडामा एमाले, आठ वटा वडामा नेपाली काँग्रेस, तीन वटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । एमाले जिल्लाको रोशी गाउँपालिका-१, धुलिखेल नगरपालिका २, ३, मण्डनदेउपुर नगरपालिका-१, चौरीदेउराली गाउँपालिका-२, बनेपा नगरपालिका–१ मा विजयी भएको हो । यसैगरी, जिल्लाको भुम्लु गाउँपालिका ३ र ४, पनौतीको वडा नम्बर २ मा वडा अध्यक्ष विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवारले जिल्लाको बेथानचोक गाउँपालिका-१, भुम्लु गाउँपालिका-२, महाभारत गाउँपालिका-२, धुलिखेल नगरपालिका-१, चौरीदेउराली गाउँपालिका-१, मण्डनदेउपुर नगरपालिका-२, बनेपा नगरपालिका-२ र खानीखोला गाउँपालिका-२ मा विजयी भएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्लाको खानीखोला गाउँपालिका-१, महाभारत गाउँपालिका-१ र भुम्लु गाउँपालिका-१ को वडा अध्यक्षमा विजयी भएका छन् भने जिल्लाको नमोबुद्ध नगरपालिका-१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
सर्लाहीका ३६ वडाको नतिजा : १५ वडामा काँग्रेसको जित
आइतबार साँझसम्म सर्लाहीको ३६ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
मुसिकोटको तीन वडामा काँग्रेस विजयी
मुसीकोट समाचारदाता रुकुम पश्चिम, जेठ १ गते । रुकुम पश्चिमको मुसीकोटमा तीन वटा वडाको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसले विजय हासिल गरेको हाे । मुसिकोट नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका ज्ञानु चन्द ९०२ मतसहित विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका डम्बर थापालाई २९ मत अन्तरले पराजित गर्नुभएको हो । यस्तै, सदस्यहरुमा पनि काँग्रेस–एमाले गठबन्धनका अन्जना केसी डिसी, धनमाया नेपाली, चोपबहादुर खत्री र माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा गणेश हमाल निर्वाचित हुनुभएको छ ।नगरपालिकाको वडा नम्बर २ मा पनि नेपाली काँग्रेस-एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट काँग्रेसका दिनेश खड्का विजयी हुनुभएको हो । उहाँ ६२८ मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी माओवादी-नेकपा यस गठबन्धनका दलबहादुर खड्काले ४०७ मत ल्याउनुभएको छ । वडा सदस्यहरुमा नेपाली काँग्रेसका भवानी शर्मा, कमला ददेल, रेशम खड्का र गोपाल खड्का विजयी हुनुभएको छ ।त्यसैगरी, नगरपालिकाको वडा नम्बर ३ मा पनि नेपाली काँग्रेसको टिम विजयी भएको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका दशरथ केसी ४०८सहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकबहादुर कामीले २२४ मत प्राप्त गर्नुभएको छ ।
महाकालीमा एमालेका उम्मेदवार विजयी
लोकेन्द्र जोशीदार्चुला, जेठ १ गते । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवारहरु विजयी भएका छन् । नगर प्रमुखमा एमालेका नरसिंह चैसीरले पाँच हजार १३ मत र उपप्रमुखमा दुर्गा बिष्टले चार हजार ६२६ मतसहित विजयी हुनुभएको हो ।चैसीरसँग पराजित हुनुभएका गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गर्नुभयो । उपमेयरमा विजयी बिष्टसँग पराजित गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गर्नुभयो । पराजित भट्टसँग चैसीर २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुनुभएको थियो । अहिले चैसीरसँग भट्ट पराजित हुनुभयो । काँग्रेसको गढका रुपमा चिनिएको महाकाली नगरपालिकामा विजय हासिल हुनुलाई एमालेले उपलब्धिको रुपमा हेरेको छ । महाकाली नगरपालिका–१ मा एमालेका मोहनसिह महरा ७२७ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर २ मा एमालेकै शंकरसिह डोबाल ५०९ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ३ मा काँग्रेसका पदमसिंह महरा ६०४ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ४ मा एमालेका जगत चुनारा २५८ मत प्राप्त गर्दै विजयी हुनुभयो ।वडा नम्बर ५ मा एमालेका दिलेन्द्रप्रसाद अवस्थी ५१० मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ६ मा कांग्रेसका प्रेमबहादुर पाल ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ७ मा एमालेका शोभानसिह रैखोला ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ८ मा एमालेका भवानसिह धामी ५५४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । त्यस्तै, वडा नम्बर ९ मा काँग्रेसका गजेन्द्रसिह कार्की ६९० मत प्राप्त गर्दै विजयी हुनुभयो । नौँ वडा रहेको महाकाली नगरपालिकामा ६ वडामा एमाले र तीन वडामा काँग्रेसले विजय प्राप्त गरेको छ ।
धनुषाको १८ वटै पालिकामा मतगणना जारी
धर्बेन्द्र झा धनुषा, जेठ १ गते । धनुषाको १८ वटै पालिकामा मतगणना जारी रहेको छ । धनुषाको १० वटा पालिकामा नेपाली काँग्रेस, दुई वटामा नेकपा एमाले, दुईमा जसपा र लोसपा, एक वटामा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट राजीनामा दिएर मेयर पदमा घन्टाघर चुनाव चिन्ह लिई स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार शाह अगाडि हुनुहुन्छ । शाहले १ हजार २ सय ६४ मतसहित अग्रता हासिल गर्नुभएको हो । उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशङ्कर शाह हीराले ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, आँप चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी शाह १ हजार ३ सय ६२ मतसहित अग्र स्थानमा रहनुभएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ६ सय ७५ मत ल्याई पछ्याउँदै हुनुहुन्छ । आँप चुनाव चिन्ह रहेका उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५ सय ५ मत प्राप्त गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा रहेको २५ वडामध्ये आईतबार चार बजेसम्ममा २ वटा वडाको मत परिणाम मात्र सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका १ मा नेपाली काँग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लभ अधिकारीले ५४१ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी, वडा नम्बर २ मा नेपाली काँग्रेसका शिवकुमार शाहले ६६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एसका अशोक गुप्ताले २९५ मत ल्याउनुभएको हाे । वडा नं.३ मा तमलोपाका दीपेन्द्र शाह विजयी भए पनि औपचारिक घोषणा हुन बाँकी छ । जिल्लाभरिमा मतगणनाको क्रम निक्कै सुस्त भएकाले मत परिणाम आउनमा ढिलाइ भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले दिनुभएको जानकारी अनुसार कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सरददेव यादव, क्षिरेश्वरनाथ नगरपालिका १ मा नेपाली काँग्रेसका मुवारक कवाडी, नगराईन नगरपालिका १ मा नेपाली काँग्रेसबाट सीताराम महतो, बटेश्वर गाँउपालिका १ मा नेपाली काँग्रेसका अशोककुमार महतो, मिथिला नगरपालिका १ मा नेपाली काँग्रेसका जोगी महतो, लक्ष्मीनियाँ गाँउपालिका १ मा नेकपा एमालेका दिलिप यादव, २ मा नेकपा एमालेकै लालजी साह तेली, विदेह नगरपालिका १ मा नेकपा एमालेका सञ्जय पाण्डे, वडा नं.२ मा रामपुकार सहनी, शहीदनगर नगरपालिका १ मा नेपाली काँग्रेसका तेजीलाल यादव र हंसपुर नगरपालिका १ मा जसपाका रामदेव कापर विजयी हुनभएको छ ।
निर्वाचन प्रभावित पार्न खोजिएको एमालेको आरोप
नेकपा (एमाले)ले स्थानीय निर्वाचन सुरु हुनु अगाडिदेखि, मतदान र मतगणनासम्मको कार्य प्रभावित पार्न खोजेको आरोप लगाएको छ।
वडा अध्यक्षमा दुुई माओवादी र एक जना स्वतन्त्र बिजयी
राजन रावतहुुम्ला, जेठ १ गते । सिमकोट र सर्केगार्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दुई र एक जना चङ्खेली गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुुभएको छ । आइतबार दिउँसो भएको अन्तिम मतगणनाको परिणामअनुुसार उहाँहरु निर्वाचित हुनुुभएको हो ।मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले सिमकोट गाउँपालिका–३ को वडा अध्यक्षमा माओवादी केन्द्रका पामा लामा निर्वाचित भएको बताउनुुभयो । उहाँले ३५४ मत ल्याएर विजयी हुनुुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका इन्द्र लामाले ३२५ मत ल्याउनुुभयो । सो वडामा महिला सदस्यमा भने काँग्रेसले जितेको छ भने बाँकी तीन सदस्य माओवादी केन्द्रले जितेको छ । त्यसैगरी सर्केगार्ड गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मोहन गिरिले वडा ८ को वडा अध्यक्षमा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका रंगमल रोकाया विजयी हुनुुभएको बताउनुुभयो । चारसय मत ल्याएर उहाँ विजयी हुनुुभएको हो । उहाँको प्रतिद्वन्द्वी माओवादीका लालधन बुढाले १७२ मत ल्याउनुुभएको थियो । सो वडामा तीन जना सदस्य गठबन्धनबाट निर्वाचित हुनुुभएको छ भने एक जना सदस्य माओवादीबाट निर्वाचित हुनुुभएको छ । त्यसैगरी चङ्खेली गाउँपालिका–५ को स्वतन्त्र उम्मेदवार विजयी हुनुुभएको छ । यसरी स्वतन्त्रबाट विजयी हुनेमा हर्कधन तामाङ रहनुुभएको छ । उहाँ ९५ मत ल्याएर विजयी हुनुुभयो । उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रेमबहादुुर लामा रहनुुभएको छ । सो वडामा १९५ मत थियो ।
बूढानीलकण्ठ-३ मा स्वतन्त्र उम्मेदवार धिताल विजयी
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी हुनुभएको छ। उहाँ खानेपानीको धारा चुनाव चिह्नमा चुनाव लड्नु भएको थियो।
स्वतन्त्र उम्मेदवार मल्ल विजयी
मुकुन्द सुवेदीबर्दिया, जेठ १ गते । बर्दियाको मधुवन नगरपालिका ३ मा बागी उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडाध्यक्षमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मधुवन नगरपालिकाका ४७ वर्षीय नारायण मल्ल अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार होमबहादुर चौधरीले ७ सय ७ मत प्राप्त गर्नुभएको छ । चौधरीलाई १९ मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो । वडा अध्यक्षमा निर्वाचित मल्लले ७ सय २६ मत ल्याउनुभएको छ । यसअघिको स्थानीय निर्वाचनमा उहाँ काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उक्त वडामा नेकपा एमालेका उम्मेदवार बासुराम थारुले ५ सय ४९ मत प्राप्त गर्नुभएको छ ।कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि मल्ले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मल्लसहित ६४ जनाले कांगेसको क्रियाशील सदस्यले राजिनामा दिएर वडाध्यक्षमा उमेदवारी दिनुभएको थियो ।
कैलालीको थप दुई वडामा काङ्ग्रेसको जित
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको थप दुई वडामा नेपाली काङ्ग्रेसले वडा अध्यक्ष जितेको छ । धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा सो पार्टीका सन्तोष मुडभरी पुनः निर्वाचित हुनुभएको छ । यस्तै, कैलारी गाउँपालिका–२ को वडा अध्यक्षमा प्यानलसहित विकास चौधरी निर्वाचित हुनुभएको छ । कैलालीमा नेपाली काङ्ग्रेसले अहिलेसम्म ६ वडा अध्यक्ष जितेको छ । नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले दुई दुई सिट र स्वतन्त्र उम्मेदवारले एक सिट जित्नु भएको छ । सत्तागठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।
सिन्धुलीमा १६ वडाको मत परिणाम सार्वजनिक
सिन्धुली समाचतारदातासिन्धुलीमाढी, जेठ १ गते । सिन्धुलीमा ७९ वडामध्ये १६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार नेकपा (माओवादी केन्द्र)ले ९ वटा वडा, नेपाली काँग्रेसले ५ वटा वडा र नेकपा एमालेले दुई वटा वडामा जित हात पारेको हाे । नेकपा माओवादी केन्द्रले मरिण गाउँपालिकामा १, २, ३, हरिहरपुरगढी गाँउपालिका १, गोलन्जोर गाउँपालिका १, घ्याङलेख गाउँपालिका १ र ५, दुधौली नगरपालिका १३ र फिक्कल गाउँपालिका १ मा जित हात पारेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसले हरिहरपुरगढी गाउँपालिका २, तीनपाटन गाँउपालिका २, १०, ११ र गोलन्जोर गाँउपालिका २ मा विजयी हासिल गरेको हाे । निर्वाचन अधिकृतको कार्यालले जनाए अनुसार नेकपा एमालेले पनि कमलामाई नगरपालिका ३ र तीनपाटन गाउँपालिका १ मा जित हात पारेको छ ।
झापाको हल्दिबारीमा राप्रपाले खाता खोल्यो
विष्णुप्रसाद पोखरेलदमक, जेठ १ गते । झापाको हल्दिबारी गाँउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडामा पहिलो पटक खाता खोलेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको वार्ड हल्दिबारी १ मा वडाध्यक्षसहित पूरै प्यानल राप्रपाले जितेको छ । निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई उछिन्दै राप्रपाका देवीबहादुर थापा प्यानलसहित वडाध्यक्ष विजयी बन्नुभएको हो । वडा सदस्यमा प्रकाश कार्की, कुलबहादुर राई, महिला सदस्यमा शान्ता खतिवडा शिवाकोटी र र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी बन्नुभएको छ । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाकै रविन्द्र लिङ्देनको फराकिलो अग्रता छ । हल्दिबारी गाँउपालिकामा यसभन्दा अघिको निर्वाचनमा राप्रपाले नै अध्यक्ष जितेको थियो ।