• १९ असार २०८१, बुधबार

हरिनास गाउँपालिकाको अध्यक्षमा एमालेका मानन्धर विजयी

blog

राधाकृष्ण डुम्रे

वालिङ, जेठ १ गते । स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का खिमनारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले गठबन्धन अन्तर्गतका नेपाली काँग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । 

मानन्धरले ४ हजार ७६९ मत ल्याउँदा भुजेलले ४ हजार ७३२ मत ल्याउनु भएको हो । यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकै ईन्द्रकुमारी राना विजयी हुनुभएको छ । उहाँले ४ हजार ७४० मत पाउनुभएको छ । गठबन्धन अन्तर्गत माओवादी केन्द्रका मिठु लम्सालले ४ हजार ७१६ मत ल्याउनु भएको छ । 

सात वडा रहेको हरिनासमा वडा नम्वर १ मा गठबन्धन अन्तर्गत नेपाली काँग्रेसका ईन्द्रबहादुर गुरुङ, वडा नम्वर २ मा काँग्रेसकै चित्रबहादुर थापा, वडा नम्वर ३ मा ओमप्रकाश सिग्देल, वडा नम्वर ४ मा सन्तबहादुर थापा, वडा नम्वर ५ मा निर्मल लम्साल, दिलबहादुर राना, ६ मा दिलबहादुर राना र वडा नम्वर ७ मा भरत थापा बिजयी हुनुभएको छ ।