• ५ जेठ २०८१, शनिबार

बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेको ओझा निर्वाचित

blog

होमराज रानाभाट

नवलपरासी, जेष्ठ १ गते । नवलपरासी पुुर्बमा रहेका चार गाउँपालिकामध्ये बौंदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार प्रकाशन ओझा निर्वाचित हुनुभएको छ ।  

आज दिउँसो सार्बजनिक भएको मतपरिणामअनुुसार एमालेका ओझा ३ हजार ९७६ मतका साथ अध्यक्षमा निर्बाचित हुुनुुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका खडग्बहादुुुर राना मगरले ३ हजार ५४१ मत प्राप्त गर्नुुभएको थियो । 

यसैगरी उपाध्यक्षमा एमालेका डिलकुुमारी सारु मगरले ३ हजार ९६२ मतका साथ बिजयी हुुनुुभयो । काग्रेसका धनकान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गर्नुुभएको थियो । २०७४ को निर्बाचनमा काग्रेसले जित हात पारेको थियो ।

साथै ६ वटा वडा रहेको सो गाउँपालिकामा काग्रेसले दुुई वडा अध्यक्षसहित प्यानल र एमालेले चार वडा अध्यक्षसहित प्यानलमा जित हात पारेको छ ।