कुटपिटबाट पत्रकार चौधरी घाइते
पत्रकार नवीन चौधरीमाथि कुटपिट भएको छ । उहाँलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा भर्ना गरिएको छ ।
अमेरिकाको पार्सलमा सात किलो गाँजा ! तीन जना पक्राउ
अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ।
प्रहरीद्वारा मुचुल्का नगरी लगेको लाखौँको सामान फिर्ता
नेपाल प्रहरीको लागु औषध ब्युरो अन्तरगत झापामा परिचालित टोलीले दमकस्थित एक घरबाट एक महिना अघि गरेको एउटा सर्च र कारबाही प्रक्रियाको क्रममा लगेको विभिन्न सामान प्रहरीले सम्बन्धित परिवारलाई फिर्ता गरेको छ ।
कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ
कौडा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत नौ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सीआइबीका जवान मृत भेटिए
पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युराे (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । जीवन बुडाल नाम गरेका उनको शव भेटिएको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ ।
सीमा क्षेत्रमा विदेशी मुद्रा सटही गर्ने नौ जना पक्राउ
सीमा क्षेत्रमा बिना अनुमति विदेशी मुद्रा सटही गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान महोत्तरीको सीमानाका भिट्ठामोडबाट ठूलो मात्रामा भारतीय रुपियाँसहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
शङ्कास्पद अवस्थामा बालिकाको शव फेला
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शङ्कास्पद अवस्थामा बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घरबाट हराएको तीन सातापछि बालिकाको शव फेला परेको हो ।
सर्लाहीको बाँके जङ्गलमा दुर्घटना, एक जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा पिकअप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–१०, का ३४ दीपक स्याङतानको मृत्यु भएको हो ।
बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो
आइतबार बिहान चिशंखुगढी गाउँपालिकादेखि ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ ।
बयसट्ठी जनाविरुद्ध मुद्दा चलाउने तयारी
जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ। यातायात मजदुर सङ्गठनले यही फागुन १ गते गरेको आन्दोलन एक्कासि उत्तेजित हुँदा प्रदर्शनकारीले बालाजु प्रहरी वृत्तको दुईवटा सवारीसाधन, ट्राफिक पोस्टमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।
लागू औषध ब्युरोको कारबाही विवादमा, माथिल्लो तहबाटै अनुसन्धान हुने
नेपाल प्रहरीको लागू औषध व्युरो अन्तर्गत झापामा परिचालित टोलीले गरेको एउटा सर्च र कारबाही प्रक्रियाको घटना विवादित बनेको छ ।
राजदेवी मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट भगवानको मुर्तिसहित चाँदीका गरगहना चोरी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्कुल बसको ठक्करबाट वृद्धको मृत्यु
कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । गोदावरी नगरपालिका–६ खैरानामा रहेको माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्करबाट सोही ठाउँका ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको छ ।
जग्गा नामसारी गर्दा घुस लिएको आरोपमा दुई जना पक्राउ
महोत्तरीका दुई जनामाथि जग्गा नामसारी गर्दा नौ हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।
बाबुद्वारा दुई वर्षीया छोरीको हत्या
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन् ।
नगरप्रमुखसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्तासहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय भवन निर्माणको बिल भुक्तानीको लागि एक लाख ४० हजार रुपियाँ घुस लिएको आरोपमा नगरप्रमुख गुप्ता र सोही नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । नगरप्रमुख गुप्तासँगको मिलेमतोमा इन्जिनियर साहले विद्यालयमा निर्माण भएको सभाहलको बिल भुक्तानी गरिदिन घुस लिनुभएको थियो ।
शाहविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव
विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारवटा फरक कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको छ।
सहकारी ठगी : २४ भन्दा बढी कम्पनी स्थापना गरेर ३८ करोडभन्दा बढी रकम ठगी
नेपाल प्रहरी प्रधान कार्यालय, महाराजगञ्जले सहकारी ठगी अपराध उजुरीमा २४ भन्दा बढी कम्पनी स्थापना गरी संगठित ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ।
करोडौँ मूल्यका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ
एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने गरगहना र तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ ।
पृथ्वी शाहको समूहविरुद्ध ठगीका चार वटा मुद्दा लगाउन सीआईबीको सुझाव
ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सुझाव दिएको छ।
मापसे गरेर स्कुल बस चलाउने एकसहित ८७ जना चालक कारबाहीमा
मापसे गरेर स्कुल बस चलाउने ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
प्रहरी भ्यानबाट हामफालेर फरार भएका मुखिया पक्राउ
धनुषामा आइतबार साँझ प्रहरी भ्यानबाट हामफालेर फरार भएका जबरजस्ती मुद्दाका आरोपी राजाबाबु मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
असुरक्षित हुँदै वन्यजन्तु, दैनिक दुर्घटनामा मारिँदै
हरिप्रसाद कोइराला उर्लाबारी, फागुन १६ गते । घना जङ्गल अतिक्रमणमा परेपछि जङ्गली जनावर असुरक्षित हुन थालेका छन् । वैज्ञानिक वनका नाममा सर्पट कटान हुने र साल, कर्मा, अस्ना बाहेक अरु वनस्पतिको संरक्षण नगर्ने सामुदायिक वनको नीतिले बसोबास मासिँदैछ। १२ महिनामै मानिसहरू जङ्गल पस्ने भएकाले जङ्गली जनावर असुरक्षित छन् । जङ्गली साग निगुरो खोज्ने, दुना टपरीका लागि पात खोज्न , दाउरा खोज्ने, रातोमाटो र कमेरो लिन मानिस ३६५ दिनै जङ्गलमा पुग्छन् । पछिल्लो समय जङ्गली जनावरको चोरी शिकारी र तस्करी बढेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा एउटा नीलगाई र दुईवटा चित्तल चोरीतस्करी गरिरहेको अवस्थामा तस्करलाई पक्राउ गरी मुद्दा दायर गरिएको थियो । ‘जङ्गली जनावरहरू मानव बस्तीमा सुरक्षित हुन थालेका छन् । शिकारीले बिच्काएका जङ्गली जनावर बस्तीमा भेटिनु यसैको कारण हो,’ ठाकुरले भन्नुभयो । आव ०७७/०७८ मा रङ्गेली –३ मा र विराटनगर एयरपोर्टको कम्पाउण्डभित्र नीलगाई भेटियो । जङ्गलमै बसोबास गर्ने चरा, कछुवा, माउसुली, सुनगोहोरोे, हुचिललगायत जीवजन्तुु डिभिजन वन कार्यालयले उद्धार गरी सामुदायिक वनलाई संरक्षण गर्न दिएका छौं । जङ्गलमा साल, कर्मा र अस्ना बाहेकका वनस्पति छैनन् ।काठपातको वृक्षरोपण, जङ्गली जनावरका लागि अनुपयुक्त २०५२ सालमा सामुदायिक वनको अवधारण आएपछि नेपालमा वनक्षेत्र विस्तार भएको तथ्याङ्क हरेक वर्ष सार्वजनिक भइरहेका छन् । सामुदायिक वनले वन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको वन विस्तारको अभियानमा लागेका अभियन्ताहरूको भनाइ छ । तर अभियानले मानिसले प्रयोेग गर्न उपयोगी जातका काठपातको मात्र वृक्षरोपण गरेका छन् । जसले गर्दा वन क्षेत्र जङ्गली जनावरका लागि उपयुक्त भएन । सामुदायिक वन महासङ्घ प्रदेश नं. १ का सचिव अग्नि पौडेलले भन्नुभयो– ‘जङ्गली जनावरले खाने फलफूलका वनस्पति शून्य भएका छन् । अग्ला रुख मात्र होइन, साना बुट्यानहरू जसले पर्यावरणको रक्षा गर्दै हिँड्डुल गर्ने जङ्गली जनावरहरूको वासस्थानका रुपमा प्रयोगमा थिए । ती वनस्पति पनि अनेक अभियानका नाममा फाँडिए । वनस्पति कोइला बनाउने अभियानले साना बुट्यानहरू सखाप भए । अहिले आएर अभियन्ताहरूको आँखा खुलेका छन्, ’ उहाँले भन्नुुभयो । पौडेलका अनुसार अहिले बाँदरले खाने फलफूल जन्य वनस्पति जङ्गलमा छैनन् । त्यसैले बाँदर र अरु जङ्गली जनावरहरू मानव बस्ती र राजमार्ग वरपर भेटिन्छन् । बसोबास मासिएकाले बाँदर गाउँघरतिरबाँदर विज्ञ डा. सबिना कोइरालाका अनुसार बाँदरको प्राकृतिक बसोबास मासिएकाले बाँदरहरू गाउँघरतिर छिरेका हुन् । बाँदर मात्र होइन । खरायो, दुम्सी, स्याल, वनकुकुर, चितुवा गाउँ छिरेका छन् । वन भनेको साल, कर्मा र अस्नाका ठूला रुख मात्र हुन् भन्ने बुझाइले हाम्रो वातावरणीय सन्तुलन बिग्रिएको उहाँ बताउनुहुन्छ । डा. कोइरालाका अनुसार बाँदरमा प्राकृतिक बसोबास बदल्न सक्ने क्षमता भएकाले बाँदर अहिले पनि घटेका छैनन् । तर, अरु प्रजातिका जङ्गली जनावरको बसोबास सुरक्षित नगरिदिने हो भने ती पशुहरू लोप हुन सक्नेछन् । ‘२०४५ सालसम्म मोरङको पूर्वपश्चिम राजमार्ग उत्तरको जङ्गलमा गाई लिएर गोठालो जाँदा हामी खाजा बोकेर जाँदैनथ्याैं । जङ्गलमा वनकेरा, आँप, बाँदरझुला, फडिर, जामुनो, क्यामुनो, बेल, कुसुम खान पाइन्थ्यो ।’ मोरङको कानेपोखरी –७ का इन्द्रप्रसाद कोइरालाले भन्नुभयो– ‘बाँदरले खाएर नसकेका उभ्रिएका हामी खान्थ्यौं । गाउँघरतिर बाँदर, खरायो, दुम्सी, स्याल देख्न पाइँदैनथ्यो । तर, अहिले जङ्गलमा बनकेरा, आँप, बाँदरझुला, फडिर, जामुनो, क्यामुनो, बेल, कुसुम केही छैन ।’ उहाँले जङ्गली फलफूल नभएको र जङ्गलको झाडी मासिएकाले वन्यजन्तु गाउँ पसेको बताउनुभयो । दैनिक सडक दुर्घटनामा मर्छन् पशु मोरङको बेलबारीदेखि पूर्व पथरीशनिश्चरेकोे सुनझोडा खोलाबीचको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा बाँदर, हरिण, चित्तल र मृगले दैनिकजसो दुर्घटना गराउने गर्छन् । डिभिजन वन कार्यालय मोरङले सडक दुर्घटनामा मरेका र घाइते भएका जङ्गली पशु जनावरको तथ्याङ्क राखेको छैन । तर बेतना पूर्व सुनझोडाबीचको राजमार्ग क्षेत्रमा हप्तामा एउटा जङ्गली जनावर मर्ने गरेको वन प्राविधिकहरू बताउनुहुन्छ ।
बालिकामाथि यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको ४९ वर्षीय चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ ।