• ७ वैशाख २०८२, आइतबार

सहकारी लुट्ने चार जना पक्राउ

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, जेठ २ गते । प्रहरीले सहकारी चोरी गरेको आरोपमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका-५ का चार जना पक्राउ गरेको छ । गत वैशाख १८ गते राति काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रकम चोरी गरेको आरोपमा प्रहरीले २४ वर्षीय अमृत थिङ लामा, २९ वर्षीय गम्भिर भन्ने सोमलाल थिङ, ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी प्रमु्ख प्रहरी उपरीक्षक भागेन्द्र पुरुष ढकालले सहकारीको रकम चोरी गरेको आरोपमा अमृत र सोमलाललाई काठमाडौं, अशोक र अकबरलाई मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिनुभयो । चोरीमा संलग्न अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ । 

चोरी-डाँका मुद्धामा पक्राउ परेका चारै जनालाई मङ्गलबार जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका व्यक्तिहरुबाट नगद पाँच लाख ४५ हजार, फलामको रथ एक थान, भरुवा बन्दुक एक थान, फलामको गोली एक थान, बारुद एक बट्टा, फलामको रेन्चु एक थान, फलामको हतौडा दुई थान, फलामको पाईप टुक्रा एक थान, रामो एक थान, मोबाईल पाँच थान, जुत्ता एक जोर, पानी टेप एक थान, पि–क्याप एक थान र एउटा ज्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ । 

वैशाख १८ राती करिब १ः२० बजेको समयमा पाँच-छ जनाको समूहले सहकारीको सुरक्षार्थ खटिएका गार्डलाई नियन्त्रणमा लिइ सहकारीको भल्ट फुटाई भल्टभित्र रहेको ३२ लाख ३१ हजार ७४५ रुपियाँ चोरी-डाँका गरेका थिए ।