१६ किलो चरेशसहित एक जना पक्राउ
घर्तीमगरलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको छ ।
घरमा पेट्रोलियम पदार्थ छर्केर आगजनी
तनहुँको व्यास नगरपालिका ३ शान्ति नगरस्थित पञ्चबहादुर रानाको घरको च्यानल गेटमा बिहीबार राती साढे १०:०० बजे एक युवतीले पेट्रोलियमजन्य पदार्थ छर्केर आगजनी गरेकी छन् ।
भ्रष्टाचार मुद्दा दायर
रुकुमको साइकुमारी आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। विद्यालयको रकम विभिन्न व्यक्ति तथा संस्थालाई ऋण दिएर फिर्ता नगरी राज्यलाई नोक्सानी पु-याएको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्दबहादुर केसी, तत्कालीन प्रधानाध्यापक लालबहादुर केसीलगायत सात जनाविरुद्ध आयोगले शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। तत्कालीन अध्यक्ष र तत्कालीन प्रधानाध्यापक केसीद्वयले हस्ताक्षर गरेर आठ लाख ९४ हजार रुपियाँ दिए पनि फिर्ता नगराएको आयोगको दाबी छ। दुवैलाई सोही रकम बराबरको बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।
ज्यामिरेमा ज्येष्ठ नागरिकको हत्या
धनकुटाको महालक्ष्मी नगरपालिका –५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ । हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बालाजु घटना : दुई प्रहरी वृत्तको कमजोरी
काठमाडौंको बालाजुमा यातायात मजदुरले ट्राफिक जरिवानालगायत विभिन्न विषय उठाएर गरेको आन्दोलनका क्रममा ट्राफिक बिट र प्रहरीकै गाडी आगजनी तथा लोत्से मलमा भएको तोडफोड र लुटपाटमा दुई प्रहरी वृत्तकै कमजोरी रहेको जनाइएको छ।
स्कुलबसको ठक्करबाट एकको मृत्यु
झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जनाको मृत्युभएको छ । साढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ४ ख ९३१९ नम्बरको निधि मावि तथा इन्द्रेणी क्याम्पसको स्कुलबसले मोटरसाइकललाई ठक्कर दिएको हो ।
गाडी खोज्दा खुल्यो हत्या : आरोपमा श्रीमानसहित चारजना पक्राउ
आइतबार राति ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोज्दै हिँडिरहनु भएको थियो । अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेको बेला
तीस लाख रुपियाँ राखेको दराज मर्मतमा दिएपछि...
नारद कोहारतौलिहवा, फागुन ९ गते। एक स्टिल फर्निचर मर्मत केन्द्रका मालिक र उहाँका छोरा चोरी आरोपमा पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका १ का फलफूलका थोक व्यापारी सनी उल्लाह कुजाडाले आफ्नो बिग्रेको दराज मर्मत गर्न फागुन १ गते श्रीमती रेशमा कुजडामार्फत सो मर्मत केन्द्रमा दराज दिनुभएको थियो । केही दिन अघि फलफूल व्यापारी कुजडाले आफ्नी श्रीमती रेशमालाई ३० लाख रुपियाँ नगद राख्न दिनुभएको थियो । रेशमाले सो रकम त्यही दराजको लकरमा राख्नुभएको थियो ।फलफूल व्यापारीको घरमा विवाह परेकोले सबै जना त्यसैमा व्यस्त थिए। दराजको लकरमाथि समेत साढे चार लाख रकम राखिएको थियो। जुन रकम रेशमाले निकालेर घरमै राख्नुभएको थियो । रेशमाले सो दराज मर्मत गर्न फर्निचर मर्मत केन्द्रमा पठाउनुभयो। तर लकरमा रहेको ३० लाख रुपैयाँ भने निकाल्न बिर्सिनुभयो।फागुन ४ गते फलफूल व्यापारी सनी उल्लाहले सो पैसा श्रीमतीसँग माग्दा सबै पैसा मर्मत गर्न पठाएको दराजमै रहेको बताउनुभयो। त्यसको केही बेरमै व्यापारी सनी र उहाँका भाइसहित मर्मत केन्द्रमा पुगेर पैसा दिन आग्रह गर्नुभयो। तर फर्निचर मर्मत व्यापारी एस मोहम्मद् फकिरले आफूलाई त्यस बारे केही जानकारी नभएको बताउनुभयो। फलफूल व्यापारीले तत्कालै तौलिहवा वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिए। उजुरी लगत्तै फर्निचर मर्मत केन्द्रका मालिक एस माहोम्मदको घरमा खानतलासी गर्दा २४ लाख ७७ हजार नगद फेला परेको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो। फर्निचर मर्मत व्यापारीले केही पैसा खर्च भएको प्रहरी समक्ष बयान दिएका छन्। एस मोहम्मद र निजको छोरा वर्ष २१ को इसराज फकिरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो। दुवैमाथि चोरीको मुद्दा लगाइएको उहाँले बताउनुभयो।फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका मालिकबीच आपसी मित्रता रहेको थियो। मर्मत केन्द्रमा काम गर्ने मिस्त्रीले सो दराज मर्मत गर्दा लकरमा रकम देखेपछि आफ्नो बुवालाई फोन गरेर के गर्ने भनी सोधेका थिए। उहाँका बुवाले सो रकम बारे फर्निचर मर्मतका मालिकलाई जानकारी दिन भनेका थिए। त्यसपछि सो रकम फर्निचर मर्मत केन्द्रका मालिकले घरमा लुकाएका थिए। मिस्त्रीलाई एक हप्ताको छुट्टीसमेत दिएका थिए।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दामा दुई वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । कोपिला बुढा मगरको जाहेरीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
ज्यान मार्ने र गुण्डागर्दीका आरोपित भुजेल पक्राउ
तनहुँको आँबुखैरेनी स्थित इलाका प्रहरी कार्यालय आँबुखैरेनीले हत्या तथा गुण्डागर्दी गरेको आरोपमा गोरखाका एक युवकलाई पक्राउ गरेको छ ।
निरु बिक हत्यामा आरोपित १८ महिनापछि पक्राउ
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ दाहाँकी १६ वर्षीय वालिका निरु बिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । निरुको हत्या भएको १८ महिनापछि दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
दाउराले हानेर वृद्धको हत्या
तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा वर्ष ३९ को सन्तबहादुर सुनारले दाउरा प्रहार गरी सोही ठाउँको वृद्धको हत्या गरेका छन् ।
बाँकेका कार्यालय निर्देशक बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाँकेको पर्यटन कार्यालयका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध एक लाख ५६ हजार ५५३ रुपियाँ भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
कैलाली प्रहरीले चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।
एक लाखभन्दा बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् ।
लोत्से मलमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु
यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध हुण्डीको कारोबारीमाथि सूक्ष्म अनुसन्धान शुरु
अवैध हुण्डीको कारोबारको अभियोगमा पक्राउ परेका मोरङ जिल्लको रंगेली नगरपालिका वडा नम्बर ४ चोप्राहा निबासी दुइजनामाथि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले सूक्ष्म अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
होटलबाट लागूऔषधसहित चार पक्राउ
पर्सा प्रहरीले वीरगञ्जको बसपार्कमा रहेको डाँफे होटलबाट चार जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार होटलमा शंकास्पद अवस्थामा बसेका युवालाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध डाइजेपाम ५० एम्पुल, नुरफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।
बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ
बालाजुको माछापोखरीमा फागुन १ गते भएको यातायात मजदुर सङ्गठनले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी बिचौलियाको काम गरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालाजु घटनामा संलग्न छ जना सार्वजनिक
काठमाडौंको बालाजुस्थित माछापोखरीमा सोमबार भएको तोडफोडमा संलग्न रहेका छ जनलाई प्रहरीले सार्वजनिक गरेको छ ।
चितुवाको छालासहित दुई जना पक्राउ
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ बाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
चेक अनादर मुद्दाका फरार प्रतिवादी कारागार चलान
चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी प्रकाउ गरेको छ । जिल्ला अदालत जाजरकोटको आदेशले एक महिना कैद जरिवाना भई फरार रहेको धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।