• १३ असोज २०८१, आइतबार

होटलमा युवती झुण्डिएको अवस्थामा फेला

blog

लीलाराज झापाली

बिर्तामोड, वैशाख २६ गते । झापा कनकाई नगरपालिका ३ सुरुङ्गाको एक होटलको कोठामा एक २४ वर्षीया युवती झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् । 

स्थानीय २४ वर्षीया युवती सीता बुढाथोकी चौधरी होटल पाथिभराको कोठामा मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । मृतकको शव झ्यालमा पासो लगाएर मृत्यु भएको अवस्थामा फेला परेको हो ।

लज समेत रहेको उक्त होटलमा उहाँका श्रीमान् रमेश चौधरीसमेत काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

श्रीमान् सुतेको कोठा बाहेक अकै कोठामा मृत अवस्थामा भेटिएपछि प्रहरीले श्रीमानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य प्रतिष्ठान, धरान लगिएको छ ।