नवजात शिशु मृत फेला
हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीलाई ११ थान साइकल प्रदान
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गर्नुभएको छ ।
कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यहीँ रमाइलो’
बडादसैँ घर-घरमा हर्षाेल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरु त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।
दसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो
दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो ।
दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने
दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । कात्तिक १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । अब दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीले तोकिएको सर्तसहित स्वतन्त्ररूपमा बाहिरै बसेर जीवनयापन गर्न पाउने छन् ।
वृद्ध दम्पतीको ६ लाख लुट्ने पक्राउ
वृद्ध दम्पतीको रकम लुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गौशाला बजार क्षेत्रमा असोज ७ गते लुटपाट गर्ने सर्लाही मलंगवा ५ भाडसरका २९ वर्षीय रमेश सनहीलाई प्रहरीले पक्राउ गरेको हो ।
छुटेको पच्चिस दिनमै हत्या
असल चालचलन र ५० प्रतिशत कैद भुक्तान गरेका आधारमा बाँकी कैद मिनाहा गरिएका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्। गत असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद माफी भई कारागार कार्यालय रुकुमबाट मुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
डोजरको ठक्करबाट वृद्धको मृत्युु
गुल्मीमा जेसिबी (डोजर) को ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय कृष्णबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मानव बेचबिखन न्यूनीकरणका लागि समन्वयात्मक भूमिका हुनुपर्ने
मानव बेचबिखन न्यूनीकरणका लागि सरकारी विकासका साझेदार संस्थाहरूबिच समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिइएको छ ।
एक लाख लुटेर भाग्दै गरेका दुई युवा पक्राउ
दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनको तस्करी नियन्त्रणका सूचना र सुझाव माग
सुनको अवैध रूपमा तस्करी हुने क्रम दैनिकजसो बढ्दै गएपछि यसको नियन्त्रणका लागि सुझाव र गोप्य सूचनाहरू माग गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बुधवार गोरखापत्रमा सूचना प्रकाशन गरी सुझाव र सूचनाको आव्हान गरेको हो ।
ठुलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान
बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
महिला मृत अवस्थामा फेला
रुकुमपश्चिमको सदरमुकाम मुसीकोट खलङगाको एक होटलमा एक महिलाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–१ मा रहेको होटेल सत्कारमा महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
नापी कार्यालयका सर्वेक्षक एक लाख बढी घुससहित नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको छ ।
हमाससँग १२६ जना बन्धक भएको इजरायलको दावी
प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।
रेशम महरालाई थुनामा पठाउन आदेश
विद्युतीय चुरोट (भेप) मार्फत अवैध रुपमा सुन तस्करी तथा बिक्री प्रकरणमा परेका राहुल भनिने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।
बहुमुल्य सामान भनी ठगी गर्ने समूहका छ जना पक्राउ
प्राचीन तथा पुरातात्विक बहुमुल्य सामान हो भनी सर्वसाधारणलाई प्रलोभनमा पारेर नगद ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
वृद्धा हत्याका तीन प्रतिवादी कारागार चलान
सत्तरी वर्षीया वृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका-१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्याङ्जाका अधिकांश पसलबाट म्याद गुज्रिएका सामाग्री विक्री
स्याङ्जाको अधिकांश पसलबाट म्याद गुज्रिएका सामाग्री विक्री गर्ने गरेको पाइएको छ । यहाँका व्यपारीहरुले कमाऊ धन्दा चलाउँदै उपभोक्तालाई अखाद्य सामाग्री विक्री गरेको पाइएपछि मानव स्वास्थ्य माथि खेलबाड गरेको भन्दै जरिवाना गराइएको छ ।
अख्तियारद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको तीन मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अधिकृतविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा कार्यरत अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुई जना नियन्त्रणमा
काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।