• २ जेठ २०८१, बुधबार

वृद्ध दम्पतीको ६ लाख लुट्ने पक्राउ

blog

वृद्ध दम्पतीलाई लुटपाट गरेको आरोपमा पक्राउ परेका रमेश सहनी । तस्बिर:नेपाल प्रहरी

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक २ गते । वृद्ध दम्पतीको रकम लुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गौशाला बजार क्षेत्रमा असोज ७ गते लुटपाट गर्ने सर्लाही मलङ्गवा ५ भाडसरका २९ वर्षीय रमेश सनहीलाई प्रहरीले पक्राउ गरेको हो ।

गौशाला बजारस्थित एनआईसी बैङ्कबाट ६ लाख ३६ हजार रुपियाँ निकालेर घरतर्फ जाँदै गरेका गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र सूर्यकला देवीको रकम लुटपाट गरी फरार भएका थिए । 

सिसी क्यामेरा फुटेज तथा अल्फाबेट नखुलेको ७०५९ नंको भारतीय मोटरसाइकलको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।