धम्की दिएर पैसा माग्ने सात जना पक्राउ
सात करोड रुपियाँ माग गरेको आरोपमा प्रहरीले सात जनालाई शुक्रबार पक्राउ गरेको छ।
रञ्जन कोइराला नयाँ बानेश्वरबाट पक्राउ
सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई प्रहरीले शुक्रबार नयाँ बानेश्वरबाट पक्राउ गरेको छ।
गोरू काट्दै गरेको अवस्थामा नौजना पक्राउ
मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रञ्जन कोइरालाको सजाय पुनः सदर
सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला उल्ट्याएको छ । महान्यायाधिवक्ता कार्यालयको पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै अदालतले कोइराला थुनामुक्त भएको झण्डै दुई वर्षपछि तत्कालीन पुनरावेदन अदालतकै फैसला सदर गरेको हो ।
पाँच वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ
सुनसरीको इटहरीस्थित ब्लूमिङ लोटस इङ्ग्लिस स्कुलको विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेको छ ।
मृतक दर्जीको परिवारलाई मुद्दा दर्ता नगर्न दबाब
शङ्कास्पद रूपमा ज्यान गुमाएका रास्कोट नगरपालिका ८ का प्रेम दर्जीको परिवारलाई कानुनी प्रक्रियामा नजान दवाव दिएको परिवारले जनाएको छ ।
दुई वर्षअघिको हत्या प्रकरणमा न्यायको माग
“हामीले न्याय पाउनुपर्छ, न्यायका लागि हामी धेरै पटक काठमाडौँ आयौँ, सुर्खेत गयौँ, हाम्रा छोरा बिनागल्ती मारिए, सरकार हामीलाई न्याय दे” नवराज विककी आमा उर्मिला विकले मङ्गलबार माइतीघर मण्डलामा उभिएर न्याय माग्नुभयो ।
बलात्कारको अपराधमा हदम्याद हटाउन माग
आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरूले माग गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले बलात्कारजस्ता जघन्य हिंसा र अपराधमा भएको हदम्याद व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् ।
निर्वाचनका तीन सय उच्छृङ्खल घटनाको छानबिन जारी
प्रहरीले निर्वाचनको अवधिमा अवरोध गर्दा भएको तीन सय घटनाको छानबिन गरिरहेको छ । स्थानीय तह निर्वाचनलाई प्रभाव पार्ने गरी उच्छृङ्खल गतिविधि गर्दा भएको ती घटनाको प्रहरीले कारबाही थालेको छ ।