जातीय विभेदका कारण श्रीमतीलाई यातना
पाल्पाको तानसेन नगरपालीका ९ दमकडाकी मोना क्षेत्री भुषालले बिगत ३ बर्षदेखी जातीय विभेदको सिकार बन्न पुग्नुभएको छ । उहाँले २०७४ फागुनमा दमकडाका ब्राहमण जातका अनुपम भुषालसँग प्रेम गरी मागी विवाह गर्नुभएको थियो ।
अभिनेता शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
कास्की, जेठ १९ गते। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालतमा शाहको तर्फबाट परेको निवेदनमा बिहीबार उच्चले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो।न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पोखराका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रतिवादी पल शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतबाट भएको आदेश बेरितको नदेखिँदा परिर्वतन गरिरहनु परेन।”अभिनेता शाह एक नाबालिग बलात्कार मुद्दामा तीन महिनादेखि जिल्ला कारागार तनहुँको थुनामा हुनुहुन्छ। कारागार चलान गर्ने तनहुँ जिल्ला अदालतको फैसलाविरुद्ध शाहका वकिलले उच्च अदालतमा निवेदन दिनुभएको थियो। शाहलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग उहाँहरुको थियो।उच्च अदालतमा सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ता भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गर्नुभएको थियो। यसैगरी सरकारका तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता ईश्वरी ढकाल र उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता अमृत सुवेदीले बहस गर्नुभएको थियो। रासस
झापामा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
लीलाराज खडका विर्तामोड, जेठ १९ गते। झापाको विर्तामोड र आसपपासका क्षेत्रमा मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय विर्तामोडले बिहीवार पत्रकार सम्मेलन गरेर मोटरसाइकल चोरी गर्ने १० जना र उनीहरुले चोरी गरेका विभिन्न कम्पनीका १२ वटा मोटरसाइकल सार्वजनिक गरेको हो। तीन दिन पहिले मात्रै झापाको दमकबाट चार थान मोटरसाइकल र २ जना मोटरसाइकल चोरीमा संग्लनलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले मोटरसाइकल चोरीमा संलग्न विर्तामोड नगरपालिका-५ का १८ वर्षीय करण मण्डल, विर्तामोड-३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा-८ का १८ वर्षीय समीर मियाँ, टिकुली-५ सप्तरीका २७ वर्षीय करण महमद, गौरीगंज-५ का १८ वर्षीय ओम प्रकाश यादव, चुलाचुली इलामका १८ वर्षीय राहुल श्रेष्ठ र अन्य १४ र १५ वर्षका झापाकै नाबालाकलाई पक्राउ गरेको हो। दुई जना नाबालक भएकाले सार्वजनिक नगरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो। प्रहरीले ४ वटा बजाज, ५ वटा हिरो होण्डा, एउटा टीभीएस, एउटा यामाहा र एउटा सुजुकी कम्पनीका मोटरसाइकल बरामद गरेको छ। प्रहरीले चोरीका मोटरसाइकल झापाको अर्जुनधारा १० मा रहेको करण महमदको ग्यारेजबाट बरामद गरेको हो। तराई जिल्लामा मोटरसाइकल चोरी गरेर पहाडी जिल्लामा बिक्री गर्ने गरेकोसमेत खुलेको छ। प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ठूलो गिरोहको पहिचान भइसकेको दाबी गरेको छ। पक्राउ परेका सबै जनालाई चोरी मुद्दामा म्याद थप गरेर आवश्यक कानुनी कारबाही अगाडि बढाइ सकिएको प्रहरीले जनाएको छ।
घुस लिएको अभियोगमा प्रधानाध्यापक र अध्यक्ष पक्राउ
महोत्तरी जिल्ला श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले ५० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले दुवैजनालाई बिहीबार पक्राउ गरेको छ ।
प्रहरीको सरुवा बढुवा उत्कृष्टलाई प्राथमिकता : आईजीपी सिंह
प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा बढुवामा राजनीनिक प्रभाव रोकिने बताउनुभयो ।
ईनारमा शव फेला, हत्याको आशङ्का
सिरहाको गोलबजार नगरपालिका –२ टुड्कीया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव विहीवार विहान इनारभित्र फेला परेको छ । पत्नीका लागि औषधी लिएर फर्किन्छु भन्दै मङ्गलबार बेलुकी साइकल लिएर बाहिर जानुभएका उहाँ नफर्किनु भएपछि आफन्तले खोजतलास गर्ने क्रममा विहीवार विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शव फेला परेको हो ।
थुनुवा कैदी हतकडीसहित फरार
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १९ गते । कैलालीस्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने क्रममा घोडाघोडी नगरपालिका २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभएको छ ।१४ जेठमा पाण्डेसहित अन्य दुई जनालाई प्रहरीले आगूऔषधसहित पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजी जारी रहेको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
किशाेरीलाई अपहरणपछि दुर्व्यवहार गरेकाे आरोपमा ६ जना पक्राउ
कपिलवस्तुकी १७ वर्षीया किशाेरीकाे अपहरणपछि बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
अदुवा खेतीको नाममा नक्कली बिल बनाउने घिमिरेविरुद्ध अदालतमा आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान (सिस नेपाल) का अध्यक्ष ओम प्रकाश घिमिरे र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।