दाजुको कुटाइबाट भाइको मृत्यु
स्याङ्जाको भीरकोटमा सामान्य बिबादका बिच हानहान हुँदा एकजनाको मृत्यु भएको छ । गए राती भीरकोट नगरपालिका वडा नम्वर ३ रिजुका ४५ बर्षीय श्यामबहादुर रोकाको ज्यान गएको हो । खाना खाने क्रममा बिबाद हुँदा दाजु पर्ने ५० बर्षीय यामबहादुर रोकाको कुटाईबाट श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
गाडीको ठक्करबाट एकको मृत्यु
बर्दियाको गेरुवा गाउँपालिकामा यात्रुबाहक गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–६ नौरंगामा यात्रुबाहक गाडीले ठक्कर दिँदा पैदलयात्री राजापुर नगरपालिका –१ का ३२ वर्षीय वसन्त थारुको मृत्यु भएको हो ।
पाँच अर्ब ८४ करोड ४० लाख ठगी अभियोगमा सिर्जना पक्राउ
काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ ।
बाँकेमा करिब छ करोडको चोरी पैठारीको सामान बरामद
प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाई गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो ।
नागपोखरीको सुनचाँदी चोरी गर्ने तीनजना पक्राउ
प्रहरीले नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
मूर्तिमा जडित सुनचाँदीको गहना चोर्ने तीन पक्राउ
प्रहरीले काठमाडौंको नक्सालस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
एटिएम मेसिन फोर्न खोज्ने पक्राउ
एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगर रहेका छन् ।
पाँच लाख भारूसहित पाँचजना पक्राउ
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।
नाबालिकालाई वेश्यावृत्ति गर्न लगाउने महिला पक्राउ
काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो ।