३० हजार घुस लिने रायमाझी अख्तियारको नियन्त्रणमा
नापी कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको नियन्त्रणमा पर्नुभएको छ ।
कैदी आत्महत्या घटनाको स्थलगत अनुसन्धानका लागि समिति गठन
गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागारमा कैदीको आत्महत्या घटनाको छानबिनका लागि समिति गठन गर्नुभएको छ ।
श्रीमानको यातनाले गीताको मृत्यु
शान्ता अधिकारी चितवन, जेठ १७ गते । श्रीमानको क्रूर यातनाबाट घाइते भएका खैर नगरपालिका १० का गीता माझीको ज्यान गएको छ । श्रीमान रामचन्द्र माझीद्वारा याैनाङ्ग क्षतविक्षत बनाएपछि उपचारको क्रममा भरतपुुर अस्पतालमा सोमबार राति ११:३० बजे गीताको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आफ्नै घरमा बन्धक बनाएर क्रूर यातनापछि रगताम्य भएका गीतालाई स्थानीयको सहयोगमा उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । चिकित्सकका अनुसार गीताको याैनाङ्गको चार तह च्यातिएको थियो । उहाँको याैनाङ्गमा शल्यक्रिया गरे पनि उपचार सफल हुन नसक्दा दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्यालगायतका स्वास्थ्य जटिलता उत्पन्न भएको थियो ।घाइते महिलाको मृत्यु भएपछि प्रहरीले प्रतिवेदनको आधारमा ज्यान मार्ने उद्योग र जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर रामचन्द्रलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङ्टार नगरपालिका–२ घर भई हाल काठमाडौं नार्गाजुन नगरपालिका–१ बस्ने ५१ वर्षीया लक्ष्मी सापकोटा रहनुभएको छ ।
एम्बुलेन्स चालक पक्राउ
सुनकोशी गाउँपालिका–७ पाङगे्रटारको दुई किलोमा जेठ ११ गते एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना गराएर फरार रहेका एम्बुलेन्स चालक रबिन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना एक बृद्धाको मृत्यु भएको थियो तर चालक फरार रहेका थिए ।
बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने बताउनुभएको छ ।
कामै नगरी रकम भुक्तानी खोज्नेविरुद्ध अदालतमा आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्ला आठविस नगरपालिका ८ मा रहेको गणेश आधारभुत विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार आरोप पत्र दायर गरेको छ ।
सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ
विजयकुमार साह ढल्केबर, जेठ १६ गते । गत १ चैतमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले आइतबार ती चार जनालाई नियन्त्रणमा लिएको हो । घटना संलग्न भनिएका अझै एकजना फरार रहेको तथा अनुसन्धान प्रक्रिया प्रभावित हुने भएकाले नियन्त्रणमा लिएकाहरुको नाम तत्काल सार्वजनिक गर्न नमिल्ने इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभयो । उहाँले पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा चारजनालाई नियन्त्रणमा लिएका जानकारी दिनुभयो । गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ स्थित एक होटल ल्याएर जबर्जस्ती करणी गरेका थिए । पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालय ढल्केबरमा किटानी जाहेरी दिएका थिए ।प्रहरी निरीक्षक सिंहका अनुसार जिल्ला अदालत धनुषाले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेको छ । आरोपितमध्ये चारजना पक्राउ गरिएको र घटनामा संलग्न भनिएका अन्य एकजनालाई पक्राउ गर्न खोजतलास भइरहेको छ । पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।
स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको रकमसहित एक भारतीय युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । भारत विहारको पानावेला ग्रामपञ्चायत–१३ घर भएका २२ वर्षीय युवक जिशान शेखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।