चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा
काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो ।
धर्मसन्तानका नाममा गैरकानुनी रुपमा लगियाे १४९ बालबालिका विदेशमा
धर्मसन्तानका नाममा १४९ बालबालिका गैरकानुनी रुपमा विदेश लगिएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार १४९ बालबालिका धर्मसन्तानका नाममा गैरकानूनी रुपमा विदेशमा लगिएको देखिएको हाे।
झुण्डिएका तीन किशोरी घटना : शंकास्पद र अनौठो
झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुईजनाको मोवाइल फेला परेको प्रहरीले जनाएको छ ।
दाङमा एक बालिका बलात्कृत
दाङ जिल्लामा एक बालिका बलात्कृत भएकी छिन् । स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कार गरेर भीरबाट खसालेको प्रहरीले जनाएको छ ।
ठगी आरोपमा कल सेन्टरका सञ्चालक पक्राउ, १५० युवकयुवती प्रहरी नियन्त्रणमा
रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
हत्या भएकाे ४८ दिनपछि गाडेकाे स्थानबाट शव, श्रीमानसहित तीन जना पक्राउ
सर्लाहीको पर्सा गाउँपालिकामा ४८ दिनदेखि बेपत्ता एक महिलाको हत्या गरी खेतमा गाडेको अवस्थामा शव फेला परेको छ । जिल्लाको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–१, शीतलपुरकी २० वर्षीया निशा यादव हराएको ४८ दिनपछि उहाँको शव फेला परेको हो ।
कुटपिट गरी श्रीमतीको हत्या
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।
खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ
पुर्नवास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८दशमलव३७ ग्राम लागूऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको छ ।
लागूपदार्थ गाँजासहित दुई युवा पक्राउ
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।