वर्षौँदेखि अलपत्र कालिगण्डकी गर्ज निर्माणको प्रक्रियामा
मुस्ताङ र म्याग्दीमा आयोजनाको संरचना रहने गरी प्रस्ताव गरिएको १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडी बढाइएको छ ।
तालिमी र प्रशिक्षार्थी नाममा शोषण
नेपालमा उद्योग प्रतिष्ठानमा तालिमी र प्रशिक्षार्थी श्रमिक राख्ने क्रम भने बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०७९ ले तालिमी र प्रशिक्षार्थी श्रमिकको सङ्ख्या २० प्रतिशत भएको तथ्य सार्वजनिक गरेको हो ।
दुई वटा जहाज थप्दै नेपाल वायु सेवा निगम
नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई वटा जहाज खरिद गर्ने प्रव्रिmया अगाडि बढाउन उपसमिति बनाएको छ ।
कच्चा पेट्रोलियम पदार्थको मूूल्य बिस प्रतिशत घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल ब्रेन्ड) को मूूल्य २०.३ प्रतिशतले घटेको छ ।
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।
कालीगण्डकी कोरिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।
तातोपानी नाका आंशिक निर्यातमा सीमित
चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ ।
लगानीको लय खोज्दै निजी क्षेत्र
नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जाको प्रचुर उपलब्धता, हरेक प्रकारको खेतीका लागि उपयुक्त मौसम र युवा जनसङ्ख्याको बाहुल्य छ । यसलाई आधार मानेर लगानी प्रवर्धन हुँदा समृद्धि हात लाग्छ ।
बुद्ध एयरको सेयरमा बस्नेत दाजुभाइको विवाद सतहमा
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच कम्पनीको सेयर विवाद चर्किएको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि उहाँका दुई छोरा वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरबीच सेयर भागबन्डाको विषयमा विवाद चुलिएको हो । दुई दाजुभाइमध्ये कान्छा भाइ शिवेन्द्रबहादुरले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्ना बुवा सुरेन्द्रबहादुर बस्नेतले दुई दाजुभाइलाई भागबन्डा गरेको सेयरको कुनै हिसाब नदिई सेयरको स्वामित्वबाट समेत वञ्चित गर्दै कम्पनीबाट गलहत्याएको जनाउनुभएको छ ।
टोयोटाको नाफा प्रषेपणभन्दा बढी
सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ ।
धान उत्पादनमा वृद्धि तर आयात घटेन
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा नेपालमा १३ अर्बको चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत्र सम्म १२ अर्ब ९५ करोड ५ लाख ८१ हजार बराबरको चामल आयात भएको हो ।
रारा पर्यटन पदमार्ग अलपत्र
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माण अलपत्र परेको छ ।
कृषि बाली बिमाप्रति छैन किसानको आकर्षण
सरकारले कृषि बिमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण त्यसप्रति बढेको देखिएको छैन । २०७१ देखि सुरु भएको कृषि बिमामा हालसम्म दुई लाख किसान मात्र सहभागी भएका छन् ।
स्टार्टअप कर्जाका लागि चार सय आवेदन
स्टार्टअप परियोजनामार्फत कर्जाका लागि झन्डै चार सय सङ्ख्यामा आवेदन परेका छन् । स्टार्टअप कोष कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराउने कर्जाका लागि परेका आवेदन प्रारम्भिक चरणको छनोट प्रतिक्रियामा रहेका छन् ।
साउदीबाट पुनः श्रम स्वीकृति
साउदीको रियादमा रहेको नेपाली दूतावासले साउदीको दुई ठाउँबाट अनलाइनबाट पुनः श्रम स्वीकृति (नवीकरण) दिन थालेको छ । दूतावासका अनुसार गएको आइतबार २४ गतेदेखि दूतावास रियाद र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालेको हो ।
थप एउटा मोबाइल ल्याउन पाइने
सरकारले विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले झिटीगुन्टा नियमावली संशोधन गरेर वैदेशिक रोजगारीमा गएका नेपालीलाई मोबाइल ल्याउने बाटो खोल्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कहीँ सुस्त, कहीँ सुरु नै भएन
चालु आर्थिक वर्षको १० महिना बित्नै लागेको छ तर रामेछापका स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमले गति लिन सकेको छैन ।
वैदेशिक सहायताका आयोजनाको प्रगति न्यून
वैदेशिक सहायतामा सञ्चालित आयोजनाको वित्तीय प्रगति न्यून देखिएको छ ।
राजधानीको विद्युत आपूर्ति सहज बनाउन पहल
नेपाल विद्युत् प्राधिकरणले आगामी सन् २०५० सम्मका लागि विद्युत् आपूर्ति पर्याप्त हुने गरी उच्च क्षमताका थप सब-स्टेसन निर्माण गरिरहेको जनाएको छ ।
सामाजिक सुरक्षा ऐनले अनौपचारिक क्षेत्रमा श्रमिक समेट्न सकिएन
सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने भनेको छ । अनौपचारिक क्षेत्रका श्रमिक समेट्न कार्यविधिसमेत आएको छ तर पनि कार्यान्वयनमा आउन सकेको छैन ।
मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो
आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्यायाङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्यायाङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।
उपत्यकामा आठ सब-स्टेसन निर्माणाधीन
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सब-स्टेसन निर्माण गरिरहेको छ ।
पशुपतिको विद्युतीय शव दाह अव निःशुल्क
पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ ।
गुच्ची च्याउले मनग्य आम्दानी गर्दै मुगुवासी
गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएसँगै मुगुवासीले आम्दानी गर्न थालेका छन् । यो मौसममा यहाँका स्थानीय जङ्गलमा गई जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न हिजोआज व्यस्त हुन थालेको छ ।