सुन, चाँदीको मूल्यवृद्धि
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।
प्लास्टिकजन्य कच्चा पदार्थबाट हस्तकलाका सामान
पर्यावरणमा गम्भीर प्रभाव पारिरहेको प्लास्टिकलाई पुनः प्रयोग गर्न सके आम्दानी वातावरण बच्ने देखिन्छ । सयौँ वर्ष माटोमा नकुहिने बोतल, झोला जस्ता प्लास्टिकजन्य वस्तुलाई माटोमा जानबाटै रोकेर प्रशोधन गरी पुनः प्रयोग गर्ने कार्यसमेत सुरु भएको छ । भरतपुर महानगरपालिका–९, शोभा थापामगर अहिले प्लास्टिकको ढकिया, चकटी, गमलालगायतका हस्तकलाका वस्तु बनाउनुहुन्छ । “यो चाउचाउको खोलको गमला हो । यसमा प्रयोग भएको टल्कने चिज धेरै समयसम्म नहट्ने रहेछ,” प्लास्टिकको गमला देखाउँदै उहाँले भन्नुभयो, “हामीले बनाएका हस्तकलाका समान अहिले महानगरभरि हुने विभिन्न कार्यक्रममा मायाको चिनो दिन प्रयोगमा ल्याइएका छन् ।”
न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन, नेपाल खण्ड छुट्टै बनाइने
नेपाल–भारत विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिँदै आएको न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड एमसिए नेपालले छुट्टै प्याकेज बनाएर निर्माण गर्ने भएको छ । प्रसारण लाइनको समग्र परियोजना कार्यान्वयनमा सिथिलता देखिँदा अन्तरदेशीय प्रसारण लाइन पूर्वाधार पनि समस्यामा पर्ने भएपछि एमसिए–नेपाल सञ्चालक समितिले नवलपरासीको न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्ने निर्णय गरेको हो ।
सस्तोमा टेलिकमको डेटा रोमिङ
नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ । यससँगै विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्नेले पहिलेभन्दा सस्तो दरमा डेटा सेवा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । विदेशमा रहने टेलिकमका प्रयोगकर्ताले डेटा रोमिङ सेवा धेरै प्रयोग गर्ने पाइएकाले सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ साझेदारहरूसँग सम्झौता गरी महसुल दरमा कटौती गरिएको टेलिकमले उल्लेख गरेको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन : नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
एयर कार्गोको शुल्क बढ्यो
नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर कार्गोको आयात/निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एयर कार्गो बिल्डिङका अनुसार एयर कार्गो आयात/निर्यातको शुल्क बढाइएको हो ।
गुणस्तरीय औषधी उत्पादनमा जोड
मुलुकलाई औषधीमा आत्मनिर्भर बनाउन गुणस्तरीय औषधी उत्पादन गर्न सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘औषधीमा गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा उहाँले त्यसका लागि नेपाली औषधी उत्पादकले गुणस्तरीयता ध्यान दिने र सरकारले उद्योगहरूलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
हालसम्मकै उच्च सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ
साढे दुई अर्बभन्दा बढीको सापटी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १४ हजार ६५ योगदानकर्ताले दुई अर्ब ५३ करोड ३८ लाख ५८ हजार ७० रुपियाँ सापटी लिएका छन् । कोषले डेढ वर्षको अवधिमा योगदानकर्ता विशेष सापटी योजना, योगदानकर्ता घर सापटी योजना, योगदानकर्ता शैक्षिक सापटी शीर्षकमा त्यो बराबरको रकम लिएका हुन् ।
उपयोगमा ल्याइँदै प्रयोगविहीन फ्रिक्वेन्सी
नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगविहीन दूरसञ्चार फ्रिक्वेन्सीको आवश्यकता अनुसार उपलब्धता बढाउँदै जाने नीति अख्तियार गर्ने भएको छ । दूरसञ्चार सेवाका लागि उपलब्ध कुल फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्र प्रयोगमा रहेकाले अवितरित फ्रिक्वेन्सी वितरण गर्दै जाने नियामकले योजना बनाएको हो । प्राधिकरणको २६ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष भूपेन्द्र भण्डारीले सीमित स्रोतका रूपमा रहेको दूरसञ्चार सेवाका लागि छुट्याइएको फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्रै आपूर्ति भएको बताउनुभयो ।
युएई रोजगार मेलामा चौसट्ठी म्यानपावर सहभागी
वैदेशिक रोजगार बोर्डको सहकार्यमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना गरेको रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न भएको छ । रोजगारदाता/एजेन्सी र श्रमिकलाई प्रत्यक्ष जोड्ने उद्देश्यसहित सङ्घले शनिबार युएईमा १७ वर्षपछि उक्त मेलाको आयोजना गरिएको हो ।
फेरि बढ्न थाल्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । एक महिनाअघिदेखि घट्दै गएको सुनको मूल्य अहिले आएर पुनः बढ्न थालेको हो । आइतबार सुनको मूल्य बढेर प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएको छ ।
नगदै दिइने सामाजिक सुरक्षामा पनि कर
सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने सामाजिक सुरक्षाको भुक्तानीमा समेत सामाजिक सुरक्षा कर लगाउने उपाय निकालेको छ । हालै कार्यान्वयनमा आएको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना, २०८० ले सामाजिक सुरक्षामा वित्तीय स्रोत व्यवस्थापनका लागि यस्तो उपाय अघि सारेको हो । विगत केही वर्षयता सरकारले सञ्चालन गरिरहेका विभिन्न १९ वटा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतका ८७ वटा ‘स्किम’ का लागि विनियोजन गर्नुपर्ने बजेट बढ्दो छ । चालु आर्थिक वर्षमा मात्रै सरकारले सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न कुल बजेटको १४.८ प्रतिशत अर्थात् दुई खर्ब ५८ अर्ब ७९ करोड रुपियाँ विनियोजन गरेको छ ।
विद्युतीय गाडीमा आकर्षण,सात महिनामा १८ अर्बको आयात
पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो । बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो ।
ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई आग्रह गरेको छ । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने तथा त्यसको निर्यात तथा आन्तरिक खपत प्रवर्धन गर्न आगामी छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी आवश्यक रहेको जिकिर गर्दै प्राधिकरणले साझेदारहरूलाई सहायता विस्तारका लागि आग्रह गरेको हो ।
अवैध चिनीसहित पिकअप नियन्त्रण
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा भन्सार छली ल्याएको ३५ बोरा चिनी बरामद गरेको छ । बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गे स्थित अर्घाखाँची चोकमा लु २ च ९६७३ नम्बरको पिकअप गाडीबाट अवैध चिनी बरामद गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो ।
परीक्षणमै भेटियो गुणस्तरहीन दुध
राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा परीक्षण गरिएको अधिकांश दुध गुणस्तरहीन रहेको पाइएको छ । बोर्डले एक हजार १६३ वटा नमुना परीक्षा गर्दा त्यसको प्याकेटमा तोकिएकोभन्दा कम तौल पाइएको तथा तोकिएको मापदण्डभन्दा दुधमा कम फ्याट र एसएनएफ पाइएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बिहीबार आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले डेरी उद्योगीले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा ध्यान नदिएको बताउनुभयो । बोर्डकै प्रयोगशालामा परीक्षण गर्दा दुध तथा दुग्धजन्य पदार्थ गुणस्तरीय नरहेको उहाँले जानकारी गराउनुभयो ।
विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण तीव्र
नेपाल विद्युत् प्राधिकरणले गएको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टको लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको हो । साथै वितरण ट्रान्सफर्मर पनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ ।
‘स्पोर्ट्स कनेक्ट’ अर्को महिना
नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले चैत अन्तिम साता काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ हुने भएको छ ।
विद्युतीय ट्याक्सीप्रति आकर्षण
काठमाडौँ उपत्यकामा विद्युतीय ट्याक्सीप्रति व्यवसायीको आकर्षण बढेको छ । नयाँ ट्याक्सी खरिद गर्ने अधिकांश ट्याक्सी व्यवसायीले विद्युतीय ट्याक्सी खरिद गरेका छन् । दुई वर्षको अवधिका तीन सय विद्युतीय ट्याक्सी खरिद भएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ ।
छ अर्बले घट्यो खाद्यान्न आयात
चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख ८१ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म २८ अर्ब रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, जौ, कोदो) आयात भएको हो । गत वर्ष सो अवधिमा ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम भएको हो । बजारमा माग कम हुँदा खाद्यान्न आयात कमी भएको हो ।
विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ ।
सूचना प्रविधिका परियोजना तयार गर्न आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि सूचना प्रविधि (आइटी) क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनिजका पदाधिकारीसँग मङ्गलबारको भेटमा उहाँले सूचना प्रविधिका परियोजना लिएर आउन आग्रह गर्नुभएको हो ।
जीवन बिमा व्यवसायको वृद्धिदरमा सङ्कुचन
चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्म जीवन बिमा कम्पनीहरूले करिब ८७ अर्ब कुल बिमा शुल्क सङ्कलन गरेका छन् । अहिले सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले सात महिनाको अवधिमा ८६ अर्ब ८८ करोड आठ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा १४ जीवन बिमा कम्पनीले १६ अर्ब ११ करोड छ लाख रुपियाँ प्रथम बिमा शुल्क सङ्कलन गरेका छन् भने ७० अर्ब ७७ करोड दुई लाख रुपियाँ नवीकरणीय बिमा शुल्क सङ्कलन गरेका छन् । सबै जीवन बिमा कम्पनीका एक करोड ३७ लाख ७३ हजार ३१५ सक्रिय बिमालेख रहेका छन् ।