काठमाडौं, वैशाख ११ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मङ्गलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु. दुई हजार सात सयले ओरालो लागेको छ ।
सोमबार तोलामा रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन सोमबार तोलामा रु. एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ ।
महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु. ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला रु. एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ । रासस