करको जोखिम भार हेर्न छुट्टै निकाय जरुरी
करको जोखिम भार हेर्न छुट्टै निकाय जरुरी रहेको सरकारकै प्रतिवेदनले निष्कर्ष निकालेको छ । कर प्रणालीमा समयानुकूल संशोधनका लागि सरकारले गठन गरेको कर प्रणाली सुधार उच्चस्तरीय समितिले तयार गरेको प्रतिवेदनले सोसहित राजस्व न्यायाधिकरणको विद्यमान संरचनामा पनि परिवर्तन जरुरी रहेको उल्लेख गरेको छ । समितिले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको प्रतिवेदनले पछिल्लो दशकमा राजस्व वृद्धि हुन नसक्नुमा छुट पनि एउटा कारण रहेकाले राजस्व छुट नभई करको दायरा बढाउने र कर घटाउने नीति श्रेयस्कर हुने सुझाव दिएको छ ।
बिमा व्यवसायमा सङ्कुचन
मुलुकको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बिमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ । अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बिमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो । जीवन बिमा लेख सङ्ख्यामा आएको गिरावट र निर्जीवन बिमा कम्पनीको बिमा शुल्क सङ्कलनमा पछिल्लो समय कमी आइरहेको छ । कम्पनीहरूको बिमा शुल्क आर्जनको दर सामान्य वृद्धि देखिए पनि समग्र व्यवसायको वृद्धिमा सङ्कुचन आइरहेको छ ।
सबैले स्वामित्व लिन सक्ने कार्यक्रम बजेटमा समेट्न निर्देशन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने बारे निर्देशन दिनुभएको छ । शनिबार अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकसमेतको बैठकमा उहाँले बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिनुभएको हो । सो क्रममा उहाँले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिनुभयो ।
जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय
जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेसनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ ।
अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग
भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका बेकरी उद्योग सङ्कटमा पर्दै गएका छन् । लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, केकलगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग सङ्कटमा पर्दै गएका जिल्लास्थित बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरबहादुर गिरीले बताउनुभयो ।
लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल
आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ ।
सुनको मूल्य दुई हजार एक सयले बढ्यो
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु. दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।
तोलामा एक हजार एक सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।
एकतिस मेगावाट सोलार रुफटप जडानको लक्ष्य
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले निजी तथा आवासीय विद्यालयमा सोलार रुफटप जडान गर्ने योजना अघि सारेको छ । खनिज इन्धन खपत कम गर्ने तथा हरित ऊर्जा प्रवर्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार अहिले ३१ मेगावाट सौर्य रुफटप प्रणाली जडान गर्ने लक्ष्य राखिएको छ । यसका लागि केन्द्रले निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सनसँग छलफल अगाडि बढाएको छ । “लक्ष्य हासिलका लागि प्याब्सनसँग आबद्ध करिब सात हजार विद्यालय सौर्य रुफटप प्रणाली जडान गर्न सम्भाव्य देखिएको छ,” ढकालले भन्नुभयो, “‘रुफटप प्रणाली जडानले उद्योग व्यवसायमा दैनिक रूपमा हरित ऊर्जाको उपयोगबाट कार्बन उत्सर्जन न्यूनीकरणमा सघाउ पुग्छ ।”
वित्तीय साक्षरताबाट पाँच हजार पाँच सय लाभान्वित
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट पाँच हजार पाँच सय ९० जना लाभान्वित भएका छन्।
रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षाको चुनौती आए बन्द गरिने : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए बन्द गर्न सकिने बताउनुभएको छ ।
ऊर्जा क्षेत्रमा लगानी बढाउन आग्रह
नेपाल विद्युत् प्राधिकरणले नेपालको ऊर्जा क्षेत्रलाई अझै गतिशील र तीव्र विकास गर्न विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तार कार्यमा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायक नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गर्नुभएको हो ।
श्री एयरलाइन्सको जहाज थप
श्री एयरलाइन्सले क्यानडाको दी हाभिल्यान्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुई वटा जहाज नेपालमा भित्र्याएको छ । यसअघि कम्पनीले आठ वटा जहाज र आठ वटा हेलिकोप्टरमार्फत हवाई सेवा दिँदै आएको थियो । नयाँ जहाज भित्रिएसँगै कम्पनीसँग वायुयानको सङ्ख्या १८ पुगेको छ ।
‘नेपालको लेखा प्रणाली विश्वसनीय’
विश्व बैङ्कले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । अर्थमन्त्री वर्षमान पुनसँग सोमबारको भेटका क्रममा विश्व बैङ्ककी उपाध्यक्ष एवं वित्तीय तथा लेखा हेर्ने निर्देशक पामेला ओ कोनेलले नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताउनुभएको हो । केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमणका क्रममा नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट पाएको उहाँको भनाइ थियो । लेखा प्रणालीमा अपनाइएको कागजविहीन प्रणालीले सुशासनका लागि प्रभावकारी काम गर्ने कोनेलको भनाइ थियो । भेटका क्रममा अर्थमन्त्री पुनले १२ वर्षअघि आफू पहिलो पटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको बताउनुभएको थियो । त्यस्तै उहाँले परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने प्रतिबद्धता उल्लेख गर्नुभयो ।
ऊर्जा क्षेत्रमा अनुदान बढाउने प्रतिबद्धता
जर्मनी तथा युरोपेली युनियनका अधिकारीले नेपालको ऊर्जा क्षेत्रमा भइरहेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अनुदान बढाउने प्रतिबद्धता जनाएका छन् । निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमनमा पुगेका जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिट को नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैङ्क (केएफडब्लु) का प्रतिनिधि सम्मिलित अधिकारीले यस्तो प्रतिबद्धता जनाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चीनतर्फको निर्यातमा सुधार, एकै वर्ष चार गुणाले बढ्यो
कोरोना सङ्क्रमणका कारण घटेको चीनसँगको निर्यात व्यापारमा क्रमिक सुधार आउन थालेको छ । सुरक्षाको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकासमेत लामो समय बन्द हुँदा नेपालबाट सोझै चीनतर्फ हुने निर्यात प्रभावित भएको थियो । यद्यपि कोरोना सङ्क्रमणको असर कम हुन थालेपछि भन्सार नाकासमेत नियमित सञ्चालनमा आएपछि निर्यातमा उल्लेख्य सुधार देखिन थालेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
बिचौलियाको हातमा अलैँचीको मूल्य, प्रतिमन ८६ हजारमा किनबेच
अलैँचीको मूल्य निर्धारण बिचौलियाको हातमा रहेको भन्दै किसानहरूले नियमन गर्न माग गरेका छन् । बिचौलियाले किसानले विक्री गर्ने समयमा कम मूल्य बनाएर खरिद गर्ने र बढी मूल्य बनाएर विक्री गर्ने गरेको पाइएको हो ।
सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह
पाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।
डिडिसीले किसानबाट सङ्कलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या
किसानले भुक्तानी पाउनेभन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध सङ्कलन भए पनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो ।
तोलामा एक हजार तीन सयले घट्यो सुन
बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।
सुनको मूल्य दुई हजार छ सयले बढ्यो
स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु. दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो ।
‘पसल दर्ता नगरेर व्यवसायी चोर बाटो हिँड्न खोज्छन्’
काठमाडौं महानगरपालिकाले तरकारी तथा मासुजन्य उद्योग तथा व्यवसायलाई दर्ता हुन आग्रह गर्नुका साथै दर्ता नभए कारवाही गर्ने बताएको छ ।
डिडिसीमा डेढ अर्बको दुग्धजन्य पदार्थ मौज्दात
उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ । बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान (डिडिसी) को काठमाडौँ दुग्ध विकास आयोजना बालाजुमा झन्डै डेढ अर्ब रुपियाँ बराबरको मखन र पाउडर दुध मौज्दात रहेको हो । उपत्यकामा सबैभन्दा ठुलो बिक्री आयोजना बालाजुमा एक अर्ब ३५ करोड पाँच लाख ४६ हजार रुपियाँको सामान मौज्दात रहेको छ । दस लाख १५ हजार ५६५ केजी धुलो दुध र सात लाख ६७ हजार १४४ केजी मखन मौज्दात रहेको आयोजनाले जनाएको छ । मखन प्रतिकेजी ९ सय रुपियाँ बिक्री मूल्य राखिएको छ ।
‘छोरीको प्रेरणाले व्यवसायी बनायो’
व्यक्तित्वलाई आकर्षक बनाउन फेसनेबल कपडासँगै ब्यागले पनि सहयोग गर्छ । खास गरी सहरका युवायुवतीले फेसनका रुपमा ब्याग बोक्न थालेका छन् ।