पोखरामा गत आर्थिक वर्षमा झण्डै पाँच अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल पाँच अर्ब १० करोड रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व सङ्कलन गरेको उल्लेख गरेको छ ।
कृषितर्फ करिब तीन हजार उत्तीर्ण
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको दोस्रो चरणको नतिजा सार्वजानिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार दोस्रो चरणका लागि गत असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा सहभागीमध्ये एक हजार १०३ जना उत्तीर्ण भएका हुन् । दोस्रो चरणका लागि चार हजार २५८ जनाले आवेदन दिएकामा परीक्षामा तीन हजार १३ जना सहभागी भएका थिए ।
असार बित्यो, देशभर ६० प्रतिशत मात्र रोपाइँ
असार अन्तिमसम्म देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कुल रोपाँई हुने १५ लाख चार हजार हेक्टर क्षेत्रफलमध्ये आठ लाख ९९ हजार हेक्टर क्षेत्रफलमा रोपाँई सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ ।
विराटनगर महानगरकाे कर दायरामा हेरफेर
विराटनगर महानगरपालिकाले करको दायरामा हेरफेर गरेको छ । सामाजिक कार्यहरुमा कर घटाइए पनि निर्माण र मदिरा व्यवसायलगायतमा कर बढाएको छ ।
जीएमआरलाई दुई वर्ष थप
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्धक भारतीय कम्पनी जीएमआर अपर कर्णालीलाई सरकारले दुई वर्ष थप गरेको छ । आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसकेर अलमलिरहेको सो प्रवद्र्धकलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय व्यवस्थापनका लागि सो समय थप गर्ने निर्णय गरेको हो । नौ सय मेगावाट क्षमताको यो आयोजना विकासका लागि सन् २०१४ मा नेपाल सरकार र जीएमआरबीच परियोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
योगदानकर्ता सापटी निर्देशिका स्वीकृत
सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आइतबार उक्त निर्देशिका स्वीकृत गर्नुुभएको हो ।
टेलिकमको महसुलमा नयाँ दर
नेपाल टेलिकमका सेवाको महसुलमा नयाँ दर लागू हुने भएको छ । सरकारले लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर साउन १ गतेदेखि लागू हुने गरी १० प्रतिशतमा झारिएको छ । यसले गर्दा कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा तीन प्रतिशत स्वतः घट्ने छ ।
किन पाप पखाल्न आउँदैन पवित्र छायाँनाथमा
काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु जिल्ला त्यस माथिपनि मुगुको पनि दुर्गम क्षेत्रमा अवस्थित छ छायाँनाथ ।
४२ वर्षदेखि समाज कल्याण परिषद्ले भृकुटीमण्डप स्याहार्दै
समाज कल्याण परिषद्ले भृकुटीमण्डपको जग्गा स्याहारेको करिब ४२ वर्ष पूरा भएको छ । हाल भृकुटी मण्डप रहेको सरकारी जग्गा पहिले राष्ट्रिय सभा गृह तथा उद्धार विकास समितिको नाममा रहेको थियो ।