टेलिकमको निःशुल्क सिम
एसईई दिएका विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । विद्यार्थीले देशभरका टेलिकम कार्यालयबाट निःशुल्क सिमकार्ड लिन सक्ने कम्पनीले जनाएको छ । टेलिकमका अनुसार उक्त सिमबाट ‘स्टुडेन्ड रजिस्टे«सन प्याक’बाट विद्यार्थीले टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी, १० वटा एसएमएस तथा एक सय एमबी डेटा प्रयोग गर्न सक्नेछन् । यो अफर ३० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
बाँकेमा आर्थिक वर्षको अन्तिम महिनामा तीन अर्ब बजेट खर्च
विगत लामो समयदेखि चल्दै आएको आर्थिक वर्षको अन्तिम महिनामा हतारमा विभिन्न काम गरेको जस्तो देखाएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यस पटक पनि बाँकेमा दोहोरिएको छ ।
श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन अभियान
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आगामी चार वर्षभित्र २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राजधानीमा साउन ७ देखि १० गतेसम्म सञ्चालित जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले सो घोषणा गरेको हो । महाधिवेशनले वैदेशिक रोजगारीमा रहेका, सबै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका श्रमिक गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिनेछ र यसका लागि अहिलेबाटै अभियान सञ्चालन गर्ने जनाएको छ ।
नाडा अटो स्थगित
सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध नहटाएपछि सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो–२०२२’ स्थगित भएको छ । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनीको तयारी थाले पनि प्रतिबन्ध लम्बिएपछि अटो प्रदर्शन स्थगित गरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाले बताउनुभयो ।
विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान
आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न मालवस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।
दराज महाबचत बजार
दराज कम्पनीले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भएकोे घोषणा गरेको छ । ग्राहकलाई दराजमा किनमेल गर्दा ६० प्रतिशतसम्म छुट र अनलाइन प्री पेमेन्टमा एक हजार पाँच सय छुटको व्यवस्था गरेको छ । सो सेवा आइतबारदेखि सुरु भएको कम्पनीले जनाएको छ । डेबिट कार्डबाट प्री पेमेन्ट गरेमा १० प्रतिशत र क्रेडिट कार्डबाट प्री पेमेन्ट गरेमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
लोकोन्याभ बजारमा
सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पु-याउने गरेको प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताउनुभयो ।
एसबीआई र हेफरबीच सम्झौता
नेपाल एसबीआई बैङ्क र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको बैङ्कले जनाएको छ ।
तातोपानी नाकाबाट २३३ प्रतिशतले राजश्व संकलन बृद्धि
आर्थिक बर्ष २०७८÷०७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजश्व संकलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकोमा तीन अर्ब ४२ करोड राजश्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।