महँगी र कालोबजारी नियन्त्रण प्रयास,अब स्रोतमै निगरानी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो ।
सुनचाँदीको मूल्यमा गिरावट
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई सयले ओरालो लागेर ९४ हजार तीन सय रुपियाँ तोकिएको छ ।
चोभार सुक्खा बन्दरगाहबाट निर्यात सुरु
काठमाडौंँको चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह (ड्राई पोर्ट) बाट पहिलो पटक स्वदेशी वस्तुको निर्यात सुरु भएको छ । सञ्चालनमा आएको तीन महिनापछि मङ्गलबारदेखि यस बन्दरगाहबाट नेपालमा उत्पादन भएका सामान निर्यात सुरु भएको हो । गत चैत २२ देखि बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएको थियो । यसबीचमा बन्दगाहमा सामान आयात भए पनि निर्यात भने हुन सकेको थिएन । अन्य बन्दरगाहबाट सामान निर्यात भए पनि यसबाट पहिलो पटक भएको हो ।
तानसेनमा विद्युतीय भुक्तानी सुरु
तानसेन नगरपालिकाले पहिलो पटक विद्युतीय भुक्तानी सुरु गरेको छ । सेवाग्राहीको सहजताका लागि नगरपालिकाले जिल्लामै पहिलो पटक विद्युतीय भुक्तानी सुरुवात गरेको हो ।
तीस अर्बले बढ्यो विदेशी विनिमय सञ्चिति
एक महिनामा विदेशी विनिमय सञ्चिति ३० अर्ब रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा विदेशी विनिमय सञ्चितिमा सुधार देखिएकोे हो ।
थपिए आठवटा क्यासिनो
चालू आर्थिक वर्षमा थप आठवटा क्यासिनो सञ्चालनमा आएका छन् । पर्यटन विभागका अनुसार आव २०७८/७९ को हालसम्म दुईवटा ठूला र छवटा साना (मिनी) क्यासिनो थपिएका हुन् । झापाको धुलाबारीमा सञ्चालनमा आए
भृकुटी मण्डपबाट फुटपाथ व्यापारी फिर्ता लैजान महानगरलाई परिषदको आग्रह
काठमाडौं महानगरपालिकाले भृकुटी मण्डप आफ्नो क्षेत्र अधिकारभित्र नपर्ने भनिरहेका बेला समाज कल्याण परिसदले पनि भृकुटी मण्डपबाट फुटपाथ व्यापारी फिर्ता लैजान महानगरपालिकालाई आग्रह गरेको छ ।
बिजुली अभावले उदयपुर सिमेन्ट उद्योग बन्द
उदयपुरको जलजले स्थित देशको ठूलो उद्योग उदयपुर सिमेन्ट उद्योग विद्युतको कारण बन्द छ । गत असार ९ गते रातीदेखि बन्द उद्योगलाई दैनिक करिब एक करोड घाटा रहेको उद्योगका नायव महाप्रवन्धक विजय ठाकुरले बताउनुभयो ।
एक अर्ब लगानीमा रिसोर्ट निर्माण
भरतपुर महानगरपालिका–२२ मा ‘सोल्टी पटिहानी रिसोर्ट’ साउनदेखि सञ्चालनमा आउने भएको छ । पश्चिम चितवनको पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन र सोल्टी होटलबीच सम्झौता भएपछि नाम परिवर्तन गरेर सोल्टी पटिहानी रिसोर्ट सञ्चालनमा आउन लागेको हो ।