जोडी खोज्दै बीमा कम्पनी
आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा जीवन र निर्जीवन बीमा कम्पनीको ‘मर्जर’ चर्चा पनि चुलिएको छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीलाई पुँजी वृद्धिका लागि निर्देशन दिएपछि बीमा कम्पनी ‘मर्जर’को प्रयासमा लागेका हुन् । समितिले गत चैत १० गते सर्कुलर जारी गरेर पुँजी वृद्धिको निर्देशन दिएको थियो ।
मुलुकभर साठी हजार उद्योग,पाँच लाखलाई रोजगारी
साना र ठूला ६० हजार उद्योगमा झन्डै पाँच लाख जनाले रोजगारी पाएका छन् । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ अनुसार मुलुकभर साना तथा ठूला गरी ६० हजार १८५ उद्योग रहेका छन् भने ती उद्योगमा चार लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका हुन् । विभागले ती उद्योगअन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातावरण अनुकूलित सेवा, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन क्षेत्रमा अध्ययन गरेको थियो ।
ठूला औद्योगिक प्रतिष्ठान २३ प्रतिशतले वृद्धि
नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागको एक सर्वेक्षणले देखाएको छ । तथ्याङ्क विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सयले ओरालो लागेर ९४ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजारमा कारोबार भएको थियो ।
मजदुर कटौती गर्दै उद्योग
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका एमएस वायरमा आधारित उद्योगले मजदुर र कर्मचारी कटौतीको प्रक्रिया बढाएका छन् । आव २०७८/७९ को बजेटमा करको दर बढाइएकाले एमएस वायरमा आधारित उद्योग सञ्चालन समस्यामा परेको भन्दै कोरिडोरका पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया अगाडि बढाएका हुन् ।
बन्द तीन उद्योग सञ्चालन गरिने
लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुुराम गौतमले जानकारी दिनुभयो ।
भन्सार छुट पाएका वस्तुको निर्यातमा वृद्धि
अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ ।
आयात प्रतिस्थापन गर्न उद्योग स्थापना
मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापना हुने भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकूलित हुने बताइएको छ ।
चार महिनापछि सिंहदरबार वैद्यखानामा औषधि उत्पादन
चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो ।