• २ असार २०८१, आइतबार

टेलिकमको महसुलमा नयाँ दर

blog

काठमाडौँ, साउन १ गते । नेपाल टेलिकमका सेवाको महसुलमा नयाँ दर लागू हुने भएको छ । सरकारले लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर साउन १ गतेदेखि लागू हुने गरी १० प्रतिशतमा झारिएको छ । यसले गर्दा कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा तीन प्रतिशत स्वतः घट्ने छ । यसैगरी कम्पनीले दिएको समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेज उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराउने भएको छ ।