कीर्तिपुर उपनिर्वाचन : कांग्रेस–एमालेबिच मुख्य प्रतिस्पर्धा
कीर्तिपुर नगरपालिका प्रमुख पदको उपनिर्वाचनमा सत्तासीन दुई प्रमुुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै प्रतिस्पर्धा हुने भएको छ ।
चालक निदाएपछि दुर्घटना, मृतकको सङ्ख्या पाँच पुग्यो
नारायणगढ मुग्लिङ सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइ रहेका थप एक घाइतेको शुक्रवार बिहान मृत्यु भए पछि सो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।
जोखिममा धनगढीको इन्धन डिपो, स्थानान्तरणको माग
धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ ।
पुनरवलोकन हुँदै रोयल्टी बाँडफाँट
प्राकृतिक स्रोत परिचालनबापत तिनै तहका सरकारलाई प्राप्त हुने रोयल्टी बाँडफाँटको अनुपात पुनरवलोकनको प्रक्रिया अघि बढेको छ ।
बिपी राजमार्गमा घण्टौँको जाम अनि कष्टकर यात्रा
असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् ।
ढुङ्गे मूर्ति बगैँचा बनाएर बेवास्ता
धार्मिक तथा सामारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको माडीको सोमेश्वर गढीमा निर्माण गरिएका ढुङ्गाका मूर्तिहरू संरक्षण र सरसफाइका अभावमा जीर्ण बन्दै गएका छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ (फोटो फिचर)
हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।
राष्ट्रपति पौडेलले गर्नुभयो गौरीघाट र कमलपोखरीमा छठ पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।
‘जाडोमा बालबालिकालाई दम रोगबाट यसरी जोगाऔँ’
पछिल्लो समय बालबालिकामा दम रोग बढ्दै गएको छ । कान्ति बाल अस्पतालमा दम भएर उपचार गर्न आउने बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ ।
‘डेंगु सङ्क्रमण बर्सेनि बढ्दै’
डेंगुको सङ्क्रमण बर्सेनि बढ्दै गइरहेको चिकित्सकले बताएका छन् । विगतको तथ्याङ्कका आधारमा हेर्दा बर्सेनि डेंगु सङ्क्रमण बढिरहेको उनीहरूको दाबी छ ।
भौतिक मन्त्रालयद्वारा निर्माण व्यवसायीलाई पाँच अर्ब पाँच करोड रकम भुक्तानी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले पाँच अर्ब पाँच करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको बताउनुभएको छ ।
तस्बिरमा पाटन डबलीको प्रसिद्ध कात्तिक नाच
पाटन दरबार क्षेत्रको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा सुरु भएको छ । हरेक वर्ष कात्तिक शुक्ल षष्ठीदेखि यो नाचको सुरु हुने गर्दछ ।
छठमा सजिएको काठमाडौँ (फोटो फिचर)
छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ ।
छयसट्ठी वर्षअघि नेपालमा चल्थ्यो ढुङ्गेरेल
यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो ।
दुलहीजस्तै सिङ्गारियो घडिअर्वा पोखरी (फोटो फिचर)
वीरगञ्जको घडिअर्वा पोखरी परिसरलाई दुलहीजस्तै सिङ्गारिएको छ ।
जनकपुरधाममा छठ पर्वको रौनक (फोटो फिचर)
ऐतिहासिक तथा धार्मिक सहर जनकपुरधाममा यतिबेला छठ पर्वको रौनक छाएको छ। पानीमा उभिएर सूर्यको उपासना गर्ने महानपर्व छठको अवसरमा जनकपुरधामका पोखरी दुलही झैं सजिएका छन्। दिपावली सकिए लगत्तै छठ सुरु हुने हुँदा जनकपुरधामका पोखरीहरु सजाइएएको छ।
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी
अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यक एपी न्यूजले जनाएको छ ।
मिथिलासहित तराई/मधेशका जिल्लामा छठको रौनक
मिथिलासहित तराई/मधेशका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो ।
अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प
अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ ।
मनै लोभ्याउने सुन्दर पुतली (फोटो फिचर)
विभिन्न रङमा सजिएका पुतली देखेर सबैको मन लोभिन्छ । हाम्रो वरिपरि धेरै प्रकारका पुतली पाइन्छन् । फूलको रस चुस्दै एक स्थानबाट अर्को स्थानमा उड्दा रमाइलो लाग्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
यी पदमा हुँदैछ उपनिर्वाचन: २५ दल निर्वाचनमा सहभागी
आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।
धाप ड्यामको पानी बाग्मती नदीमा छाडिने
पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।
बेरोजगार बढ्दै, रोजगारीको लक्ष्य घट्दै
प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) मा सूचीकृत हुने बेरोजगार युवाको सङ्ख्या बढ्ने र न्यूनतम रोजगारीको राष्ट्रिय लक्ष्यको सङ्ख्या भने बर्सेनि घट्दै गएको छ ।