• ८ मंसिर २०८१, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ

blog

काठमाडौँ, कात्तिक २१ गते ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई  पक्राउ गरेको छ । 

विमानस्थलबाट मङ्गलबार साँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीनजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ । एयर अरेबियाको उडान नं. जी९५३० मा शारजाहबाट काठमाडौं आएका चिनियाँ र म्यानमारका नागरिकबाट सो सुन बरामद भएको हो ।